Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

प्यारालाईसिस विरामी राईलाई भोजपुर परिवार दक्षिण कोरियाको आर्थिक सहयोग

hatuwaherald

समाचार

दक्षिण कोरिया, २१ जेठ। भोजपुरका प्यारालाईसिस बिरामी  भलमान राईको उपचार सहयोगका लागि भोजपुर परिवार दक्षिण कोरियाले आर्थिक सहयोग संकलन अभियान संचालन गरि नगद सहयोग गरेको छ।

भोजपुर नगरपालिका वडा नम्बर १० भैँसीपंखा निवासी ४७ बर्षिय भलमान राईको प्यारालाईसिसका कारण कम्मरभन्दा मुनिको भाग नचलेपछी उनी थलिएका हुन्। जसले गर्दा शरिरको विभिन्न भागमा घाउ आएर संक्रमणको अवस्था आएपछी काठमाडौ स्थित नर्भिक अस्पतालमा उपचारका लागि पुर्‍याईएको थियो। हाल काठमाडौ किर्तिपुर स्थित प्रस्तावित पुष्पलाल मेडिकल कलेजमा उपचाररत राईको पारिवारिक रुपमै आर्थिक अवस्था नाजुक भएकोले उपचारका लागि आर्थिक समस्या भएपछी बिरामिलाई बँचाउनका लागि विभिन्न माध्यमबाट आर्थिक सहयोग अभियान संचालन भईरहेका छन्।

भोजपुर परिवार दक्षिण कोरियाको तर्फवाट संचालित अभियानका क्रममा १ लाख रुपैँया संकलन भएकोर सो रकम हिजो जेठ २० गते बिरामिकी छोरी बिपना राईलाई हस्तान्तरण गरिएको भोजपुर परिवार दक्षिण कोरियाका अध्यक्ष सुमन्त मगरले जानकारी गराउनुभएको छ। अध्यक्ष मगरका अनुसार सो सहयोग संस्थाका पुर्व सल्लाहकार रबिन राईले अस्पतालमै पुगि हस्तान्तरण गर्नुभएको हो। यो अभियानमा सहयोग पुर्‍याउने सम्पुर्ण सहयोगिहरुप्रती आभार ब्यक्त गर्दै अध्यक्ष मगरले आगामी दिनहरुमा पनि सामाजिक अभियानहरुमा साथ सहयोगको अपेक्षा गर्नुभएको छ।