Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

भोजपुरको षडानन्दमा ३२, रामप्रसादमा १८ जना कोरोना पोजिटिभ, आजदेखी निषेधाज्ञा

hatuwaherald

Banner

हतुवागढी, २९ बैशाख। जिल्ला प्रशासन कार्यालय भोजपुरले आज बैशाख २९ गते राती १२ बजेदेखी आगामी जेठ १२ गते राती १२ बजेसम्मका लागि जिल्लाभर लागू हुने गरि निषेधाज्ञा जारी गरेको छ।

हिजो बैशाख २८ गते कोरोना भाईरस रोकथाम तथा संकट ब्यबस्थापन केन्द्र भोजपुरको बैठक बसि सो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरद्धारा जारी सुचनामा जनाईएको छ। सुचनामा भनिएको छ, “हाल covid-19 को नयाँ भेरियन्टको संक्रमण यस जिल्लामा समेत तिब्र रुपमा फैलिरहेकोले स्थिती भयावह हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो निषेधाज्ञा जारी गरिएको छ। यसको उलंघन गरिएको पाईएमा संक्रामक रोग निवारण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कार्वाही गरिने ब्यहोरा जानकारी गराईन्छ।”

  सुचना अनुसार सभा, जुलुस, गोष्ठि, सेमिनार, धार्मिक जात्रा, पर्व, साँस्कृतिक तथा खेलकुद कार्यक्रम गर्न पाईनेछैन। औषधि पसल बाहेक सबै प्रकारका ब्यबशाय, संघ-संस्था, उद्योग-कारखाना, बिद्यालय, निजि कार्यालय, निर्माण कार्यस्थल, होटल रेष्टुरेन्ट आदि बन्द गर्नुपर्नेछ भने खाद्यान्न र तरकारी पसलहरु बिहान ६ बजेदेखी बिहान ९ बजेसम्म भौतिक-सामाजिक दुरि सहित खुला रहनेछन्। रेडक्रस, खानेपानी, दुरसंचार, बिद्युत आपुर्ती, रेडक्रस जस्ता संस्थाहरुले स्वास्थ्य मापदन्ड पूरा गरि यथावत संचालन हुन पाउनेछन्। सरकारी कार्यालयहरु भने कम्तिमा २५ प्रतिशत कर्मचारिबाट आलोपालो प्रणाली अनुसार अत्यावस्यक सेवा मात्र प्रवाह गर्नुपर्नेछ।

औषधि, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, खाद्यान्न जस्ता अत्यावस्यक सामग्री ढुवानिका साधनहरु तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरि संचालन हुनेछन्। सरकारी कर्मचारी, सार्वजनिक संस्थान, बैंक, अत्यावस्यक सेवामा कार्यरत कर्मचारिहरु सम्बन्धित कार्यालयले जारी गरेको परिचय पत्रका आधारमा तिनको निजि सवारी साधनहरु आवतजावत गर्न पाउनेछन् भने पत्रकारहरु सुचना संकलन एवं संप्रेषणका लागि सुचना बिभाग वा पत्रकार महासंघले जारी गरेको परिचय पत्र आवस्यक पर्नेछ। यो अवधिमा जिल्ला स्थित बैंकहरु बिहान ११ बजेदेखी दिउँसो २ बजेसम्म संचालन हुनेछन्।

त्यसै गरि Molecular Laboratory जिल्ला अस्पताल धनकुटामा षडानन्द नगरपालिकाका ४० जनाको PCR Test का लागि स्वाब परिक्षण गर्न पठाईएकोमा ३२ जनाको नतिजा पोजिटिभ आएको अस्पतालले जनाएको छ भने रामप्रसाद गाउँपालिकाका ४५ जनाको परिक्षण गरिएकोमा १८ जनाको नतिजा पोजिटिभ आएको त्यहाँ  कार्यरत स्वास्थ्यकर्मिहरुले जनाएका छन्।