Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

भोजपुरको हतुवागढी आगलागीमा परि चार घर पुर्ण रुपमा क्षति ।

Admin

समाचार

  हतुवागढी, १३ चैत। भोजपुरको हतुवागढी–८ खुकैला स्थित हिजो दिउँसो आगलागी हुँदा चार घर जलेर नष्ट भई करिव ३१ लाख बराबरको क्षति भएको समाचार nayaonline.com मा प्रकाश दिप्सालिले लेख्नुभएको छ।

बिहीबार दिउँसो जंगलबाट सो आगलागी  गाउँ पस्दा हतुवागढी – ८ का वडासदस्य सुदन राईको घर सहित चार घर जलेर नष्ट भएको हो । उक्त आगलागीमा परेर वडा सदस्य राई सहित कन्चन राई, अर्जुन राई र भिम बहादुर राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ । माङ्साराङ् भिरमा लागेको आगलागीको झिल्को घरमा पर्न गई आगलागी भएको हतुवागढी -८ का वडासदस्य विश्वजित चाम्लिङले जानकारी दिनुभएको छ ।

दिउँसो ३ बजे तिर भएको सो आगलागीमा परेर घरको सबै कागजपत्र, लत्ताकपडा, अन्नपात साथै केही मात्रामा पशुपंछि समेत जलेर नष्ट भएको वडा सदस्य चाम्लिङले बताउनुभएको छ। इलाका प्रहरी कार्यलय घोडेटारबाट खटिएको प्रहरी टोली, नेपाली सेनाको टोली साथै स्थानीयको सहयोगमा साँझ ६ बजे आगो नियन्त्रणमा लिइएको स्थानीय सुजना राईले जानकारी दिनुभयो । विपतमा परेका परिवारलाई सहयोगहरु आइरहेका छन्। सङ्घीय सांसद सुदन किरातीले पहिलो चरणको राहत अन्तर्गत ८ बोरा चामल, तेल, दाल, नुन , चाउचाउ उपलब्ध गराउनुभएको छ। जिल्ला विपत व्यवस्थापन समितिले प्रती घर २० हजार रुपैया उपलब्ध गराएको छ भने हतुवागढी गाउँपालिकाले त्रिपाल, चामल लगायतका खाद्य सामग्री हिजैबाट उपलब्ध गराएको वडा सदस्य बिश्वजित चाम्लिङ्ले जानकारी गराउनुभएको छ। उहाँले भन्नुभयो “अब सहयोगको अपिल चाडै गर्दैछौँ । यो विपदको अवस्थामा सबैले सहयोग गर्नुहुने छ भन्ने आशा पनि गरेका छौँ ।”