Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

प्रदेश–५ एक्स्पोमा प्राज्ञ राईको सांस्कृतिक संयोजन

Admin

पर्यटन

काठमाडौ, २० फागुन ।  प्रदेश नम्बर–५, दाङको बेलझुन्डीमा हिजो प्रदेश एक्स्पो सम्पन्न भएको छ । प्रदेशमा लगानी ल्याउने उद्देश्यले प्रदेश–५ सरकारद्वारा आयोजना गरिएको एक्स्पो–२०७६ को मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको थियो। एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश–५ लाई नमुना प्रदेशको रूपमा अघि बढाउने योजना रहेको उल्लेख गर्नुभयो । उहाँले एक्सपोले प्रदेशभित्र रहेका सांस्कृतिक विविधतालाई नजिकबाट चिन्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

विभिन्न बिद्यालयका बिद्यार्थिहरु सामुहिक नृत्य प्रस्तुत गर्दै

उद्घाटनका अवसरमा थारु, मगर तथा गन्धर्व जातिका लोकनृत्यका साथै मौलिक धुनहरु प्रस्तुत गरिएको थियो । यसका साथै थारु जातिको सखिया, झुम्रा, लाठी नाच, सोरठी, कौरा, टप्पा नृत्य प्रस्तुत गरिएको थियो । विभिन्न २७ विद्यालयका २४० जना विद्यार्थीहरुद्वारा सामूहिक नृत्य प्रस्तुत गरिएको थियो भने १६० जनाले मौलिक भेषभुषामा थाली नृत्य प्रस्तुत गरेका थिए । १२ वटा जिल्लाबाट आएका गन्धर्व समूहले सारङ्गीमा मंगल धुन, भजन धुन, झ्याउरे भाका र द्यौसी भाका सुनाएका थिए । विभिन्न गायक/गायिकाले गीत गाएर सुनाएका थिए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सांगीतिक तथा सांस्कृतिक सहकार्य रहेको उक्त एक्स्पो १० फागुनबाट सुरु भई तीन दिनसम्म चलेको थियो । सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको संयोजन प्राज्ञ अशोक राईको रहेको थियो । उक्त एक्स्पोमा नवीनतम् प्रविधिको समेत प्रदर्शनी रहेको थियो ।

%d bloggers like this: