Home > कथा

कथा – बुबाको नागरिकता

हरि सुवेदी मैलो प्लाष्टिकको खोलले ढाकिएको छेउपट्टि ढाका टोपीमा सजिएका युवकको तस्विर जडिएको अति मुल्यवान कागज अरु केही नभएर मेरो बुबाको नागरिकता थियो ।नाम खुमानन्द उपाध्याय ।                  मोटर गाडीको  अन्तिम सिटमा यात्रु कोचेजसरी   अटसमटस गरेर राखीएका दुईवटा खाट‚ दायाँ पट्टिको खाटमा पुरानो सारी जस्तै देखिने कपडाले बनाइएको डसना‚ डसना माथिको  गुन्द्रुक जस्तै गुटुमुटु परेको तन्ना‚ त्यसमाथिको  झन्डै झन्डै भुइँ झर्नै आँटिसकेको सिरक अनि खुद्रापसल जस्तै देखिने बायाँपट्टिको खाट‚ जहाँ पढ्ने किताव‚ लगाउने पोशाक‚ बोक्ने झोला देखि लिएर  प्रयोगमा आइसकेका अनी आगौ साल प्रयोगमा आउन सक्ने सामानहरु  छरपष्ट फिँजाइएको छ । साँगुरो कोठा‚

Read More

ह्याप्पी न्यू इअर

-दिलिप बान्तावा “डियर लेखक, म तिमिसंग कहिल्यै नभेटिन चाहन्छु। तिमिसंग टाढिरहन चाहन्छु।” उनको म्यासेजले यस्तै अर्थ दिएको भान भयो। नयाँ बर्षको पहिलो दिनको अन्तिम प्रहरतिर ईमेलको ईन्बक्समा हुत्तिँदै आएको उनको सन्देशको अर्थ थियो यो। डिसेम्बर अन्तिम भए पनि “साउथ चाईना सि” आसपासका देशहरुमा हपहपी उत्तिकै छ। सिंगापुर, मलेशिया, हङ्कङ्ग, ईन्डोनेशिया, बैंकक, मकाऊ लगायतका समुन्द्री किनारमा घाम ताप्नेहरुको ताँती बार्‍हैमास उस्तै। बर्षको उत्तरार्द्धमा लागेको पारिलो घामको तेज महसूस गर्दै समुन्द्री तटको एउटा “हट” मा थिएँ। सानो ल्याप्टपले औँलाहरुको कसरतलाई निरन्तरता दिईरहेको थियो बेलाबेला। अर्थात उन्मुक्त समाज र त्यो समाजको मानिसहरुको जिन्दगिका बारे आफ्नो नयाँ कथाका लागि प्लट बनाउँदैथिएँ। मान्छेहरुको ओहोर दोहोरसंगै छालहरुको चञ्चलतालाई नजिकबाट नियाल्ने

Read More

कथा : रहस्य

बिनीता छेत्री मई महिनाको मध्यदिन अनि सिलगढीको गर्मी! उफ्फ, सहि नसक्नु! मनमनै सोच्दै दार्जिलिङबाट भर्खरै सिलगढी पुगेको सन्दिप फटाफट प्यासेन्जर झारेर नजिकैको एउटा होटलमा पस्छ। "लु गुरुजी के खान्छस,भन्। आज त फाक्सा लाङ्सा दुवै छ।" - होटलको मालिक र उसको साथी महेन्द्रले भन्छ। "अहिले खान्नँ। भर्खर रोहिणीमा मोमो खाएर झरेको। नुहाएर एक निन्द्रा सुत्छु। अहिले हिँड्ने बेलामा खान्छु। राखिदे।" - सिँडीबाट तलामाथि चढदै भन्यो उसले । "ला ई, चाबी नलगी कहाँ गाको?" - महेन्द्रले फुत्त फालिदिएको चाबी दुवै हातले च्याप पक्रियो उसले। सन्दिप र महेन्द्रको भेट पहिलोचोटि बेङ्लोरमा भएको थियो। दुवै एकै रेस्टुरेन्टमा तीन बर्ष वेटर काम गरेपछि अलिअलि कमाएको पैसाले घर फर्केर केही गर्ने सल्लाहअनुसार

Read More

कथा : परदेशमा दुखेको देश

-दिलिप बान्तावा मध्य जुलाई भए पनि रातभरको वर्षाको कारण बिहान अलि चिसो महसुस भइरहेको थियो। छ बजे ट्रेन आइपुग्ने बुसान स्टेसनमा म १० मिनेट समय बाँकी रहँदै पुगेको थिएँ। स्टेसनको वेटिङ्ग हटमा चुरोटको तल्तल लागे नि ‘स्मोकिङ्ग जोन’ नदेखेर चुरोट सल्काउन आँट आएन र कफी मै चुरोटको तिर्सना मेट्दै थिएँ। एकैछिनमा गहुँगोरो वर्णको एक युवा सानो लगेज गुडाउँदै आएर नजिकै बस्यो। दुवै कानमा ठुसिएका इयरफोनको तार घाँटी हुँदै ज्याकेटभित्र लुकेको थियो। ठीक छ बजेको घोषणासँगै इन्चोन जाने केटिएक्स आइपुग्यो। एकाबिहानै भएकोले खास मान्छेहरुको चहलपहल थिएन, अलि कम मान्छे भएको ढोका छानेर छिरेँ, मेरो पछिपछि उही गहुँगोरो युवा पनि आइपुग्यो। एउटै लहरको सिटमा बस्यो उ

Read More