Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

हसनपुर साहित्य महोत्सवको तयारी पुरा

Admin

साहित्य

हतुवागढी, २४ पौष। हतुवागढी गाउँपालिका वडा नं. ९ हसनपुर स्थित “हसनपुर कला-साहित्य प्रतिष्ठान” ले आगामी पौष २९ देखि माघ १ गतेसम्म सञ्चालन गर्ने हसनपुर साहित्य महोत्सव – २०७७ को तयारी पूरा भएको आयोजकले जनाएको छ।

“कला साहित्य र संस्कृती हाम्रो पहिचान : यसको संरक्षण र सम्बर्द्धनका लागि हाम्रो अभियान” नारा सहित स्थापित प्रतिष्ठानले दुई दिनसम्म विभिन्न सेसनमा कार्यक्रम संचालन गर्नेछ। सबै कार्यक्रमहरु जनसेवा माध्यमिक बिद्यालयमा सम्पन्न हुनेछ। निर्धारित कार्यक्रम अनुसार पौष २९ गते नृत्य प्रतियोगिता सहित कार्यक्रमको उद्घाटन गरिनेछ भने अक्षरयात्रामा हतुवागढी : हिजो आज र भोलि शिर्षकमा सञ्जाल राईले कविहरु प्रकाश दिप्साली, बिश्वजित चाम्लिङ्ग र कृपालसिंह राईसंग अन्तर्कृया गर्नेछन्। पहिलो दिनको अन्तिम सेसन “हामी र हाम्रा कविताहरु” को रहनेछ। उक्त सेसनमा हतुवागढि सहित विभिन्न ठाउँबाट आमन्त्रीत १४ जना कविहरुले कविता वाचन गर्नेछन्।

महोत्सवको दोस्रो दिनको पहिलो सेसनमा हतुवागढी सिन्द्राङ्गका कवि पुर्णसन्ध्या समाधिको कविता कृति “टेकेर गुरासमाथि” को बिषयमा अन्तरङ्ग कुराकानी गरिनेछ। अघिल्लो बर्ष प्रकाशित सो कविता कृतिका बारेमा गजलकार अरुण आकाशले कृतिकार समाधि सहित धनकुटाका कवि  मुकुन्द प्रयासंग सम्बाद गर्नेछन्। टेकेर गुरासमाथि कृतिका लागि आवरण डिजाईन समेत गरेका कवि प्रयास स्थापित लेखक तथा फाईन आर्टिस्ट/चित्रकार समेत हुन्।

दोस्रो दिनको दोस्रो सेसनमा हाम्रा गजलशेरहरु रहनेछ। हतुवागढी सहित १० जना आमन्त्रित अतिथी गजलकारहरुको गजल सुनाईने यो सेसनपछी अन्तिममा गायक तथा संगितकार कृष्णभक्त राईको एकल गायन रहने आयोजकले जानकारी गराएको छ। महोत्सवको अवधीभर विभिन्न साहित्यिक बिधाका पुस्तकहरु प्रदर्शनिमा राखिने समेत जनाईएको छ।