Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

रामनवमी देवस्थलका लागि जग्गादान

Admin

सँस्कृति

रविन थापा “बगाले”
हतुवागढी, २१ चैत।
हिन्दुहरुको मुख्य चाड मध्ये एक रामनवमी अर्थात रामचन्द्रको जन्मदिन। समय अनुकुल भएको भए हिजो विभिन्न राम मन्दिरहरुमा भिँड्भाडका साथ पुजा आरधना गरि राम नवमी पुजा र मेला लाग्ने गर्दथ्यो। तर बिश्वब्यापी फैलिएको कोरोना भाईरसका कारण सदा झैँ यो बर्ष कतै पनि सार्वजनिक कार्यक्रम गरिएन।

हतुवागढी गाउँपालिकाको वडा नम्बर दुई दितेनिमा पनि हरेक बर्ष ताम नवमी मेला लाग्ने गर्दछ। सो ठाउँमा रहेको रामनवमी देवस्थलमा पुजा आरधना गरि मेला लाग्ने गर्दछ। हिजो रामनवमिको अवसरमा सोही ठाउँ बस्ने स्थानिय दानबहादुर राईले आफ्नो कित्ता नम्बर ३३० को जग्गा मध्येबाट १ रोपनी जग्गा रामनवमी देवस्थलका लागि प्रदान गर्नुभएको छ। अहिलेको स्थानिय दर भाऊ अनुसार सो जग्गाको मूल्य करिव १ लाख ५० हजार रुपैँया बरावरको हुने बताईएको छ।

त्यस्तै गरि हिजो रामनवमी मेलामा उपस्थित करिव ३५० जना स्थानियहरुलाई कोरोना भाईरसबाट बँच्नका लागि प्रयोग गरिने मास्क र केही सेनिटाईजर समेत बितरण गरिएको छ। सिंगापुर आर्मिबाट सेवा निबृत्त स्थानिय समाजसेवी जीवन खाहोङ्गको सौजन्यमा सो सामग्रीहरु बितरण गरिएको कुरा हतुवागढी गाउँपालिका वडा नम्बर २ दितेनिका वडासदस्य भबिन्द्र राईले बताउनुभएको छ।