प्रज्ञा–प्रतिष्ठानले सय वर्ष अगाडिका युद्धबन्दी गोर्खाली सैनिकका लोकगाथाहरू प्रकाशन गर्ने
काठमाडौँ, २२ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘युद्धबन्दी गोर्खाली सैनिकका लोकगाथाहरू’ प्रकाशित गर्ने भएको छ । आजभन्दा एक सय वर्ष अगाडि प्रथम विश्वयुद्धमा जर्मनीमा युद्धबन्दी बनाइएका गोर्खाली सैनिकहरूका आवाजमा रेकर्ड गरिएका लोकसामग्रीहरूको खोज–अन्वेषण गरी प्रज्ञा–प्रतिष्ठानले उक्त लोकगाथा प्रकाशन गर्न लागेको हो । अस्ट्रियाको भियाना विश्वविद्यालयकी प्राध्यापक डा. अलका आत्रेय चूडालद्वारा सङ्कलित तथा सम्पादित ती दुर्लभ लोकगाथाहरू आफ्नो विभागको संयोजनमा प्रकाशनमा ल्याउन लागिएको प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले जानकारी गराउनुभयो । नेपालले भन्नुभयो– “आजभन्दा एक सय वर्ष अगाडि अर्थात् सन् १९१४ देखि १९१८ का बिचमा जर्मनीको बर्लिनदेखि ४० किमी टाढा रहेको बुनस्फोट सहरको हाल्बमोन्डलागर नामक क्याम्पमा
Read More