Home > शंकरहरि खालिङ्ग

जापानमा चिनायो आफ्नो पदाधिकारी तथा कार्यसमितिलाई विनेसामले

विश्व नेपाली साहित्य महासंघको जापान शाखाले पहिलो कार्यक्रम “संस्था परिचय तथा रचना वाचन” संस्थाका अध्यक्ष देवी बहादुर ईङनामको सभापतित्वमा टोकियोको नेवा डाईनिङ हल ओकुबोमा आज सम्पन्न गरेको छ । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य भुवन रोकाले संस्थाको परिचय दिदै यसका उदेश्यहरु साथै अहिले सम्म महासंघले गरेका कार्यहरू बारे जानकारी गराउदै जापान शाखामा रहेका पदाधिकारी तथा कार्य समिति सदस्यहरूको औपचारिक परिचय गराएका थिए । विजय स्याङबो, सयपत्री थुलुङ, आईन्द्र राई “आँकुरा”, सुगम साकुरा, दीप मुस्कान शिवराज राई, विमन किराती, दिलीप राई, गंगा गगन, लगायत करिव डेड दर्जन जति साहित्यकारहरूले आफ्ना कविता, गजल, मुक्तक, हाइकु लगाएतका सिर्जनाहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा एन आर एन ए

Read More

जापानको सरकारी कार्यालयको सहआयोजनामा, पहिलो नेपाली फेस्टिभल हुदै

आगामी महिना जापानको गुन्मा केनको ओइजुमि माचीमा आयोजना हुने “नेपाली फेस्टिबल २०१९, गुन्मा, जापान”लाई भव्य रुपमा सम्पन्न गर्नको लागि आज एक छलफल तथा सुझाब संकलन कार्य सम्पन्न गरिएको छ । जापानको तोचिगी केन, गुन्मा केन र साइतामा केनमा क्रियाशील विभिन्न नेपाली सामाजिक संघसंस्थाहरु, स्थानीय उद्योगी व्यापारी तथा सरोकारवालाहरुको सहभागितामा सम्पन्न छलफलमा फेस्टिभललाई भव्य रुपमा सफल बनाउनका लागि विभिन्न विषयहरुमा छलफल भएको थियो । नेपाली कला संस्कृतिको प्रचार प्रसार गरि नेपालको पर्यटन प्रवर्धन गर्ने तथा नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पराउने उद्देश्यले यस फेस्टिभल आयोजना गर्न लागिएको हो । फेस्टिभला नेपाल, नेपाली भाषा, कला संस्कृतिको बारेमा जानकारी गराउने कार्यक्रम रहेको

Read More

मुन्दुम सम्बन्धि अन्तरक्रिया

किरात दर्शन अनुसार मुन्दुम/मुन्धुम/मुत्दुमको अहिलेको अवस्था र मुन्दुम संस्कृतिको निरन्तरताका लागि आगामी दिनमा गर्नु पर्ने विषयहरुका बारेमा अन्तरक्रिया सम्पन्न भएको छ । किरात मुन्दुम अध्यायन केन्द्रले हिजो शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा किरात राई जाति भित्रका विभिन्न थरगत भाषाहरुमा मुन्दुमि संकृतिलाई बचाइ राख्ने नाक्छोङ्, माङपा, नागिरे, कुवी, मावी, नोक्छो, डोपा, पासिङ्ग, पासोङ्ग, ज्वाम्चो, जानपा, धामी, विजुवा लगायत समुदायको हितका लागि क्रियाशील, संघ-संस्था, प्राज्ञिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । किराती सभ्यता अनुसार उनीहरु प्रकृति पुजक हुन् । र सबै भन्दा ठूलो तिर्थको रुपमा सुप्तुलुङ्ग (तीन चुला) पुज्ने गर्दछन् । यहि साँस्कृतिक तथा धार्मिक कार्यहरु गर्दा आउने समस्याहरु, तिनको समाधानको उपायहरु र

Read More

उभौलिको अवसरमा साकेला शिली

जापान/ यस वर्षको साकेला उभौलीको अवसरमा किरात राई यायोक्खा जापानको कान्तो कार्य समितिले आज शुभकामना आदानप्रदान तथा साकेला शिली कार्यक्रम सम्पन्न गरेको छ । गुन्मा केनको निसिकोइजुमीमा आयोजित कार्यक्रममा जापानको विभिन्न ठाउँबाट राई तथा गैर राई समुदायका नेपालीहरु र जापानीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरुले शुभकामनाको साथै नेपाल र नेपालीहरुको विविधता र सहअस्तित्वलाई राज्यसत्ताले स्वीकार गर्न नसकेको आरोप लगाए । पहिचान विरोधीहरुले संघियतालाई नै धरापमा पारिरहेको तथा आदिवासी जनजातिहरुको भाषा, सँस्कृति र इतिहासलाई अझै समान व्यवहार गर्न नसकेको नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धिबहादुर शेरचनले बताउनु भयो । आदिवासि जनजाति महासंघ किताकान्तो जापानका अध्यक्ष देवी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ

Read More

पर्यटकीय प्रचारको पर्खाइमा हसनपुर

हतुवागढी, भोजपुर। पर्यटन विकासको प्रशस्तै सम्भावना बोकेर पनि भोजपुर जिल्ला हतुवागढी गाउँपालिका वडा नं. ९ हसनपुर अझै प्रचार प्रसारको पर्खाईमा छ । दायाँ दूधकोशी र बायाँ तर्फ अरुण नदी सधै सुसाइरहने हसनपुर गाउँको समृद्धिको आधार यही अरुण र दूधकोशी नदी नै हुने हतुवागढी गाउपालिका वडा नं. ९ का अध्यक्ष हेमराज राई सुनाउनुहुन्छ । गाउपालिका र वडा पालिकाले त्यहि अनुसारको योजना बनाएर अघि बढीरहेको छ । "पछिल्लो समय नेपालको मिडियामा यहाँको जलयातायातले राम्रै चर्चा पाए पनि त्यसलाई अझै सुरक्षित, व्यवस्थित र भर पर्दो रुपमा स्थापित गर्नु आवश्यक छ" उहाले भन्नु भयो । जनसेवा मा. वि. का शिक्षक जयमान राईले पनि त्यही कुरालाई पुष्टि

Read More

जाबो सानो प्रयासले के हुन्छ र ?

काम आफैमा सानो वा ठूलो हुदैन । एउटा सानो झिल्कोबाट शुरुहुने आगोले धेरै कुरा खरानी पार्न पनि सक्छ । एउटा सानो पेच किलाको अभावमा हजारौं टनको जहाज डुब्नपनि सक्छ । तसर्थ कुनैपनि कुरा आफैमा ठूलो वा सानो नहुन सक्छ । फरक पर्छ त केवल त्यसलाई कहाँ र कुन रुपमा प्रयोग गरिन्छ भन्ने कुराले मात्र । यसलाई पुष्टि गर्न सयौं उदाहरण र तत्थ्य पेश गर्न सकिन्छ तर त्याता नलागौं । जव उच्च शिक्षाको लाखौं रङ्गिन सपनाहरु सजाएर नेपालबाट जापान आइयो । गल्ति त्यही नीर भैसकेको रहेछ । मनलाई त जसोतसो टालटुल पारेर सम्झाइ बझाइ गरि दिनहरु वित्दै थिए । जब एक दिन

Read More

सोल्टिनी गीतको भिडियो सार्वजानिक (भिडियो सहित)

गायक कुवेर राई र गायिका सुनिता थेगिमको आवाजमा अदृश्य कलाकेन्द्र खोटाङ्गले आफ्नो दोस्रो प्रस्तुतिको रुपमा सोल्टिनी ... बोलको गीत आफ्नै युट्युव च्यानल मार्फत सार्वजानिक गरेको छ । यस भन्दा अगाडी पनि सुनकोशीको चिसो पानी बोलको गीत बजारमा ल्याइसकेको कलाकेन्द्रको यस गीतका लागि भविन्द्र राईले शब्द लेखेका हुन भने, गीतमा संगित भर्ने काम गायक कुवेर राईले गरेका छन् । किङ्ग रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज राजु कार्कीले गरेका छन् । स्थानीय मौलिक कला, साहित्य र प्रतिभाहरुको संरक्षण, सम्बर्द्धन र विकासमा क्रियाशील अदृष्य कला केन्द्र, हलेसी तुवाचुङ, खोटाङ्गले आगामी दिनहरुमा पनि स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्य भएकाले यस गीतको

Read More

हतुवागढी क्षेत्रमा पर्यटन विकासको पूर्वाधार (फाेटाे फिचर)

ऐतिहासिक क्षेत्र हतुवागढी गाउँपालिका २ पूर्णे डाँडामा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण कार्य शुरु भएको छ । प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको दिमालुङ्ग स्मृति पार्क निर्माण कार्यक्रम अन्तर्गत हतुवागढी गाउपालिका २ को पूर्णे डाँडामा पूर्वाधार निर्माण कार्य थालिएको हो । "पर्यटन प्रवर्धनका लागि पूर्वाधार विकास" शीर्षकमा प्रदेश सरकारको चालु आर्थिक वर्ष रु. ४० लाख बजेटमा दिमालुङ्ग स्मृति पार्क निर्माण हुन लागेको हो । "हतुवागढी दिमालुङ्ग पर्यटन पूर्वाधार विकास संस्था" र प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय धनकुटाका बीच आयोजना सम्झौता सम्पन्न भई निर्माण कार्य थालिएको संस्थाका अध्यक्ष जीवन खाहोङ

Read More

जापानमा साकेला पर्व मनाइँदै

जापान/ साकेला उभौलीको अबसरमा किरात राई यायोक्खा जापानले साकेला शिली कार्यक्रमको आयोजना गर्ने भएको छ । किरात राई यायोक्खाको आज बसेको वैठकले आगामी मे ४ तारिकका दिन (वैशाख २१)मा जापानको गुन्बा केन, सिनकोइजुमी आरागुन ओइजुमी माची सिरौनउची योसिदा २४६४ मा दिनको १० बजेबाट ५ बजे सम्म साकेला शिली कार्यक्रमको आयोजना गर्न लागेको हो । आफ्नो मौलिक साँस्कृतिक परम्पराको संरक्षण, सम्बर्धन र प्रचारप्रसार गर्ने तथा परदेशमा नेपालीहरुका बीच भाइचारको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले साकेला शिली कार्यक्रमको आयोजना गर्न लागेको महासचिव तथा कार्यक्रम संयाेजक शिवराज राईले जानकारी दिनु भयो । वैठकमा उसस्थित सबैलाई धन्दवाद प्रदान गर्दै आगामी कार्यक्रमलाई भव्यताका साथ सम्पन्न

Read More

कविता – सपना

                        -शंकरहरी खालिङ्गसपनाहरु पनि पारा पाराकाछिरीविरी रङ्गिन पुतलीहरु जस्तैरङ्गि विरङ्गिपर–पर सम्म उडिहिड्ने त्यस्तै म पनि कसैको सपनाआज सपनाको पहाड बोकेरसपनाकै पहाड चढ्दैछु । थाहा छैन,आज म सपनाको त्यो शिखर चुम्न सक्छु कि सक्दिन ?त्यसैले आज मलाई मेरै सपनाले सोच्न बाध्य बनायो ।र सोचे, मेरो सपना पनि सपना जस्तै रहेछ ।त्यही सपना फुलाउने बहानामाम आफैलाई कैदी बनाएरसपनाको तिम्रो देश आएको छु ।ए साँच्चै भन त प्रिया !तिमी जस्तै मेरो सपनालेआज फुल्ने सौभाग्य पाउछ कि पाउदैन ? २७, अक्टोबर, ०१७हतुवागढी, घोरेटार, भोजपुर,हाल : जापान

Read More