Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

हमास-ईजरायल द्धन्द्धमा एक भारतिय केयरगिभरको मृत्यू

hatuwaherald

अन्तर्राष्ट्रिय समाचार

एजेन्सी, २९ बैशाख। प्यालेस्टाईनको सुन्नी ईश्लामिक समूह हमासले गाजा क्षेत्रबाट पछिल्लो १२ घन्टामा ईजरायलमाथी दर्जनौँ रकेट प्रहार गरेको छ। गएको साता ईजरायल र प्यालेस्टाईनका बिच तनाब निक्कै बढेको थियो।

उक्त समुहले ईजरायलको आस्कोलन, आस्दोत, तेल-अभिव, खुलन, आस्केलोन लगायतका प्रमुख शहरहरुमा अन्धाधुन्द आक्रमण गरिरहेको बताईएको छ। आक्रमण प्रत्याक्रमणमा परि सर्वसाधारण जनताहरुको ज्यान गएको भनिए पनि युद्धरत दुबै पक्षले भने हतियारबद्ध लडाकुहरु मारिएको दावी गर्दै आईरहेका छन्। बिदेशिहरुको क्षतिको बिबरण बाहिर आईनसके पनि आस्केलनमा केयरगिभरमा कार्यरत सौम्या सन्तोष नामकी  भारतिय युवतीको निधन भएको बताईएको छ। ईजरायलको आकाशभरि रातैभर प्यालेस्टाईनी रकेटहरु देखिएको त्यहाँ स्थित नेपालिहरुले बताएका छन्। सो आक्रमणलाई निस्तेज पार्न ईजरायलले अत्याधुनिक प्रबिधि र उपकरणहरुको प्रयोग गरिरहेको बताऐएको छ। त्यहाँ स्थित नेपाली दुतावासले सरकारले तोकेको सुरक्षा मापदण्ड पालना गरि घरभित्रै बस्न तथा  सुरक्षा साईरन बज्नासाथ घरभित्रको Safe Room(बंकर) मा गएर बस्न एवं झ्यालबाट समेत बाहिर नचिहाउन आग्रह गरेको छ।

२० औँ  शताब्दिको मध्यतिरबाट देखिएको मध्यपुर्बको यो द्धन्द्ध संयुक्त राष्टसंघमा समेत सुल्झिन सकेको छैन भने अहिलेसम्म हजारौँको ज्यान गईसकेको छ।