Home > हतुवा हेराल्ड (Page 48)

बिदेशमा आफ्नै प्रेमिको हत्या

कुवेत। कुवेतमा एक नेपाली महिलाले छुरा प्रहार गरि आफ्नै प्रेमीको हत्या गरेकी छन् । लिभिङ टुगेदरमा बसिरहेकी धरान घर बताईएको माया गुरुङ्गले बुधबार (बैशाख १८, २०७६) दिउँसो छुरा प्रहार गरि आफ्नै प्रेमी तनहुँ जिल्लाका खेम बिकको हत्या गरेकी हुन् । कुवेतको मंगाफमा बसिरहेका यी जोडिहरु प्राय झगडा गरिरहने र एक आपसमा खुसी नदेखिने गरेको नजिकैमा नेपालिहरुले बताएका छन्। गुरुङ्गले बिकलाई छाती र ढाडमा धारिलो हतियार प्रहार गरेर हत्या गरी कपडाले छोपेर राखेकी प्रत्यक्षदर्शी तथा सामाजिक व्यक्तित्व नवराज पराजुलीले जानकारी दिए । घटना मंगाफ स्थित ब्लक-४ दिउँसो ४ बजे घटेको थियो । मृतक खेम बिक कुवेतमा वैधानिक रुपमा बस्दै आएका थिए भने माया

Read More

फेरि पालो हुण्डीकै

दक्षिण कोरिया। नेपालिहरुको लागि आकर्षक श्रम गन्तव्य मानिएको दक्षिण कोरियाबाट बैधानिक बाटो प्रयोग गरि पैसा नेपाल पठाउनेहरुको तथ्यांक कम देखिरहेको बेला फेरि पनि हुण्डी प्रयोगले प्राथमिकता पाएको छ। हानपास, जिमनी, जिएमई, कोईनशट लगायतका लगभग दर्जन जति बैधानिक बाटो प्रयोग गरि नेपाल पैसा पठाउने रेमिट्यान्स कम्पनिहरु सकृय रहेको कोरियामा रेमिट्यान्स कम्पनिहरुले सटही दर उच्च बनाउँदै लगेपछी नेपाली श्रमिकहरु फेरि पनि हुण्डीकर्ताहरुको सम्पर्कमा जान थालेका छन्। प्रती एक लाख नेपाली रुपैँयामा चार हजारसम्मको सस्तो दर भए पछि हुण्डी गरेरै पैसा पठाउन चाहनेहरुको संख्या बढिरहेको छ। नेपालिहरु भन्छन्, "यत्रो दुख गरेर बैधानिक बाटोबाट ट्याक्स तिरेर पैसा पठायो, हरेक तहमा भ्रष्टाचार गर्न ढुकेर बस्नेहरु छन्। तिनको

Read More

मुक्तक

                                                     - सुनिता सोयोङ्ग राई हेर मेरो देश फाटिसक्यो, टाल्न सघाउँछौ सघाउदैनौ एकताको दीप मलाई, बाल्न सघाउँछौ सघाउदैनौ विकास सँगै यहाँ विकृति धेरै छन् बेथिती र भ्रष्टचार, ढाल्न सघाउँछौ सघाउदैनौ ?                                                                               - हतुवागढी २, आहाले भोजपुर

Read More

के तपाई ट्याटू को शौखिन हुनुहुन्छ?

एजेन्सी । अमेरिकामा दश मध्ये तीनजनाले ट्याटु हानेकै हुन्छन् भने नेपालमा पनि पछिल्लो समय यसको ट्रेन्ड बढ्दै गइरहेको छ । तर अघिल्लो दशकको तुलनामा ट्याटुप्रतिको धारणा परिवर्तन हुँदै गइरहेपनि अझै काम खोज्नेहरुले अस्वीकृत हुने डरले आफ्नो ट्याटु लुकाउने गरेको पाइन्छ । त्यस्तै ट्याटुले स्वास्थ्य र शरीरमा हानि पुर्याउने सम्बन्धी पनि मानिसहरुमा उत्तिकै चिन्ता रहेको छ । यसरी अनुन्धानमा पनि ट्याटु खोप्नेहरुको स्वास्थ्य नहानेकाहरुको भन्दा फरक हुनेबारे सुरुवाती प्रमाण मात्र फेला पारिएको अध्ययनकर्ताहरुको भनाइ छ । तर ट्याटु खोप्ने बित्तिकै छाला सुन्निनु, रातो हुनु, दुख्नुलाई भने सामान्य अनुभव मानिने अमेरिकन एकेडेमी अफ डर्मेटोलोजी, एएडीले जनाएको छ । यसरी अधिकांश मानिसमा सामान्य

Read More

भोजपुरमा बिप्लव समुहका कार्यकर्ताले पार्टी छाडे

भोजपुर । नेकपा माओबादी विप्लव समूहका दुई कार्यकर्ताले रिहा भएलगत्तै पार्टी परित्याग गरेका छन् । विप्लव समूहमा संलग्न भई विभिन्न गैरकानूनी क्रियाकलापमा लागेको भन्दै भैँसीपङ्खाका दीपचन्द्र राई र रमेश राईलाई प्रहरिले गत चैत्र २३ गते पक्राऊ गरेको थियो। पक्राऊ पछि हिरासतमा रहेका दुबै जनालाई छ हजार रुपैँया धरौटिमा रिहा गरे लगत्तै प्रेस बिज्ञप्ति जारी गर्दै दुबै जनाले पार्टिको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको उल्लेख गरेका छन्। विज्ञप्तिमा विगतका गतिविधिप्रति आत्मसमीक्षा गर्दै अब उप्रान्त विप्लव समूहमा कुनै किसिमको आबद्धता नरहने उल्लेख छ । प्रतिबद्धता विपरीत गतिविधि गरेमा कानूनअनुसारको सजाय भोग्न तयार भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । दुवै जनालाई साधारण तारिखमा रिहा

Read More

प्रदीपको “आफ्नै घरदेश..” (भिडियो सहित)

सानै उमेरमा गाऊँ छोडेर सपनाहरुको शहर काठमाडौ छिरेका प्रदीप लकान्द्रीले परदेशिएपछि मनमा उम्लने गाऊँप्रतिको अगाध माया र स्नेह झल्कने गीत लिएर आएका छन्। हतुवागढी - २ भोजपुर (साविक रानिबास ४ लुङ्गिन) का प्रदीप काठमाडौ बसेर आफ्नो ब्यबशाय संगै संगीत सिकिरहेका छन्। प्रदीपको आफ्नै शब्द संगीत र आवाजमा सेवा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरि सिमिक्लुङ्ग दर्पणको अफिसियल यूट्यूब च्यानलबाट सार्बजानिक "आफ्नै घरदेश..." बोलको गीतलाई गायक तथा संगीतकार कृष्णभक्त राईले संगीत संयोजन गरेका छन। https://youtu.be/b9ExdtkO23Q ...........

Read More

चुपचाप बस्ती निर्माण

पुननिर्माणपछिकाे गाेरखा बारपाक बि. सं. २०७२ साल बैशाख १२ को बिनासकारी भुकम्प पछि तहसनहस भएका देशका विभिन्न बस्ती, भौतिक संरचना तथा महत्वपुर्ण सम्पदाहरुको पुननिर्माणका खातिर विभिन्न राजनैतीक तथा सामाजिक संघ संस्था र ब्यक्तित्वहरुले सहयोग घोषणा गरेका थिए। लामो समय बितिसक्दा पनि घोषणा अनुरुपको काम खासै भएको देखिदैन। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरि पुनर्निर्माणको काम द्रुत गतिमा गर्ने भनेको सरकारले पनि जनताले महसुस गर्न सक्ने काम गर्न सकेको छैन तर गैर आवाशिय नेपाली संघका भुतपुर्व अध्यक्ष शेष घलेको पहलमा भने पुरै एउटा बस्ती निर्माण भएको छ। तत्कालिन भुकम्पको केन्द्रबिन्दुको रुपमा रहेको गोरखाको बारपाकमा ५७३ घर भएको ब्यबस्थित बस्ती निर्माण सम्पन्न गरेका घलेको कामको

Read More

कविता : तिम्रो प्रेमले पुनर्जन्म पाएको कैदी

- आरोही मादेन जीवनको एक कारागारमा कैद भएको - कैदि थिएँ म . . . जन्मकैद . . . अर्थात - मृत्यु कुरि रहेको कैदी । जब तिम्रो आगमन भो जिन्दगीका अँध्यारा गल्लिहरुमा जुनकीरी झैं चम्किला सपनाहरू मेरा समीप आए गुनगुनाउदै मिठा कविताहरु, र फेरि, उसैगरी ब्युँझाइ दिए मेरा रहरहरु जस्तो थिएँ म- कारागार पस्नु अघि जसरी बहकिन्छ सुस्त बतासहरुमा कुनै मीठो फ्लेभरको पर्फ्युम जसरी समुन्द्रको छातिमा बयेली खेल्छ झिसमिसैको भर्जिन घामको किरण हो, त्यसैगरी आयौ तिमी - मेरो जीवनमा प्रेमिल बास्नाहरुको जन्ती लिएर जहाँ म तिम्रो प्रेमको सुगन्धमा नतमस्तक भएँ लागेको थिएन कसैको पर्खाइमा ओइलाइरहेका सुन्दरताहरु फेरि यसरी फक्रीनेछन् तर सौभाग्यबस् . . . आज रंगिन छन् जिन्दगीका कारागारहरु तिम्रो प्रेमले, युगौयुग भईसकेको थियो- हाँस्न बिर्सेका यी ओँठहरुले लाग्थ्यो मानौं, सदियौँ देखि खियाले अठ्याइरहेको छ, आकस्मात पुर्णेको जुन झैं मुस्कुराएँ- तिम्रो प्रेमले.... तिम्रो

Read More

हतुवागढीमा लिफ्टिङ्ग प्रविधिबाट खानेपानी

हतुवागढी/ हतुवागढी गाउपालिका वडा नं १, ५ र ६ का लागि लिफ्टिङ्ग प्रविधि सहित वृहत खानेपानी आयोजना निर्माण शुरु भएको छ ।प्रदेश सरकारको होम्ताङ्ग पिखुवा अरुण लिफ्टिङ्ग खानेपानी आयोजना शीर्षक अन्तर्गत चालु आर्थिक वर्षको एक करोड ५० लाख बजेटमा डिपिआर सर्भे सम्पन्न भई आयोजना निर्माण शुरु भएको हो ।साविक होम्ताङ्ग गाविस तथा रानीबास ९ का गरि एक हजार ५ सय घर परिवारको खानेपानी समस्याको स्थायी समधान गर्ने अपेक्षा गरिएको हतुावगढी गाउँपालिका ६ का वडा अध्यक्ष सागर राईले बताउनु भयो ।समुन्द्र सतहबाट १९७ मिटर देखि २०५ मिटर उच्चाइमा रहेको पिखुवा खोलाको पानी ८ हजार ५ सय मिटर लामो पाइपलाइनबाट १६ सय

Read More

प्रदेश नम्बर एकको सम्पर्क राजधानी धनकुटामा

विराटनगर । प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले भने धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । प्रदेश सरकार मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । संघियता कार्यान्बयन अघि धनकुटा पूर्वाञ्चल विकास क्षेत्रको राजधानी थियो । संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे पछि पहिलोचोटी शेरबहादुर देउवा मन्त्रीपरिषदले केही दिनसम्म धनकुटालाई प्रदेश राजधानि तोकेको भए पनि त्यस लगत्तै बिराटनगरलाई राजधानी घोषणा गरेकोे थियो। त्यस पस्चात धनकुटालाई राजधानी घोषणा गरिनुपर्ने

Read More