Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

हतुवागढिको सृजनात्मक ईतिहास “हतुवागढी साहित्य दर्पण” बिमोचन गरिँदै

Admin

साहित्य

हतुवागढी, १२ असार। हतुवागढी कला, साहित्य तथा साँस्कृतिक प्रतिष्ठानले प्रकाशन गर्न लागेको हतुवागढी साहित्य दर्पण यहि असार १५ गते बिमोचन गर्ने तयारी गरिएको छ।

प्रतिष्ठानले बनाएको विभिन्न बिधागत समितिहरु मध्ये साहित्य दर्पण पुस्तकका लागि साहित्य बिभागलाई जिम्मेवारी दिईएको थियो। कवि तथा दर्पणका सम्पादक श्रीशिशा राईका अनुसार पुस्तकमा हतुवागढिको साहित्य, कला, संगितहरुको ईतिहास, प्रतिष्ठानको गतिबिधी एवं विभिन्न सर्जकहरुको बिधागत सृजनाहरु समेत समाबेश गरिएको छ। समग्रमा सिंगो हतुवागढिको कला, साहित्य, संस्कृतिको बिषयमा एउटा ऐतिहासिक दस्तावेज हुनेगरी प्रयास गरिएको राईको दावी छ।

प्रतिष्ठानका अध्यक्ष कृपालसिंह राईले कोरोनाको प्रकोपका कारण धरानमै कार्यक्रम गर्नुपरेको उल्लेख गर्दै भाषाशास्त्री प्राध्यापक डा. टंक न्यौपानेको प्रमुख आतिथ्यता रहने सो कार्यक्रममा बान्तावा भाषाका लेखक तथा साहित्यकार हतुवागढी निबासी मानबहादुर खाम्लुङ् राईको सेमुना सिलि गित संग्रह समेत बिमोचन गरिने बताउनुभएको छ। अध्यक्ष राईद्धारा प्रेषित सुचना अनुसार कार्यक्रम आगामी असार १५ गते बिहानको ११ बजे धरान स्थित यलम्बर स्मृती संग्रहालयमा हुनेछ।

उल्लेखित सेमुना सिलि गित संग्रहलाई भने नेपाल आदिबासी जनजाती महासंघ, हतुवागढी-७ ले प्रकाशन गरेको हो भने उक्त पुस्तकमा सेमुना सिलिको परिचय, सैद्धान्तिक पक्ष, सिलि र नाचका सिपहरुका बारे समेत उल्लेख गरिएको छ।
स्मरणीय छ सेमुना सिलि किरात राईहरुको उभौली र उधौलिमा नाचिने साकेन्वा/साकेलाहरु मध्ये भोजपुरको हतुवा, आमचोक, रामप्रसाद राई गाउँपालिका तथा खोटाङ्गको दक्षिणी ईलाकातिर नाचिने मुख्य सिलि(नाच) हो।