Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

शिफा बहुउद्देश्यीय सहकारिको १२औँ साधारण सभा सम्पन्न।

Admin

राष्ट्रिय समाचार

रविन थापा ‘बगाले’
हतुवागढी, २५ पौष। घोडेटार बजारमा सञ्चालित शिफा बहुउद्देश्यीय सहकारी संस्थाको १२औँ साधारण सभा हिजो सम्पन्न भएको छ।

वि. सं. २०६५ सालमा स्थापना भएको सहकारिले शिक्षा, कृषि तथा स्वरोजगारको क्षेत्रमा लगानी गर्ने गरेको छ। स्थापनाको केही समयपछी नै घोडेटार बजारमा कम्प्युटर तालिम केन्द्र सञ्चालन गरेको बहुउद्देश्यीय  सहकारिले हतुवाक्षेत्रमा सडक र सवारी साधनहरुको उपस्थिती भएसंगै पेट्रोल पम्प समेत संचालन गरिरहेको छ।

संस्थाका अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारण सभाले बाबुराम न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ भने उद्धव भट्टराईको संयोजकत्वमा तीन सदस्यीय लेखा समिती निर्माण गरेको छ भने गंगाप्रसाद न्यौपानेलाई जिल्ला प्रतिनिधि तोकेको छ।

साधारण सभामा हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, सगरमाथा माध्यमिक बिद्यालयका भुतपुर्व प्रधानाध्यापक तथा बर्तमान ब्यबस्थापन समिती अध्यक्ष ईश्वरमान राई सहित संस्थाका संस्थापक-भुतपुर्व अध्यक्षहरु, वडाध्यक्षहरु, शेयर सदस्यहरुको उपस्थितिमा १ करोड २७ लाख रुपैँया बराबरको आय ब्यय बिबरण प्रस्तुत गरिएको थियो। साथै कार्यक्रममा संस्थालाई थप मजबुत बनाउँदै शेयर सदस्य संख्या वृद्धि गर्दै लैजाने, संस्थाद्धारा सञ्चालित पेट्रोल पम्पलाई अझ ब्यबस्थित बनाउने लगायतका योजनाहरु तय गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गाउँपलिका अध्यक्ष प्रेमकुमार राईले सहकारी प्रत्यक्ष रुपमा नागरिकहरुसंग सरोकार राख्ने भएकोले उनिहरुको जिवनस्तर उकास्ने प्रयोजनमा लाग्नुपर्ने बताउनुभयो। साथै यो बहुउद्देश्यीय सहकारी भएकोले सम्भावित अन्य क्षेत्रहरुमा समेत काम गर्न सुझाव दिनुभयो। बिशेषगरी कृषि क्षेत्र जनजिविकासंग सम्बन्धित क्षेत्र भएकोले व्यावसायिक कृषिमा उहाँको जोड रहेको थियो।

सो कार्यक्रममा संस्थापक अध्यक्ष नईन्द्र थापा, नियमित ऋणिका रुपमा राजमा राई तथा उत्कृष्ट बचतकर्ताको रुपमा प्रेमबहादुर थापालाई सम्मान समेत गरिएको थियो।

%d bloggers like this: