Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

हतुवागढी आगलागी पिडितलाई घर बनाउन प्रती परिवार ४ लाख दिईने

Admin

स्थानीय समाचार

रविन थापा “बगाले”
हतुवागढी, ३० चैत। प्रदेश १ का माननीय मुख्यमन्त्री शेरधन राई, गत चैत १२ गते हतुवागढी गाउँपालिका वडा नं. ८, खुकैलामा भएको आगलागी घट्नास्थल पुग्नुभएको छ।

हिजो चैत २९ गते मुख्यमन्त्री राई पिडितहरुका लागि आवस्यक राहत सहित उपस्थित भई स्थलगत अवस्था बारे जानकारी लिनुभएको हो। आगलागी पिडितहरुका लागि मुख्यमन्त्रीका तर्फबाट प्रती परिवार नगद ५० हजार रुपैँया, स्ट्यान्ड सहितको पाल(टेन्ट) तथा खाद्य सामग्री उपलब्ध गराउनुभएको छ। साथै राहत बितरणका क्रममा उहाँले पिडित प्रत्येक परिवारलाई घर निर्माणका लागि नगद ४ लाख रुपैँया नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने घोषणा समेत गर्नुभएको थियो।

मुख्यमन्त्री राई संगै हतुवागढिका समाजसेवी जीवन खाहोङ् तथा सञ्चारकर्मी एवं ब्यबशायी हिन्दुहाङ् सोरोङ्को नेतृत्वमा उपलब्ध गराईएको १ लाख ९६ हजार रुपैँया बराबरको जस्तापाता र केही रकम समेत मुख्यमन्त्री राईले नै हस्तान्तरण गर्नुभएको थियो।

पिडित परिवारहरुको प्रत्यक्ष उपस्थितिमा गरिएको राहत बितरणका क्रममा गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, स्थानिय जनप्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो।

%d bloggers like this: