मुख्यमन्त्री राई हतुवागढिमा : विभिन्न कार्यक्रमलाई सम्बोधन
रबिन थापा "बगाले"हतुवागढी, ३० चैत। प्रदेश नम्बर १ का माननीय मुख्यमन्त्री शेरधन राई हिजो चैत २९ गते हतुवागढिको विभिन्न कार्यक्रममा सरिक हुनुभएको छ। हतुवागढी वडा नम्बर ८ खुकैलाका आगलागी पिडितहरुलाई राहत बितरण गर्न आईपुग्नुभएका मुख्यमन्त्री राई हतुवागढिको केन्द्र घोडेटार बजारमा आयोजित दुई वटा कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ। उहाँ सगरमाथा उच्च मा. वि. घोडेटारले आयोजना गरेको 'पुरस्कार बितरण समारोह तथा शिक्षक बिदाई कार्यक्रम' र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरको संयोजनमा हतुवागढी गाउँपालिका अन्तर्गत स्थापित 'नागरिक आरोग्य सेवा केन्द्र' शुरुवात गर्ने कार्यक्रममा उपस्थित हुनुभएको हो। सगरमाथा उच्च मा. वि. परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघिय प्रणालिमा देश गएका कारण भौतिक पुर्बाधार
Read More