हसनपुर साहित्य महोत्सवको तयारी पुरा
हतुवागढी, २४ पौष। हतुवागढी गाउँपालिका वडा नं. ९ हसनपुर स्थित "हसनपुर कला-साहित्य प्रतिष्ठान" ले आगामी पौष २९ देखि माघ १ गतेसम्म सञ्चालन गर्ने हसनपुर साहित्य महोत्सव - २०७७ को तयारी पूरा भएको आयोजकले जनाएको छ। "कला साहित्य र संस्कृती हाम्रो पहिचान : यसको संरक्षण र सम्बर्द्धनका लागि हाम्रो अभियान" नारा सहित स्थापित प्रतिष्ठानले दुई दिनसम्म विभिन्न सेसनमा कार्यक्रम संचालन गर्नेछ। सबै कार्यक्रमहरु जनसेवा माध्यमिक बिद्यालयमा सम्पन्न हुनेछ। निर्धारित कार्यक्रम अनुसार पौष २९ गते नृत्य प्रतियोगिता सहित कार्यक्रमको उद्घाटन गरिनेछ भने अक्षरयात्रामा हतुवागढी : हिजो आज र भोलि शिर्षकमा सञ्जाल राईले कविहरु प्रकाश दिप्साली, बिश्वजित चाम्लिङ्ग र कृपालसिंह राईसंग अन्तर्कृया गर्नेछन्।
Read More