Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

हतुवागढी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक : १४ प्राथमिकता र १८ नितिगत क्षेत्र निर्धारण (सडक सम्बन्धि नीति )

Admin

हतुवागढी गाउँपालिकाको नीति तथा कार्यक्रम

हतुवागढी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमको अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ। “आर्थिक संबृद्धिको आधार,
कृषि, उद्यम र पर्यटन पूर्वाधार”
भन्ने नारा तय गरिएको नीति तथा कार्यक्रम रेडियो उन्नती भोजपुरको संयोजनमा गत असार २९ गते गाउँपालिकाको केन्द्र घोडेटार बजारमा सम्पन्न भएको हो। सार्वजनिक सुनुवाईका क्रममा गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएका प्राथमिकता र क्षेत्रगत नीतिहरु निम्नानुसार रहेका छन्।

प्राथमिकता :
१. दिगो विकासका १७ वटा लक्ष्यहरु
२. कोरोना प्रकोपको व्यवस्थापन
३. पूर्वाधार विकासका कार्यक्रमहरु (सडक, खानेपानी, पुल, सिँचाई, भवन, शहरी विकास)
४. शिक्षा, स्वास्थ्यको गुणस्तर व्यवस्थापन,
५. आधुनिक कृषि व्यवसायिकरण, यान्त्रीकरण र पशू विकास एवं बजार,
६.पर्यटन पूर्वाधार विकास र प्राकृतिक पुरातात्विक सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्द्धन
७. सामाजिक विकास तथा समावेशीताका कार्यक्रमहरु (समावेशी विकास, जातीय-लैगिंक, जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता, अशक्त लक्षित बालमैंत्री),
८. युवाको क्षमता विकास, खेलकुद विकास र रोजगारी,
९. प्राकृतिक स्रोत तथा भू–संरक्षण, वातावरण र जलवायु परिवर्तन,
१०.सार्वजनिक सेवा प्रवाहमा प्रभावकारीता पारदर्शिता, सुशासन र डिजिटल प्रविधिको प्रयोग,
११.भू–उपयोग नीति निर्माण र बस्ती विकास,
१२.संस्थागत तथा क्षमता विकास,
१३.जनसहभागिता जुट्ने र आर्थिक प्रतिफल प्राप्त हुने योजनालाई नीतिगत रुपमा प्राथमिकता,
१४.“विकास योजनाहरु लहडमा होइन, आवश्यकता र प्रतिफलमा आधारीत भएर हामी र भावि पुस्ताका लागि” भन्ने अवधारणाबाट अगाडी बढाइनेछ ।

क्षेत्रगत नीतिहरु (विषयगत)
क) सडक सम्बन्धी नीति
१. निम्नानुसारका सडक खण्डहरुलाई प्रदेश तथा संघिय सरकारसंग प्राथमिकताका साथ स्तरोन्नतिका लागि अनुरोध गरिनेछ :
👉️ घोडेटार–मचुवाटार-चुवार-हलेदे सडक
👉️ घोडेटार–कावाखोला भोजपुर सदरमुकाम जोड्ने सडक,
👉️ घोडेटार–सुनबालुवा धनकुटा जोड्ने सडक,
👉️ घोडेटार–पुरानो तृतीय आमचोक जोड्ने सडक ।

२. सुनबालुवा घोडेटारको १८.५ कि.मि. दुरिको सडकलाई प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय विकास पूर्वाधार आयोजना कार्यालय प्रदेश नं. १ इटहरी, भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं. १ विराटनगर र हतुवागढी गाउँपालिका बिच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भैसकेकोले यथासिघ्र विस्तृत परियोजना (DPR) तयार गरि निर्माण सुरु गरिनेछ । यस सडकलाई क्रमशः घोडेटार, रानिवास, दिमालुङ्ग हुँदै चिसापानी खोटाङ्ग बजार घुर्मि जोड्ने पहल गरिनेछ ।

३. अरुण नदिको सुनबालुवा, दुधकोशीको चुवार, कावा खोलामा निर्माणाधिन पक्की पुल यथासमयमा सम्पन्न गर्न निरन्तर पहल गर्दै अरुण नदि मचुवाटार र एकुवा खोला पक्की पुल यथासिघ्र सुरु गर्न प्रदेश सरकार र संङ्घीय सरकारसँग पहल गरिनेछ ।

४. घोडेटार-फलामढुङ्गा-दिमालुङ्ग-बयाङ बालाङ्खा दुई स्थानीय तहको केन्द्र जोड्ने सडक स्तरोन्नतीको लागि मुख्यमन्त्रि ग्रामिण सडक अन्तर्गत अघि बढाईने छ ।

५. चुवार घोडेटार भोजपुर सडकको स्तरोन्नतीको लागि आवश्यक पहल गर्दै भोजपुर सदरमुकाम देखि तराई जोड्ने मुख्य द्रुतमार्गको रुपमा विकास गर्न पहल गरिनेछ ।

६. सोया-लुङथुङ्ग-पिप्ले-आम्जिराङ्ग-मचुवा सडकलाई स्तरोन्नती गर्न पहल गरिनेछ ।

७. भविष्यमा अति आवश्यक पर्ने गाउँपालिका रिङ रोडको विकास तथा व्यवस्थापनका लागि यो वर्ष थप रणनीति तय गरि उक्त रिङ रोड निर्माण कार्यलाई अघि बढाईने छ । साथै वडा केन्द्रहरु देखि गाउँपालिका केन्द्र सम्मका सडकहरुको स्तरोन्नती गरि बाह्रै महिना सन्चालन हुने व्यवस्था गरिनेछ ।

८. सडक गुरुयोजनामा दुई तहको रिङ रोडको योजना अनुरुप बाहिरी रिङरोड दिमालुङ्ग–दितेनी–लुङ्गिन–हर्का–सिरिसे–गुर्धुम–प्रजातन्त्र मा.वि.–गोरुजुरे डाँडा–पुरानटेन–सोया गाउँ–दियना–लुङथुङ्ग–पिप्ले–लुङ्खिम–विद्या पोखरी–खुकैला–छोकुभेन अवतारी–दिमालुङ्ग जोडिनेछ ।

९. प्रत्येक वडा केन्द्रलाई सो वडाका टोल-बस्तीसम्म सडक सञ्जालले जोड्नलाई नयाँ ट्रयाक खोल्नुपर्ने सडकहरुको निर्माण तथा व्यवस्थापनमा विशेष जोड दिइनेछ ।

१०. वडाका महत्वपूर्ण कृषि उत्पादन र निर्माण कच्चा पदार्थ उत्पादनका दृष्टिले महत्वपूर्ण रहेका स्थानहरुमा कृषि सडक सञ्जाल पुर्‍याइनेछ ।
११. गाउँपालिका सडक गुरुयोजना तयार गरि सो अनुसार निर्माण भएका सबै सडकहरुको लगत संकलन, वर्गीकरण, दस्तावजीकरण र सडक क्षेत्राधिकार र जग्गाधनी लगत कट्टा गरिने छ ।

१२. सर्भे भएका साना सडकहरुमा स्थानीयहरुको माग बमोजिम निश्चित सहभागिता अनिवार्य गरिने छ ।

१३. निर्माण भई सकेका सडकहरुको मर्मत संभार सम्बन्धी नीति बनाईनेछ ।

१४. घोडेटार बजारमा ढल निकास तथा सडक ढलान क्रमशः गरिने छ ।

१५. अरुण नदीको सुनवालुवामा निर्माणाधीन पुललाई यथा समयमा पुरा गराउनु निरन्तर पहल गर्दै चुवार दुधकोशी र मचुवाटार अरुणको पक्की पुल सहित सडक सञ्जाललाई यथाशिघ्र कार्य प्रारम्भ गर्न पहल गरिनेछ ।

१६. अति आवश्यक सडकहरुको सर्भे तथा डिपिआर निर्माण कार्य जारी राखिनेछ ।
१७. विभिन्न ऐतिहासिक तथा साँस्कृतिक रुपमा चिनिएका पर्यटकीय गन्तव्यहरुमा सरल र सहज पहुँचको लागि सडक सञ्जालको रणनीति निर्माण गरि तत्काल सो रणनीतिलाई अवलम्बन गरिनेछ ।

१८. यस पालिकाको एखुवा–चुवार–हलेदे–मचुवाटार–लुङ्खिम बेंसी–लामिबगर–सुनबालुवा–माझिगाउँ नदि तटिय क्षेत्र भएका सडक निर्माणको डिपिआर बनाइनेछ । यसलाई क्रमशः आमचोक, पौवादुम्मा, अरुण, षडानन्द, साल्पासिलिचो लगायतका जिल्लाका नदि तटिय गाउँपालिकाहरुसंग करिडोर सडककको रुपमा विस्तार गर्न प्रदेश तथा संङ्घीय सरकार सँग माग गरिनेछ ।

१९. भोजपुरको दक्षीणी क्षेत्रमा २०६० को दशकमा सुरु गरिएको सडक निर्माण अभियान सँगै २०६६ पौष २५ मा हतुवागढी क्षेत्रमा स्काभेटर तारेर सडक निर्माणको प्रारम्भ गरिएको ऐतिहासिक पहल कदमीलाई स्मरणीय बनाउन उपयुक्त स्थानमा “सडक अभियान स्मारक” निर्माण गरि तत्कालिन समिति, चन्दा दाता र सहयोगीहरुलाई सम्मान गरिनेछ ।

%d bloggers like this: