Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

भोजपुरमा युवासंघ र अनेरास्वबियूद्धारा मास्क तथा सेनिटाईजर बितरण गर्दै

Admin

समसामयिक

भोजपुर, १७ बैशाख। राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू भोजपुरले मास्क, सेनिटाइजर र कोरोना भाईरस सम्बन्धी सन्देशमुलक सामग्री वितरण अभियान थालेको छ । युवा संघ र अनेरास्ववियूले विहिबार अन्य जिल्लाबाट भोजपुर आउने यात्रु बस तथा ढुवानीका साधनहरुलाई लक्षित गरेर भोजपुर जिल्ला प्रबेशको मुख्य नाका अरुण गाउँपालिकाको जरायोटारमा मास्क, सेनिटाइजर तथा कोरोना भाईरसबाट बच्ने सन्देशमुलक सामग्री छापिएको पर्चा वितरणको कार्यक्रम गरेको हो ।

कोरोना भाऐरसको महामारीलाई ध्यानमा राख्दै युवाहरुले कोरोनाबाट बच्नको लागि ३ दिनसम्म सचेतनामुलक कार्यक्रमसँगै स्वास्थ्य सामग्री वितरण अभियान थालेको युवा संघ नेपाल भोजपुरका अध्यक्ष ज्ञानेन्द्र राईले जानकारी दिनुभएको छ ।

अध्यक्ष राईको भनाई छ,‘कोरोना भाइरसबाट बच्नका लागि हामीले यो अभियानको थालनी गरेका हौँ । युवाहरुले यस्तो काममा अग्रपंतीमा रहेर काम गर्नु पर्छ भन्ने उद्धेश्यले ३ दिनसम्म यस स्थानमा अभियान सञ्चालन गर्नेछौँ । हामीले विशेष गरेर स्थानीयसँगै अन्य जिल्लाबाट यहाँ भित्रने बस तथा ढुवानीका साधनहरुलाई ध्यानमा राखेका छौँ ।’
अध्यक्ष राईका अनुसार युवा संघ र अनेरास्वबियूले १० हजार मास्क र ३० लिटर सेनिटाईजर वितरण गरिनेछ।

प्रहरी चौकी जरायोटारको सहजीकरणमा शुरुवात गरिएको उक्त अभियान
समाजमा सकारात्मक सन्देश फैलाउने उद्धेश्यले युवाहरुले थालेको काम उदाहरणीय रहेको स्थानीयहरूले बताएका छन्। स्थानीय सुरेन्द्र श्रेष्ठले भने,‘ युवाहरुले थालेको यो अभियान धेरै उपयोगी छ । खास गरेर बाहिरबाट आउने यात्रुहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन भएकोले यसले कोराना नियन्त्रणमा केहि हदसम्म सहयोग पुग्छ । हामीले यस्ताहरुलाई प्रोत्साहन गर्न आवश्यक छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले भोजपुरका पार्टी सचिव किरण राईले महामारीको अवस्थामा युवाहरुले थालेको काम सराहणिय रहेको बताउँदै पार्टीको तर्फबाट पनि सहयोग गर्ने बताउनुभयो । सचिव राईको कथन छ,‘ युवाहरुले थालेको यो काम प्रशंशा योग्य छ । हाम्रो भातृ संगठनहरुले जनताको सेवाका लागि देखाएको सामाजिक कामलाई पार्टीको तर्फबाट पनि सहयोग हुनेछ । यस्ता काममा युवाहरुलाई सवैले साथ सहयोग गर्न आवश्यक छ । यसले नेकपा एमाले जनताको साथमा छ भन्ने सन्देश पनि प्रवाह भएको छ ।’

%d bloggers like this: