कोरोनाको लक्षण नदेखिएको मानिसबाट समेत अन्यमा सर्ने तथ्य सार्वजनिक : कोरियामा मृत्यू हुनेको संख्या पाँच पुग्यो।
एजेन्सी, ११ फागुन । कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएकी एक महिलाद्वारा पाँच आफन्त संक्रमित भएका छन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोएटर्सका अनुसार कोरोनाको इपिसेन्टर वुहानबाट ४०० माइल यात्रा गरेर उत्तरी एन्याङ प्रान्त पुगेकी २० वर्षीय ती चिनियाँ महिलामा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन । तर, उनको माध्यमबाट फैलिएको कोरोनाबाट पाँचजना आफन्त संक्रमित बनेको बताईएको छ। कुनै पनि लक्षण नदेखिएर पनि कोरोनाको संक्रमण फैलिन सक्ने नयाँ तथ्य शुक्रबार चिनियाँ वैज्ञानिकहरुले पेस गरेका छन् । जेङ पिपुल्स अस्पतालका डा. मियुन वाङका अनुसार जनवरी १० मा ती महिला वुहानबाट एन्याङ गएकी थिइन् र थुप्रै आफन्तहरुलाई भेटेकी थिइन् । जब उनीहरु बिरामी हुँदै
Read More