Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

४० रोपनी क्षेत्रफलमा हतुवागढी संरक्षण गरिने : सेनालाई पनि नजिकै ब्यबस्थापन गरिँदै।

Admin

पर्यटन

हतुवाहेराल्ड डेस्क, २६ साउन। हतुवागढी संरक्षणको प्रयासले मुर्तरुप पाउने भएको छ। लामो समयदेखि किरातहरुको ऐतिहासिक किल्लाको रुपमा परिचित हतुवागढिमा बि. स. २०६२ सालदेखी नेपाली सेना बसिरहेकोमा गाउँपालिका, नेपाली सेना तथा विभिन्न सरोकारवाला निकायहरुको छलफल र प्रयासपछी सो ऐतिहासिक स्थानलाई संरक्षण र बिकास गर्नेगरी नयाँ प्रारुप तयार हुन लागेको हो।

नेपाल सरकारले जारी गरेको हतुवागढी अंकित हुलाक टिकट।

उक्त प्रारुपका लागि गत बर्षको भदौ ५ गते हतुवागढी दरबार संरक्षण, सम्बर्द्धन सम्बन्धमा आवस्यक छलफल गर्नका लागि गाउँपालिका प्रतिनिधि, नेपाली सेना भोजपुरका गणपती तथा हतुवागढी क्षेत्रका बुद्धिजिविहरुका बिच एक अनौपचारिक भेटघाट सम्पन्न भएको थियो। सो भेटले सिंगो हतुवा क्षेत्रलाई पर्यटकिय गन्तब्यका रुपमा कसरी अघि बढाउन सकिन्छ साथै ऐतिहासिक हतुवा दरबार क्षेत्रलाई स्थानियहरुको चाहना अनुसार कसरी ब्यबस्थापन र अवलोकनयोग्य बनाउन सकिन्छ भन्ने बिषयमा समेत महत्वपुर्ण र उपलब्धिमुलक छलफल भएको थियो। छलफलका क्रममा आएका बिषयहरु यस्ता थिए :

१. हतुवागढी दरबार किराँत सभ्यता, माझकिराँतकाे केन्द्र हतुवागढीकाे ऐतिहासिकता, पहिचान, पुरातात्विक धराेहर हाे र यसलाई राष्ट्र कै संरक्षणको सुचिमा पारिनु पर्ने धारणा र निष्कर्ष

२. हतुवागढी दरबारको संरक्षण, सम्बर्द्धन र पुनः निर्माण सम्बन्धि डिपिआर तयार गरि काम प्रारम्भ पूर्व सत्य तथ्यको खोजी तथा अध्ययन गरि ऐतिहासिक तथ्यहरुमा एकरुपता तयार गर्ने तथा भावि संरचना बारे सराेकारवालासंग राय, सुझाव, अन्तरक्रिया, छलफल बैठक समेतको लागि गाउँपालिकाले गाैरबकाे आयाेजना मानी चालू आर्थिक बर्षमा ५० लाख रुपैँया विनियोजन गरिनु सुखद

३. नेपाल सरकारकाे सन २०२० लाई भ्रमण बर्ष (visit Neoal 2020) अनुसार रक्षा र पर्यटन मन्त्रालय बीच सम्झौता गरि देशभरिका गढी, पुरातात्त्विक महत्त्वका संरचनाको सुरक्षा, संरक्षण र पुरानै स्वरुप वा अाकर्षक पर्यटकीय गन्तव्य बनाउने कार्ययोजना बनाएको छ। हतुवागढी दरबार समेत उक्त सूचिमा पर्ने सम्भावना भएको तथा सेनाले पनि सराेकावालाकाे राय सुझाव लिई आन्तरिक बजेट र अधिकतम आफ्नै मानविय स्रोतको परिचालन गरि हतुवागढी दरबारको संरक्षण एवं मौलिकतालाई झल्काउनका लागि कामकाे थालनी गर्ने तयारी गरेको छ।

४. यसकाे तात्कालिक र दीर्घकालीन कामकाे सुची सहित बिस्तृत परियोजना प्रतिबेदन (DPR) बनाउने

५. हतुवागढी दरबारकाे पहिचान सहित आफ्नाे उपयुक्त सिमा निर्धारण गरि सहज रुपमा पर्यटकलाई अवलोकन गरिने वातावरण बनाउने र सेनाकाे क्याम्पलाई स्थायित्व दिन सम्बन्धित निकायमा पहल गरि सहज र ब्यबहारिक ब्यबस्थापन गर्न सकारात्मक रुपमा सहमति तर्फ ध्यान दिने

६. हतुवागढी दरबारकाे महत्त्व र सेनाको आवश्यकताकाे बारेमा एक मत भई आगामी दिनमा योजनाबद्ध ढंगबाट अगाडि बढ्न अनुकुल वातावरण निर्माण गरिने।

उल्लेखित छलफलकै आधारमा नापि बिभागले नाप जाँच गर्दा जम्मा ६३ रोपनी जग्गा पर्ती रहेको देखिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभएको छ। उहाँका अनुसार त्यही पर्ती जग्गा र आसपासको ब्यक्तिको जग्गा अधिग्रहण गरि नेपाली सेनालाई समेत कुशल ब्यबस्थापन गर्नेगरी हतुवागढी क्षेत्रलाई संरक्षण र पुनः निर्माण गरिनेछ। उक्त जग्गा मध्ये ४० रोपनी पर्ती जग्गामा हतुवागढी संरक्षणका लागि प्रयोग गरिने तथा बाँकी २३ रोपनी जग्गामा पाँच जना स्थानियहरुको २७ रोपनी नम्बरी जग्गा अधिग्रहण गरि जम्मा ५० रोपनी क्षेत्रफलमा फर्स्ट राईफल गुल्म हतुवागढिलाई ब्यबस्थापन गरिने कुरा गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभएको छ।

गत साउन २३ गते हतुवागढी गाउँपालिकाको सभाहलमा होम्ताङ्ग सेवा समाज काठमाडौले खरिद गरेको एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष राईले सो जानकारी दिनुभएको थियो। यसपछी भने लामो समयदेखी बिबादमा रहेको हतुवागढी संरक्षणको बिषयले गति लिने बिश्वास गर्न सकिन्छ।

%d bloggers like this: