Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

हतुवागढिको नीति तथा कार्यक्रम अनुसार आगामी बर्ष उज्यालो हतुवागढी घोषणा गरिने

Admin

हतुवागढी गाउँपालिकाको नीति तथा कार्यक्रम

हतुवाहेराल्ड डेस्क
गत असार २९ गते हतुवागढी गाउँपालिकाको प्रस्तावित नीति तथा कार्यक्रमको अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न भयो। घोडेटार बजारमा सम्पन्न सो कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले प्रस्तुत गर्नुभएको बिद्युत ऊर्जा र संचार तथा स्वास्थ्य सम्बन्धी नितिको पुर्ण पाठ :

विद्युत उर्जा र संचार सम्बन्धी नीति:
१. आगामी आ.व. भित्र प्रदेश सरकार र संङ्घीय सरकारसँगको पहलमा हतुवागढी गाउँपालिकाको सबै वडाहरु क्रमशः १, २, ४, ५, ९ र ३, ६, ७, ८ मा केन्द्रिय विद्युतीकरण गरि “उज्यालो हतुवागढी घोषणा” गरिनेछ ।

२. सबै वडाहरुमा केन्द्र्रीय विद्युत प्रशारण, लघु जलविद्युत र वैकल्पिक ऊर्जाबाट विद्यतीकरण गरी उद्यम व्यवसायमा प्राथमिकता दिइनेछ ।

३. वैकल्पिक उर्जा प्रवर्धन केन्द्रसँगको साझेदारीमा वैकल्पिक उर्जा अन्तर्गत आवश्यक कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।

४. सुधारीएको चुल्हो र नविकरणीय उर्जाको प्रयोगको कार्यक्रम गरिनेछ ।

५. सौर्य ऊर्जा मार्फत सडक तथा बजार बत्तिको व्यवस्था गरिनेछ ।

६. “सबैको घर उज्यालो कार्यक्रम” नीति र कार्यक्रम बनाइनेछ ।

७. टेलिफोन टावर, नेटवर्क समस्या समाधान र इन्टरनेट व्यवस्था क्रमशः गर्दै स्थानीय पत्रिका र सूचना मैंत्री नीति बनाइनेछ ।

८. घना वस्ती र टाढा रहेका वस्तीमा सौर्य उर्जाको व्यवस्था गरिनेछ ।

९. सवै सरकारी कार्यालय, वित्तीय संस्था र विद्यालयहरुमा उर्जाको व्यवस्था गरी विद्युतिय रेकर्ड राख्ने र सेवा दिने व्यवस्था गरिनेछ ।

१०. सूचना सम्बन्धी हक र पारदर्शितालाई मध्यनजर गरि गाउँ कार्यपालिकाको कार्यालयबाट जारी हरेक निर्णय तथा महत्वपूर्ण कार्यलाई आम जन समुदाय सम्म पुर्‍याउन हतुवागढी गाउँपालिकाको वेभपोर्टलमा निर्णय, सूचना तथा कार्यक्रमहरु अपडेट गर्ने तथा गाउँपालिकाको मोबाइल एप्लिकेशनलाई थप व्यवस्थित बनाई सबै सरोकारवालाहरुको हातहातमा पुर्‍याइनेछ ।

११. नेपाल सरकारको नीति अनुरुप स्थानीय तहमा स्थापना गर्नुपर्ने भनिएको वाईफाई जोन निर्माण कार्यलाई हतुवागढी १, घोडेटार बजार र वडा केन्द्रहरुमा क्रमश अघि वढाइनेछ ।

१२. बढ्दो सुरक्षा जोखिमलाई मध्यनजर गर्दै तत्काल हतुवागढी १, घोडेटार बजारमा Close Circit Camera जडान कार्यलाई व्यवस्थित गरिनेछ र यस कार्यलाई सबै वडा कार्यालयहरुमा क्रमश विस्तार गरिनेछ।

१३. गाउँपालिकाको वस्तुगत विवरण सहित गाउँपालिका प्रोफाईल निर्माण तथा अद्यावधिक गरि डिजिटलाईज रुपमा नयाँ पोर्टलको रुपमा सबैको पहुँचमा राखिनेछ ।

स्वास्थ्य सम्बन्धी नीति:
१. १५ शैयाको “हतुवागढी आधारभूत अस्पताल” निर्माण कार्यलाई यथासिघ्र सुरु गरि हतुवागढी गाउँपालिका अन्तर्गत स्वास्थ्य क्षेत्रको गौरवको रुपमा तत्काल सञ्चालनमा ल्याइनेछ ।

२. हतुवागढी गा.पा.१ घोडेटार स्थित प्राथमिक स्वास्थ्य केन्द्र मार्फत स्वास्थ्य सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन टेलिमेडिसन प्रविधिलाई तत्काल कार्यान्वयनमा ल्याइ थप व्यवथित गरिनेछ ।

३. गाउँपालिकाका जन समुदायको स्वास्थ्य अवस्था र भौगोलिक विकटतालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा विस्तारका लागि आयुर्वेदिक आरोग्य सेवा केन्द्र र हतुवागढी आँखा उपचार केन्द्र मार्फत प्रदान गरिने सेवालाई थप व्यवस्थित र विस्तार गरिनेछ ।

४. विभिन्न घटनाहरुबाट मनौवैज्ञानिक असर पुगेका गाउँपालिका क्षेत्र भित्रका व्यक्तिहरुको लागि निशुल्क मनोपरामर्श सेवा प्रदान तथा विस्तार गरिनेछ । साथै त्यस्ता व्यक्तिहरुको उद्धारका लागि थप सहयोग समेत गरिनेछ ।

५. सबै वडाहरुमा स्वास्थ्य चौकीको व्यवस्थापन गर्दै जनतालाई स्वास्थ्य सेवा सहज र पँहुचयोग्य बनाईनेछ ।

६. प्राथमिक स्वास्थ्य केन्द्र, घोडेटारमा आवश्यकता अनुसार उपकरण र जनशक्तिको व्यवस्थापन गरिनेछ ।

७. गाउँपालिका क्षेत्र भित्र रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्था बारे थाहा पाउन स्वास्थ्य प्रोफाइल तथा पोषण सर्भे जस्ता खोजमुलक कार्यक्रम सञ्चालन गरिनेछ ।

८. “अध्यक्ष सँग जनता स्वास्थ्य परिक्षण कार्यक्रम” अपाङ्ग र ६० वर्ष माथिका नागरिकलाई निशुल्क शिविर सञ्चालन गरिनेछ ।

९. महिला स्वास्थ्य स्वयंसेविकालाई क्षमता अभिवृद्धि गर्दै प्रोत्साहन सुविधा र स्वास्थ्य केन्द्र र सेवा ग्राही वीच पुलको काम गर्ने गरी प्रोत्साहन गरिनेछ ।

१०. महिलाहरुको पाठेघरको Pap Smear र आङ खस्ने समस्याको पहिचान गरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

११. वडा सेवा केन्द्र पायक पर्ने स्थानमा मापदण्ड अनुसारको स्वास्थ्य चौकी निर्माण गर्न जग्गा प्राप्तीलाई प्राथमिकतामा राखिनेछ ।

१२. एम्बुलेन्स सेवा विस्तार गरि गर्भवती, सुत्केरी, जेष्ठ नागरिक, अपाङ्ग, असहाय, अति विपन्न र दुर्घटनामा परेका विरामीलाई सहुलियतमा सेवा दिने व्यवस्था गरिनेछ ।

१३. गम्भीर प्रकृतिका रोगहरु– क्यान्सर, मुटु, कलेजो, मृगौला रोगीहरुलाई आर्थिक सहयोग तथा उपचारमा छुट दिनको लागि आवश्यक समन्वय र सहयोग गरिनेछ ।

१४. स्वास्थ्य क्षेत्रमा थप सुधार तथा व्यवस्थापनका लागि अन्तर स्थानीय तह र अन्तर सरकार सहयोग तथा समन्वयको लागि आवश्यक कार्यहरु गरिनेछ ।

१५. प्रा.स्वा.के., हतुवागढी आधारभूत अस्पतालको लागि अपुग जग्गा खरिद प्रक्रिया अघि बढाइनेछ ।

%d bloggers like this: