प्रदेश नम्बर एकको सम्पर्क राजधानी धनकुटामा
विराटनगर । प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले भने धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । प्रदेश सरकार मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । संघियता कार्यान्बयन अघि धनकुटा पूर्वाञ्चल विकास क्षेत्रको राजधानी थियो । संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे पछि पहिलोचोटी शेरबहादुर देउवा मन्त्रीपरिषदले केही दिनसम्म धनकुटालाई प्रदेश राजधानि तोकेको भए पनि त्यस लगत्तै बिराटनगरलाई राजधानी घोषणा गरेकोे थियो। त्यस पस्चात धनकुटालाई राजधानी घोषणा गरिनुपर्ने
Read More