Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

प्रकट पंगेनी र कृष्ण मर्सानि नडाहामा


साहित्य


हतुवागढी, २० फागुन

“जस्तो साईनो लाउने मन छ, त्यस्तै लगाऊ तिम्रो खुशी
पिउने म छँदैछु, जे जे मगाऊ तिम्रो खुशी”

———————————————-

“उठ्यो रिमाई फेवातालमा, छाल साँझपख
हान्यो रिमाई माझी दाईले, जाल साँझपख”

माथी उल्लेख गरिए जस्ता ‘रोमान्टिक’ गजल लेखन र वाचनमा लोकप्रीय गजलकार प्रकट पंगेनी तथा अहिलेसम्म १,७२७ जना ब्यक्तित्वहरुको मुहारचित्र (Pencil/Face Sketch) बनाईसकेका अर्का लोकप्रिय कलाकार तथा कवि कृष्ण मर्सानी सुनसरिको बराहक्षेत्र नगरपालिका स्थित नडाहामा गुञ्जिएका छन्।

पोखरेली यी दुबै सर्जकहरु केही दिनका लागि पुर्बी नेपालको साहित्यिक भ्रमणका क्रममा यता आईपुगेका हुन्।

गत फागुन १८ गते स्वर्णिम साहित्य समाज बराहक्षेत्र -३ ले आयोजना गरेको “अग्रजको अनुभव नयाँ पुस्तालाई” विषयक साक्षात्कारमा उनीहरुले उपस्थित नयाँ पुस्तासंग आफ्ना अनुभव बाँडेका हुन् । बराहक्षेत्र-३ को नडाहास्थित स्काइ इङ्लिस स्कुलको सभाहलमा चित्रकार कृष्ण मर्सानीले आफ्नो अनुभव सुनाए । उनले चित्रमा जीवन्त रहने बताउँदै भने, सफलता निरन्तरतामा प्राप्त गर्न सकिने बताए । आफ्ना आइडल मानेका मर्सानीका अनुभव उनका फ्यानहरुले बडो चासोका साथ सुने । फ्यानहरुको मायामा उनी भावुक समेत बनेका थिए । उनले भनाई थियो, “मेरो कलाकारिताले आज यहाँहरुमाझ उभिन पाएको छु, यो मेरो अहो भाग्य हो।” सहभागिहरुले चित्रकारिता सम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए ।

कार्यक्रममा प्रख्यात गजलकार प्रकट पङ्गेनीको सम्मानमा दर्जन बढी गजलरु सुनिए । जहाँ रोमु अधिकारी , भवानी नेपाल, बिजय योन्जन, दिपा वाग्ले, अच्युत भट्टराई , रामजी दुर्गम, शारदा निरौला, चबेगु राज सानू , अस्मिता भट्टराई, हृदय लिम्बुले गजल वाचन गरे भने प्रदिप योङ्हाङ लिम्बु र दिपा मग्रातीले मुक्तक सुनाए । त्यस्तै, कवि हिरा खड्का अधिकारीले प्रेमिल कविता सुनाए ।
उपस्थित गजल सर्जकहरुको गजल सुनिसकेपछि आफ्नो सर्टको गलाको माला र खदा मिलाउदै गजलकार प्रकट पङ्गेनीले हसिलो मुद्रामा आफ्नो गजल लेखन अनुभव सुनाए । आफु ६३ वर्ष पुग्दा पनि प्रेमिल गजल लेख्न नछाडेको बताउदै प्रेम जिवन्त रहेको बताएका थिए । प्रेम जीवन्त रहेकाले नै प्रेमिल गजलहरु सबैको प्रिय हुने गरेको कुरा सुनाउँदै गजललाई बढी नियमहरुसंङ बन्धनमा पार्न खोजिएको गुनासो समेत ब्यक्त गरे। साहित्यिक बिधालाई यसरी साङ्लोले बाँधिए पछि त्यो चौतर्फी नफस्टिने पनि बताए । उनले आफ्ना चर्चित २ वटा गजल सुनाएका थिए । कार्यक्रम पश्चात् कृष्ण मर्सानीले पुर्वको यात्रामा यति धेरै माया पाउँदा आफु भावबिह्वल भएको बताए।

धनकुटा, भोजपुर, मोरङ र सुनसरीका सर्जकहरुको उपस्थिति रहेको सो कार्यक्रमलाई समाजका अध्यक्ष प्रकाश दिप्साली राईले सहजीकरण गरेका थिए भने कार्यक्रमको बिट कार्यक्रम संयोजक स्वर्णिम साहित्य समाजका उपाध्यक्ष शरण लिम्बुले मारेका थिए ।