Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

हतुवागढिमा ५ जनामा कोरोना संक्रमण पुष्टि : आजदेखी Lock Down

hatuwaherald

Banner

रविन थापा “बगाले”
हतुवागढी, ५ जेठ। हतुवागढी गाउँपालिकामा हिजो जेठ ४ र ५ गतेसम्म २० जनामा गरिएको परिक्षणमा ५ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएपछी आजबाट लागू हुनेगरी आगामी जेठ १५ गतेसम्मका लागि पुर्णरुपमा Lock Down को घोषणा गरिएको छ।

गाउँपालिका अन्तर्गतको बिपत ब्यबस्थापन द्रुत प्रतिकार्य ईकाईको हिजो बसेको बैठकबाट विभिन्न आपतकालिन निर्णयहरु गर्दै सो घोषणा गरिएको हो। कोरोना संक्रमणमा परि जटिल स्वास्थ्य अवस्था आईपरे प्राथमिक स्वास्थ्य केन्द्र घोडेटार स्थित कोरोना उपचार केन्द्र(अस्पताल) मा राखी उपचार गरिने तथा थप उपचारका लागि अन्यत्र लैजानुपर्ने भए गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय समेत गरेको छ। साथै बैठकले स्वास्थ्यकर्मिहरु संक्रमित भई स्वास्थ्य सेवा प्रवाहमा अवरोध आउने अवस्था सृजना भएमा तत्काल थप जनशक्ती ब्यबस्थापन गर्नका लागि गाउँपालिकाभित्र रहेका स्वास्थ्यकर्मिहरुको शुचि बनाई सोही अनुसार दैनिक हाजिरिका आधारमा सेवा सुविधा भुक्तान गर्नेगरी परिचालन गर्ने निर्णय गरेको छ।

गाउँपालिका प्रबेश गर्ने सिमा नाकामा स्वास्थ्यकर्मी र प्रहरिको टोलि खटाई आजदेखि स्वास्थ्य सहायता कक्ष संचालन गरिनेछ। अत्यावस्यक बाहेकका कुनै पनि सवारी साधनहरु संचालन गर्न निषेध गरिएको छ भने आपतकालिन अवस्थामा हिड्डुल गर्नैपर्ने भएमा ईलाका प्रहरी कार्यालय घोडेटारको स्वीकृति लिनुपर्नेछ। कुनै पनि जमघट, भेला गर्न पाईनेछैन खाद्यान्न पसलहरु बिहान ५ बजेदेखी ६:३० बजेसम्म र बेलुकी ६ बजेदेखी ८:३० बजेसम्म मात्र संचालन गर्न पाईनेछ। Lock Down को पुर्ण पालना भए नभएको कुरा सम्बन्धित वडा कार्यालयहरुले अनुगमन गर्नेछन्।

बैठकले नियमित औषधि सेवन गर्नुपर्ने, दीर्घरोगका बिरामिहरुले प्रयोग गर्ने औषधि स्थानिय बजारमा उपलब्ध नभए गाउँपालिकाले बिबरण संकलन गरि सुरक्षित खरिद गरेर ल्याईदिने ब्यबस्था गरिने निर्णय समेत गरेको छ।

हिजोसम्म प्राप्त बिबरण अनुसार ११ जना स्वास्थ्यकर्मी, २ जना स्वास्थ्य शाखाका कर्मचारी तथा ४ जना स्थानिय नागरिक गरि १७ जनामा गरिएको परिक्षणमा ३ जना स्थानियमा संक्रमण पुष्टि भएको थियो भने आजै थप ३ जनामा गरिएको परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएको बताईएको छ।