Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

घोडेटारका प्रहरी निरिक्षक लिम्बु Police Of The Month घोषित

hatuwaherald

Banner

रविन थापा “बगाले”
हतुवागढी, ८ जेठ। ईलाका प्रहरी कार्यालय हतुवागढी घोडेटारमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षक जस बहादुर लिम्बुलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले बैसाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय हतुवागढी भोजपुरमा २०७५ पुष २९ देखी कार्यालयमा प्रमुखको रुपमा कार्य गरीरहेका लिम्बु एक निष्ठावान, इमान्दार र कामप्रति वफादार, विभागिय जिम्मेवारी सहज ढंगले कर्तब्यनिष्ठ भई कार्य सम्पन्न गर्न सक्ने कुसल प्रहरी अधिकृतको रुपमा उच्च मूल्याङकण गर्दै संगठनले सो सम्मान प्रदान गरेको हो ।

हतुवागढी क्षेत्रमा आम नागरिकहरुसंग समन्वय र सहकार्यको भूमिका खेल्दै त्यस क्षेत्रमा भएका सामाजीक, साँस्कृतिक विकास निर्माण आदि गतिविधीहरुमा नागरिकसंगै हातेमालो गर्दै महत्वपूर्ण योगदान पुर्याएका प्रहरी निरिक्षक लिम्बुले उक्त क्षेत्रमा राज्यले रोक लगाएको अवैध गाँजा खेतिलाई निर्मूल पार्दै अवैध कार्य र आपराधिक गतिविधीहरुलाई निरुत्साहित गरी हाल विश्वभर फैलिएको नयाँ भेरियन्टको COVID–19 को महामारीलाई रोकथामका लागि समेत विविध सचेतामुलक कार्य गर्दै उक्त क्षेत्रमा महत्वपूर्ण कार्य गरेको प्रति मूल्याङकण गदै जिल्ला प्रहरी कार्यालय भोजपुरले २०७८ बैसाख महिनाको उत्कृष्ट प्रहरीको रुपमा घोषित गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ ।

प्रहरी संगठनमा विभिन्न ओहोदामा रहेर कार्य गरिरहेका प्रहरीहरुको काम प्रतिको उच्च मूल्याङकण र मनोवललाई थप उच्च बनाउनको लागि संगठनले विगत केही समयदेखी यस्तो कार्य गर्दै आईरहेको छ ।