Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

संखामचुलिलाई पर्यटकिय पदमार्ग बनाईने : हतुवागढी दरवार संरक्षणलाई गौरबको आयोजना घोषित

Admin

हतुवागढी गाउँपालिकाको नीति तथा कार्यक्रम

हतुवाहेराल्ड डेस्क
गत असार २९ गते हतुवागढी गाउँपालिकाको प्रस्तावित नीति तथा कार्यक्रमको अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न भयो। घोडेटार बजारमा सम्पन्न सो कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले प्रस्तुत गर्नुभएको पर्यटन एवं बित्तिय तथा सहकारी सम्बन्धी नितिको पुर्ण पाठ :

पर्यटन सम्बन्धी नीति:
१. “हतुवागढी पर्यटन क्षेत्र विकास गुरुयोजना” सहित गाउँपालिका स्तरीय र अन्तरपालिका स्तरीय योजना निर्माण गरि सम्बन्धित निकायमा पहल गरिनेछ ।

२. प्राकृतिक, ऐतिहासिक, धार्मिक स्थलहरुको सूची तयार गरी संरक्षण र सम्बर्द्धन गरिनेछ ।

३. हतुवागढी दरबारको संरक्षण र प्रवर्द्धनलाई गौरवको आयोजनामा राखी सरोकारवालाहरुसँगको व्यापक छलफल पछी उपयुक्त Design Esitmate गरी PPP Model मा गर्ने गरी योजना तयार गरि आ.व. ०७८।०७९ मा नै काम सुरु गरिनेछ ।

४. घोडेटार देखि गढी संखामडाँडा–दिमालुङ (पूर्णेडाँँडाँ) सम्म पैदलमार्ग जोड्ने योजना यहि आ.व.मा सुरु गरिने र विभिन्न स्थानबाट ठाडो सिढिबाट उक्त पैदलमार्गलाई जोडिने छ ।

५. दिमालुङ्ग (ढुंगालाई) स्थापीत गर्दै दिमालुङ्ग स्मृति पार्क र दिमालुङ्ग पार्क निर्माणलाई प्रदेश सरकारको सहयोगमा निरन्तरता दिईनेछ ।

६. हतुवागढीको उच्च स्थान संखामचुली डाँडामा भ्यू टावर निर्माणलाई प्रदेश सरकारको सहयोगमा निरन्तरता दिईनेछ ।

७. होमस्टे सन्चालनका लागि अध्ययन भ्रमण, तालिम र स्थान छनौटको कार्यक्रम राखिनेछ ।

८. अरुण र दुधकोशीमा र्‍याफ्टिङ, जलयात्रा सरोकारवाला संघसंस्था, व्यवसायी, साथै बेलका नगरपालिका, शहिदभूमि गाउँपालिका र आमचोक गाउँपालिकासँग सहकार्य गरी योजना निर्माण गरिनेछ ।

९. नदी किनार आसपासमा पर्यटक, पाहुना स्थल (Hut, Swimming Pool) लाई प्रवर्द्धन गरिनेछ ।
१०. पर्यटन विकास, खानेपानीको स्रोत संरक्षण र वितरणका लागि जोरआल, तेर्सेखोलामा आकाशे पानी संकलन ड्याम निर्माण गरिने छ ।

११. हतुवागढी रोक्ताङ् खोलामा अवस्थित इन्द्रेणी झर्नाको संरक्षण, सम्बर्द्धन र प्रचार प्रसार गरिनेछ ।

१२. साँस्कृतिक र पर्यटकीय हिसाबले निम्न स्थानहरुको डि.पि.आर. गरि आवश्यक योजना बनाईनेछ ।
(क) भविष्यवक्ता पोखरी
(ख) माईवेनी मन्दिर
(ग) किराँत संग्राहलय
(घ) ईन्द्रेणी झरना
(ङ) महादेव स्थान गुफा
(च) सयवृक्ष
(छ) फलामढुङ्गा संरक्षण र पोखरी निर्माण
(ज) लुङ्खिम संरक्षण
(झ) सिम्सारादेवी संरक्षण
(ञ) चारपाटे पोखरी (आहाल)
(ट) सिलासुत्केरी ढुङ्गा
(ठ) विद्यापोखरी
(ड) चमेरे गुफा
(ढं) जोर आहाल
(ण) लुङ्थुङ संरक्षण
(त) विभिन्न वडाबाट सिफारिस भइ आएका स्थानहरु

सहकारी तथा वित्तिय सम्बन्धी नीति:
१. सहकारीका मूल्य, मान्यता, सिद्धान्तको आधारमा संचालन, व्यवस्थापन र नियमन गरिनेछ ।

२. बचत तथा ऋण सहकारीहरुलाई उदेश्यगत र ऋण प्रवाहलाई उद्यमसँग जोडिनेछ ।

३. कृषि र उत्पादक सहकारीलाई प्रोत्साहित गरिनेछ ।

४. सहकारी सम्बन्धी नीति तर्जुमा गरि सहकारीको क्षमता अभिवृद्धी गर्दै सहकारीलाई गरिबी निवारण सँग प्रत्यक्ष रुपमा जोड्दै सहकारीलाई सेवामुखी बनाउँदै लगिनेछ ।

५. सहकारी मार्फत प्रत्येक वडा तथा टोलहरुमा सुपथ मूल्यका पसलहरुको सेवा विस्तार गरिने भावि नीति अवलम्वन गरिनेछ ।

६. प्रत्येक परिवारलाई एक सहकारी सदस्य बनाउने कार्यक्रम अवलम्बन गरिनेछ ।

७. लघु वित्तहरुलाई स्थानीय तह र जनताको यथार्थ आवश्यकतालाई मध्यनजर गरी दिर्घकालीन लगानीतर्फ ध्यान दिइनेछ ।

८. जोखिममा परेका सहकारी, वित्तिय समूहहरुको अध्ययन अनुसन्धान गरी संस्थागत र व्यक्तिगत जोखिम न्युनिकरण गरिनेछ ।

९. गरिवी निवारण कोष लगायत अन्य साझेदारी निकाय संस्थाबाट परिचालित समूहहरुलाई सहकारीमा लाने व्यवस्था गरिनेछ ।

%d bloggers like this: