कविता : जानु छ भने जाऊ
- बुद्दी सागर लैजाऊ तिमीले र मैले दुई फेरो तानेर तन्काएको इन्द्रेनी, लैजाऊ तिमीले र मैले बतास भरेर आकासमापठाएको बादल, लैजाऊ तिमीले र मैले माया पोतेर टाँगेको आकास, लैजाऊ चोर औला समाएर डोर्याउँदै डोर्याउँदैनानीजस्तो पृथ्वि । लैजाऊ तिम्रो केश फिँजारिएजस्तो सुगन्ध आउने यो बतास, लैजाऊ, तिम्रा चुरा छन्छनाएजस्तो सुस्तसुस्त बज्ने यो संगीत, लैजाऊ तिम्रा आँखा र ओठको प्रसंसामा लेखिएका यी गीतका पंक्तिहरु । म त यतै हुनेछु झरी पर्नेछ, बलेसी हुनेछु हुरी चल्नेछ, सुकेको पात हुनेछु खडेरी पर्नेछ, चिराचिरा खेत हुनेछु डढेलो लाग्नेछ, सालको ठुटो हुनेछु हो म त यतै हुनेछु । मसँग यिनै घोडेटा हुनेछन् गन्ध उही हुनेछ, मसँग यिनै गल्लीहरु हुनेछन् भीड उही हुनेछ, मसँग यिनै मान्छेहरु हुनेछन् आवाज उही हुनेछ । उही आँसु हुनेछन् उही सुस्केराहरु हुनेछन् कहिलेकाही भने खुशीहरु पनि त हुनेछन् । तिमीलाई दिएँ
Read More