Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

हसनपुर साहित्य महोत्सवको उद्घाटन : बर्गिय साहित्य लेखनमा सांसद किरातिको जोड

Admin

प्रमुख

अरुण आकाश
हतुवागढी, १ माघ ।  “कला साहित्य र सस्कृती हाम्रो पहिचान-जसको संरक्षण र सम्बर्द्धनको लागि हाम्रो अभियान” भन्ने मुल नाराका साथ गठन भएको  हसनपुर कला साहित्य प्रतिष्ठान हतुवागढी ९ हसनपुर भोजपुरले मिति २०७७ पौष २९ र माघ १ गते आयोजना गरेको हसनपुर साहित्य महोत्सव २०७७ को उद्घाटन कार्यक्रम र पहिलो दिनको लागि तय गरिएको सम्पुर्ण कार्यक्रम हिजो सफलता पुर्बक सम्पन्न भएको छ ।

    जनसेवा माध्यमिक बिद्यालाय हसनपुरको प्राङ्गनमा प्रतिष्ठानका अध्यक्ष भोटमान राईको अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष प्रमिश शिरिसले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो। राष्ट्रिय गान त्यस पछि कला साहित्यको क्षेत्रमा लाग्दा लाग्दै बिगतमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने कलाकार, साहित्यकार लगायत संस्कृतीकर्मीदेखि तत्काल जीवन उत्सर्ग गर्नु हुने कलाकार राम धामीको योगदानलाई स्मरण गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो । भोजपुर जिल्लाका संघीय सांसद सुदन किरातिले दिप प्रज्वलन गरि औपचारिक उद्घाटन गर्नु भए पश्चात् साहित्यिक र सास्कृतिक सत्रहरु शुरु भएको थियो । जस मध्ये “अक्षर यात्रामा हतुवागढी हिजो आज र भोलि” बिषयमा सुचिगत छलफल(panel discussion) भएको थियो। हतुवागढी कला साहित्य तथा सांस्कृतिक प्रतिष्ठान हतुवागढी भोजपुरका अध्यक्ष कृपालसिंग राई, पात्लेपानी कला साहित्य प्रतिष्ठान हतुवागढी ८ भोजपुरका संस्थापक अध्यक्ष बिश्वजित चाम्लिङ्ग राई र स्वर्णिम साहित्य समाज भरौल सुनसरीका अध्यक्ष प्रकाश दिप्साली बक्ता रहनु भएको उक्त सत्रलाई सन्जल राईले सहजीकरण गर्नु भएको थियो। जसमा हतुवागढिको साहित्यिक ईतिहास, बर्तमान र भबिस्यबारे छलफल भएको थियो ।

सुचिगत छलफलमा कृपालसिंग राई, बिश्वजित चाम्लिङ्ग, सहजकर्ता संजल राई र प्रकाश दिप्सालि (घडी घुम्ने दिशामा)

स्थानीय नवोदित कलाकारहरुको प्रतिभा उजागर गर्न नृत्य प्रतियोगिताको सत्र समेत राखिएकोमा ६ वटा ब्यक्तिगत तथा सामुहिक नृत्य प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए। जसमा अप्सरा राई, प्रतिमा राई र पुजा मगरको समूहले  क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नु भएको थियो। यस पछि विभिन्न जिल्लाका प्रतिनिधि गजल प्रस्तुति गरिएको कार्यक्रममा धनकुटाबाट हृदय लिम्बू, मोरङ्गबाट युवराज ठकुरी अज्ञानि, अस्मिता भट्टराई  र शुक्र आङ्देम्बे आँसु, त्यसैगरी सुनसरीबाट अच्युत भट्टराई र हतुवागढीबाट किसन राई, बिश्वजित राई र अरुण आकाशले विभिन्न धारका आ आफ्ना गजलहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा भोजपुरका नेता शरण राईले आफ्नो मन्तब्य राख्दै सर्जकहरुले आफ्नो सृजना मार्फत अग्रगमन तर्फको यात्रामा सहयोग पुर्याउनु पर्ने र माननीय सुदन किरातिले सर्जकहरुले वर्गसंघर्षका साहित्य र वर्गसंघर्षको दौरान मानसिक र शारीरिक रुपमा बिक्षिप्त आमा बाबाहरुको साहित्य लेख्न सक्नु पर्नेमा सो नभई रहेको भन्दै त्यस्ता साहित्य कहिले देखि लेख्न शुरु गर्ने भन्ने प्रश्न समेत गर्नु भएको थियो ।

आज महोत्सवको समापन अघि कवि पुर्णसन्ध्या समाधिको कविता कृति टेकेर गुराँसमाथी का बारेमा अन्तरङ्ग छलफल, प्रतिनिधि कविहरुको कविता वाचन तथा गायक-संगितकार कृष्णभक्त राईको एकल सांगितिक प्रस्तुती सहित पुस्तक प्रदर्शनी समेत रहने आयोजकले जनाएको छ।

%d bloggers like this: