Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

हतुवागढी गाउँपालिकाद्धारा प्रस्तावित कृषि, सिंचाई, खेलकुद तथा बन एवं वातावरण सम्बन्धी नितिहरु

Admin

हतुवागढी गाउँपालिकाको नीति तथा कार्यक्रम

हतुवाहेराल्ड डेस्क
गत असार २९ गते हतुवागढी गाउँपालिकाको प्रस्तावित नीति तथा कार्यक्रमको अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न भयो। घोडेटार बजारमा सम्पन्न सो कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले प्रस्तुत गर्नुभएको कृषि, सिंचाई, खेलकुद तथा बन एवं वातावरण सम्बन्धी नितिको पुर्ण पाठ :

कृषि, सिँचाई पशु र उद्यम सम्बन्धी नीति:
१. कृषिमा व्यवसायीकरण तर्फ उत्प्रेरणा जगाँउदै “एक गाउँ एक उत्पादन” कार्यक्रम बनाईनेछ ।

२. कृषि क्षेत्रको भण्डारण प्रविधिलाई थप व्यवस्थित गर्न गाउँपालिका स्तरीय कृषि शित भण्डारको निर्माण गरिनेछ ।

३. आधुनिक रुपमा करेसाबारी निर्माण गरि स्वस्थ र स्वच्छ तरकारीहरु उत्पादनको लागि “सुख्खा करेसाबारी कार्यक्रम” को नीति बनाई तत्काल कार्यान्वयन गरिनेछ ।

४. हतुवागढी गाउँपालिकालाई कागती जोनको रुपमा घोषणा गरी आवश्यक अनुसन्धान, योजना तयार र कार्यान्वयन गरिेनेछ ।

५. कृषि क्षेत्रका संभावित कृषि प्रविधि र कृषि क्षेत्र सुधारका कार्यक्रमलाई व्यवस्थित गरि अघि बढाइनेछ ।

६. बहु फलफुल खेतीलाई प्रोत्साहन गरि अनुदानका कार्यक्रमहरु (सुन्तला, आप, लिची, भुइकटहर, एवोकार्डाे, किवी र केरा ड्रागन फल) खेती जस्ता विविध कार्यक्रमहरुलाई अघि बढाइनेछ ।

७. कृषिमा आधारित उद्यममा सन्चालित अनुदानका लागि सम्बन्धित निकायमा आवश्यक समन्वय गरिनेछ ।

८. रासायनिक मल तथा विषादिको प्रयोग तथा वितरणमा अनुदानमा आधारित कार्यक्रमहरु सञ्चालन गर्दै थप कृषि सेवा विस्तारलाई महत्व दिदै कृषकलाई प्रोत्साहन गरिनेछ ।

९. निर्वाहमुखी परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरणको नीति अनुरुप कार्यक्रम बनाईनेछ ।

१०. पशुपालन व्यवसाय ब्लक निर्धारण गरिनेछ ।

११. दुग्ध संकलन केन्द्रको स्थापनाको प्रक्रियाको सुरुवात गरिनेछ ।

१२. गाउँपालिकाको उपयुक्त क्षेत्रमा चिया तथा कफि खेतीको सम्भाव्यता अध्ययन गरी सम्बन्धीत संघ संस्थाहरु सँग समन्वय गरी चियाकफि खेती प्रणालीको सुरुवात गरिनेछ ।

१३. कृषी तथा पशु विमालाई कृषकहरुसम्म पुर्‍याउने अभियान सञ्चालन गरिनेछ ।

१४. बाँझो जग्गालाई प्रयोगमा ल्याउने विशेष कार्यविधि बनाईनेछ ।

१५. प्रत्येक घर परिवारबाट निस्कने फोहोर पानीलाई संकलन र प्रशोधन गरि करेसाबारी अभियान सञ्चालन गरिनेछ ।

१६. कृषकलाई उत्पादनको आधारमा अनुदान दिने नीति बनाइनेछ ।

१७. जमिनको वर्गीकरण र उपयोगिताको आधारमा प्रविधिको खोजि गरि सिँचाईलाई व्यवस्थापन गरिनेछ ।

१८. मचुवा सिँचाई र फुकुवा खोला माङ्तेल कुलो सिँचाइ स्थानीय सरकार प्रदेश सरकार, संङ्घीय सरकार, स्वीस सहयोग र उपभोक्ताको साझेदारीमा आ.व २०७८/०७९ मा निर्माण कार्य सुरु गरिनेछ ।

१९. सिँचाई कार्यक्रम अनुसार हतुवागढी ३ र ४ को तेर्से खोलामा पोखरी निर्माण गरि आकाशेपानी संकलन कार्यक्रम प्रदेश सरकार सँग यसै आ.व. सुरु गरिनेछ ।

युवा, खेलकूद तथा रोजगार सम्बन्धी नीति:
१.“स्वास्थ्यको लागि खेलकूद, सृजनशीलता अनुशासनमा एकजुट” भन्ने नारासहित खेलकूद विकासको लागि आवश्यक क्यालेण्डर तयार गरिनेछ ।

२. प्रत्येक वडाकेन्द्र विद्यालय आसपास खेलमैदान निर्माण गरिनेछ ।
घोडेटार, दिमालुङ जमिन खेलमैदान, सुनाहाङ साकेन्वा खेलमैदान, पात्लेपानी खेलमैदान, होम्ताङ्ग खेल मैदान, अवतारी खेलमैदान, हसनपुर खेलमैदान विस्तार कार्यक्रम सञ्चालन गरिनेछ ।

३. इन्डोर खेलको लागि कभर्डहलको योजना बनाइनेछ ।

४. कँराते, उसु खेल प्रशिक्षण र प्रतियोगिता सञ्चालन गरिनेछ ।

५. युवाहरुलाई रोजगारीका अवसर श्रृजना गर्दै स्वरोजगार उन्मुख कार्यक्रमहरु तय गरिनेछ ।

६. वडास्तरीय युवा सञ्जाल गठन गरी युवाहरुको संस्थागत क्षमता विकास गरिनेछ ।

७. रोजगार सम्बन्धी परामर्श सेवा प्रारम्भ गरिनेछ ।

८. प्रधानमन्त्री रोजगार कार्यक्रमसँग साझेदारी गरि रोजगारीको अवसर सिर्जना सँगै योजनाको प्रकृति र आवश्यकता अनुसार निर्माण सामाग्रीहरुको समेत साझेदारी गरिनेछ ।

९. बेरोजगारहरुको सूचीलाई थप वैज्ञानिक, पारदर्शि र मापदण्डमा पर्ने सबैलार्ई सूचीकृत गरि स्वरोजगारका अवसरहरु प्रदान गरिनेछन् ।

१०. तोकिएका र आवश्यक उल्लेखित खेल मैदानहरु सार्वजनिक, वन तथा व्यक्तिको जग्गा भए त्यसलाई जग्गा प्राप्ती ऐन अनुसार पक्रिया अगाडी बढाइनेछ ।

वन तथा वातावरणसम्बन्धी नीति:
१. वातावरण संरक्षण कोषलाई व्यवस्थित गरिनेछ ।

२. भुउपयोग सम्बन्धी नीति बनाई त्यसको कार्यान्वयन गरिनेछ ।

३. सार्वजनिक वन, सामुदायिक वन, निजि वनको संरक्षण र बहुउपयोग नीतिबारे सरोकार पक्षसँग परामर्श गरिनेछ ।

४. सार्वजनिक जग्गाको पहिचान, संरक्षण र वस्ती तथा बजार व्यवस्थापनसँग जोडिनेछ ।
५. फोहोरमैला व्यवस्थापन गरिनेछ ।

६. गाउँ वस्तीमा सेतो तथा फुसको छानालाई कम गर्दै वातावरणमैत्री गाउँपालिका बनाउने नीति अवलम्बन गरिनेछ ।

७. ढुँगा गिटी बालुवा उत्खनन् र सडक लगायत भौतिक पूर्वाधार निर्माण गर्दा भुक्षय र वन वातावरणलाई असर कम गर्ने गरी नीति बनाइनेछ ।

८. निजि क्षेत्रबाट पार्क निर्माणलाई प्रोत्साहित गर्न PPP (Public Private Partnership) मोडेल अपनाईनेछ ।

९. निर्मित सडकहरु अन्तिम अवस्थामा पुग्दै गएपछि सडकमा वृक्षारोपण कार्यलाई अनिवार्य गरिनेछ ।

१०. बजार क्षेत्रमा गाडिको लागि वसपार्क र आवश्यक जमघट हुने क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।

११. प्रत्येक वडाका नागों डाँडाहरुमा “पोखरी निर्माण अभियान” लाई संघ संस्थाहरुको साझेदारी र स्थानीय बासीहरुको सहभागितामा निरन्तरता दिईनेछ ।

१२. वन्यजन्तु संरक्षण-आरक्षण स्थल निर्धारण गर्दै वन्यजन्तुले मानव रहनसहनमा पारेको असर बारे आवश्यक नीति निर्माण गरिनेछ ।

%d bloggers like this: