Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

घोडेटारमा आजदेखी सार्वजनिक पुस्तकालय संचालन गरिँदै।

Admin

समाचार

हतुवागढी, १ बैशाख। हतुवागढिको केन्द्र घोडेटारमा आजदेखी सार्वजनिक पुस्तकालय संचालन हुने भएको छ।

हतुवा क्षेत्रका “लि क्वान यू” भनेर चिनिने ईश्वरमान राईको परिकल्पना तथा योगदानलाई सम्मान गर्दै उहाँकै उपस्थितिमा आज “हतुवागढी सार्वजनिक पुस्तकालय तथा ईश्वरमान राई अध्ययन प्रतिष्ठान” को शुभारम्भ गर्न लागिएको हो। पठन संस्कृतिको बिकास तथा नबिन चिन्तनमा टेवा पुर्‍याउने उद्धेश्य सहित शुरु गर्न लागिएको यस संस्थावाट साहित्यिक, बौद्धिक तथा हरसम्भव सबै खाले सृजनात्मक गतिबिधिहरु संचालन गर्ने लक्ष्य रहेको बताईएको छ। प्रतिष्ठानका अध्यक्ष ईन्द्र थापाका अनुसार प्रतिष्ठानले हतुवा क्षेत्रका लागि ईश्वरमान सरले दिनुभएको योगदानलाई पच्छ्याउँदै उहाँकै शैलिमा सामाजिक योगदान र बौद्धिक चिन्तन गर्ने पुस्ताको निर्माण गर्ने लक्ष्य लिएको छ। भाषिक, साँस्कृतिक तथा भौगोलिक बिबिधतायुक्त हतुवागढिका यिनै बिशेष्ताहरुलाई समेत लेखन र पठनका माध्यमबाट explore गर्न जरुरी रहेको अध्यक्ष थापाको भनाई छ।

लेखन र पठनलाई मात्र साहित्य मानिदै आएकोमा पछिल्लो समय साहित्यलाई पर्यटनसंग समेत जोड्न थालिएको छ। प्रतिष्ठानका सचिव अरुण आकाश अबको समय हतुवागढिले त्यो दृष्टिकोणबाट पनि काम गर्नुपर्ने आवस्यकता रहेको बताउनुहुन्छ। उहाँको कथन छ, “लेख्ने, पढ्ने सिलसिला संगै हामी हाम्रा भौगोलिक, साँस्कृतिक बिबिधता र सुन्दरताहरुलाई समेत यसैसंग जोडेर काम गर्न चाहन्छौँ।”

हाल घोडेटार बजारमा भवन भाडामा लिई संचालन गर्न लागिएको उक्त पुस्तकालयलाई निकट भबिस्यमा आफ्नै जग्गा तथा भवन निर्माण गरि संचालन गरिने बताईएको छ। अध्यक्ष थापा थप्नुहुन्छ, “गाउँपालिका, प्रदेश सरकार, विभिन्न सहयोगी निकाय तथा हाम्रो प्रयासमा ऐक्यबद्धता जनाउने शुभेच्छुकहरुको आर्थिक एवं भौतिक सहयोग जुटाई ब्यबस्थित तथा सुबिधा सम्पन्न पुस्तकालय संचालन गर्न, हाम्रा अन्य उद्देस्यमुलक कामहरू गर्नका लागि भौतिक पुर्वाधारको निर्माण गर्नेछौँ।”

लामो समय अघिदेखी एउटा सार्वजनिक पुस्तकालय निर्माणको परिकल्पना गरिरहनुभएको ईश्वरमान राईको परिकल्पनालाई गत बर्ष हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले समेत साथ दिने गरि ईश्वरमान राईको सम्मानमा पुस्तकालय निर्माण गर्न आवस्यक पहल गर्ने सार्वजनिक प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो। यिनै कुराहरुलाई आधार मान्दै बृहत् र बहुउद्देश्यीय काम गर्ने गरि प्रतिष्ठानको गठन गरि नियमानुसार गाउँपालिकामा संस्था दर्ता गरि काम गर्न शुरु गरिएको अध्यक्ष थापाले जानकारी दिनुभएको छ।

यस पटक गाउँपालिकाले आवस्यक बजेट ब्यबस्था गरिदिने भएपछी करिव तीन लाख रुपैँया बराबरको पुस्तक तथा फर्निचर ब्यबस्थापन गरेर आज पुस्तकालयको उद्घाटन गर्न लागिएको हो।

%d bloggers like this: