Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

एमाले बिबादले आफ्नै सरकार ढल्यो, २८ सांसद भोट हाल्न गएनन् (सुचि सहित)

hatuwaherald

Banner

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपि शर्मा ओलिले नेपालको संविधान २०७२ को धारा १०० को उपधारा १ बमोजिम संघिय संसद समक्ष राख्नुभएको बिस्वासको मतको माग बहुमतले अस्विकृत भएपछि ओलि नेतृत्वको सरकार विघटन भएको छ।

हिजो भएको संघिय संसदको विशेष अधिबेशनमा प्रस्तावको पक्षमा ९३ र बिपक्षमा १२४ मत प्राप्त भएको थियो। सत्तारुढ नेकपा एमालेका २८ जना तथा जनता समाजबादी पार्टिका १७ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार गर्नुभएको थियो ।

नेकपा एमाले संसदीय दलको ह्वीप विपरीत माधव नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद हिजोको संसद बैठकमा अनुपस्थित हुनुभएको हो।


नेकपा एमालेका अनुपस्थित सांसदहरू :

१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने
(नामावली स्रोत : nepalpress.com)

त्यसै गरि हिजै राष्ट्रपती बिद्यादेवी भण्डारिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न समेत आह्वान गरिसक्नुभएको छ।