Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

हतुवागढी ६ मा कोरिया बस्ने युवाहरुले पठाए स्वास्थ्य सामग्री : गाउँपालिकामा कोरोना संक्रमण बढ्दो।

hatuwaherald

समाचार

हतुवागढी, २९ जेठ। हतुवागढी गाउँपालिका वडा नम्बर ६ स्थायी बसोबास भई हाल दक्षिण कोरियामा कार्यरत युवाहरुको समुहले कोरोना भाईरस रोकथामका लागि आफ्नो वडामा आधारभुत स्वास्थ्य सामग्रीहरु बितरण गरेको छ।

हतुवागढी वडा नम्बर ६ होम्ताङ्ग तथा अन्य विभिन्न ठाउँबाट कोरियामा कार्यरत नेपालिहरुबाट आर्थिक सहयोग संकलन गरि १ लाख ३४ हजार ७०० रुपैँया बराबरको स्वास्थ्य सामग्रीहरु खरिद गरि हिजो जेठ २८ गते गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जयकुमार राई तथा स्थानिय जनप्रतिनिधिहरुको रोहवरमा वडालाई हस्तान्तरण गरिएको कुरा अभियानमा संलग्न सुनिल बान्तावाले जानकारी गराउनुभएको छ।

उहाँका अनुसार निम्नानुसारको स्वास्थ्य सामग्री बितरण गरिएको थियो।

१) PPE (पुन:प्रयोग गर्न मिल्ने) : १० सेट   
२) सिटामोल  :  ८०० Strips         
३) साइनेक्स  : ६०० Strips            
४) भिटामीन सि :  २५० Strips     
५) क्यालसीयम : २५० Strips        
६) सर्जिकल मास्क : १०,००० पिस  
७) Hand gloves : २ बक्स           
८) सेनिटाइजर (१लिटर) : २० वटा   
९) सेनिटाइजर (१०० ml) : १०० वटा

उल्लेखित सामग्रीहरु मध्ये वडा नम्बर ६ को प्रत्येक घरमा १० थान मास्क र १ Strip सिटामोल बितरण गरिनेछ भने वडा नम्वर ६ को सबै बिद्यालयका प्रत्येक बिद्यार्थिलाई मास्क र बिद्यालयलाई सेनिटाईजर बितरण गरिनेछ भने बाँकी सामग्रीहरु आवस्यकता अनुसार वडामा बितरण गरिनेछ।

हतुवागढी स्वास्थ्य शाखा प्रमुख जयकुमार राईका अनुसार गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढिरहेको तथा स्वास्थ्य सामग्रीहरुको अभाव बढ्दै गईरहेको छ। उहाँले गाउँपालिकाको सबै स्वास्थ्य संस्थाहरुमा बिजुली बत्तिको सुबिधा नभएकोले बिरामिहरुलाई उपलब्ध सिमित अक्सिजन प्रयोग गर्न समेत समस्या उत्पन्न भएको जानकारी समेत दिनुभएको छ।

%d bloggers like this: