रिता राई र जितेन राईको स्वरमा “मैयुङ्ग ट्याम्केको” सार्वजनिक
काठमाडौ, २२ कार्तिक। भोईस अफ नेपालको दोस्रो संस्करणमा लोकप्रीय प्रतिस्पर्धिको रुपमा चिनिएकी रिता राई र युवा गायक जितेन राईको युगल स्वरमा भोजपुर जिल्लाका विभिन्न स्थानहरुको महत्व झल्कने लोकगित हालै सार्वजनिक गरिएको छ। यो गितमा पुर्बेली लोक गीति लेखनमा लोकप्रिय गितकार बिमल खेवाछालिको शब्द रचना तथा संगितकर्मी मनोज साङ्सोनको संगित र संगित संयोजन रहेको छ। राजु कार्किको ध्वनी मिश्रण तथा सम्पादन रहेको मैयुङ्ग ट्याम्केको...... बोल रहेको गितलाई स्टुडियो किङ्गमा सुरेश राईले रेकर्ड गर्नुभएको हो भने जस्केलो कृयशनको ग्राफिक्स/भिडियो सम्पादनमा स्टुडियो किङ्ग कै युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो। https://youtu.be/0iqqeOxOcWA
Read More