Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

हतुवागढिमा कोरोना संक्रमितको संख्या २५ पुग्यो।

hatuwaherald

Banner

रविन थापा “बगाले”
हतुवागढी, ८ जेठ। हतुवागढी गाउँपालिकामा हिजो जेठ ७ गतेसम्म गरिएको परिक्षणमा २५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

गत जेठ ४ गतेदेखी हिजोसम्म गरिएको सो परिक्षणमा संक्रमण पुष्टि भए पनि संक्रमितहरुको अवस्था सामान्य नै रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी गराउनुभएको छ। द्रुत गतिमा गाउँपालिका क्षेत्रमा समेत कोरोना भाईरसको संक्रमण बढ्न थालेपछी गत जेठ ५ गतेबाट आगामी जेठ १५ गतेसम्मका लागि गाउँपालिकाले Lock Down को घोषणा गरेको छ। जेठ ६ गते वडा नं. ६ होम्ताङ्गमा मात्रै १३ जनामा गरिएको परिक्षणमा १० जना संक्रमित भेटिएका थिए। यो अवस्थामा गाउँपालिकाबासी आम नागरिकहरुको स्वास्थ्यप्रती गाउँपालिका संबेदनसिल रहेको उल्लेख गर्दै अध्यक्ष राईले सामुहिक बुझाई तथा ब्यक्तिगत सावधानी अपनाउन समेत अनुरोध गर्नुभएको छ।