Home > कविता

कविता : जून रोएको देश

✍️रोशन हतुवाली राई खुल्ला आकाश! आफ्नै देशको चौरबाट टुक्रा-टुक्रामा चराको गीत बनेर मौनधारण गरिरहेछन् पहाडहरु, हिमालसँगै टाँसिएका हिउँका कणहरु भूँइचालो नआई हामफालिरहेछन् एेँसेलुको झ्याङ्गबाट, हजुरबा र शान्ति एकै चोटि निलो आकाशमा उभिएर जुन जस्तै आत्महत्याको सपना बुनिरहेछन् इन्द्रेणीसँगै, एक सन्तान देशको सम्झना बोकेर तिम्रो प्रश्नमा मेरो प्रश्न अपुग ठानिरहेछन् । विचरा ठूले ! खोल्साबाट बाढी नआई नदी मात्तिएकोले अलिक तलबाट बग्नेछ यद्यपि, सेलोको भाकामा झरना एका बिहानै जीवनको रङ्ग उकाली-ओरालीमा कुम्लो बोकेर सोधिरहेछन् आमा ! म तिम्रो सन्तान हो कि होइन ? जून रोएको रातपछि आमाको पछ्यौरी घुम्टो ओढेर धुलै - धुलोमा पाइला टेकेपछि बगिरहेछन् पोहोर साल देखेर आमा र देश छेउमै बसेर आगो र पानी हुन सकेनन् - खोइ कुरा कसरी गरुँ म ? जून रोएको देशमा । बिन्ती छ आमा ! किन काँगडा र टिस्टा एक

Read More

कविता : आत्माको खडेरी

✍️स्व . रामजीत तुफान राई आशाको ज्योति अँधेरीसँगै, विलिन भएछ त्यो आत्माभित्र ननिभ्ने गरि, डढेलो गएछ खरानी भई जलेर गए, ती सारा सपना सपना जस्तै लाग्दछ किन, यो मेरो विपना । त्यो आत्मा दु:खे आँसुको झरी, झर्दछ झर्झरी कहिल्यै पनि जाँदैन दु:ख, रूँदामा धर्धरी इच्छाको मुना नहुर्की ढले, भाग्यको खेलले बगायो आज ती सारा जीवन, दु:खको भेलले । फाटेको आत्मा फुटेको सिसा, जोडेर जोडिन्न भाग्यको रेखा कहिल्यै पनि, तोडेर तोडिन्न सहारा दिने भएन मेरो, जीवनको यात्रामा चोटको आगो बल्झिन्छ सधैं, मेरा यी यात्रामा । यो जीवन मेरो भएछ आज, आकार विनाको जीवनमा मैले सपना देखे, साकार विनाको ती चोटै चोटले भरेछ मेरो, मनको मझेरी जीवन अन्त्य बनाई दिन्छ, आत्माको खडेरी । हतुवागढी-६,भोजपुर (आत्माको खडेरी कविता संग्रहबाट)

Read More

कविता : समृद्ध नेपाल: मेरो सपना

अनिल पौडेल `किर्ते´ व्रह्माजीले काँधमा बोकेर हिँडेको सगरमाथा यस्तो ठाउँमा राखिदिनुभयो जसले मुस्कुराउन यहाँका प्रत्येक ओठबाट सिकेको छ । राता गुराँसको घुम्टो ओढेका पहाडहरू पँहेलो पटुकी बेरेको तराई लजाइलजाई मुस्कुराइरहेछन् । हो, हामी ती हिमालमा हाँस्ने गर्छौँ त्यो तराइमा नाच्न सिकाउँछौँ मातृभूमिको माया गर्दै यो संसारलाई बाँच्न सिकाउँछौँ तराइको सुन टिपी हामी हिमाल टल्काउँछौँ हिमालको अमृत लगि तराइमा बाला झुलाउँछौँ अनि, विश्व शान्तिको फूल हरेक मनमा फूलाउँछौँ त्यस्तो देश हो मेरो जहाँ, एकताको सुत्रले दुनियाँलाई रिझाउनु छ अरूणको पानी तानेर प्यासी पाखा भिजाउनु छ कुटो समाउनु छ, कोदाली समाउनु छ अमृतले सिँचेको यो माटोमा मोतीका दाना फलाउनु छ । गल्न लागेका बुबाआमा अनि ढल्न लागेको घरका सपना पूरा गर्न युवा पराई भूमिमा धाउँछ भक्कानिन्छन् नेपाल आमा किनकि सुन्दर छोराको सग्लो शरिर अकाश्मात बाकसमा आउँछ हो

Read More

कविता : किराँती फूलहरू

- ️रोशन हतुवाली राई अचेल आफ्नै सानो घरको छतबाट मुर्चुङ्गा र बिनायोका धूनसँगै हत्केलामा जीवन-मृत्युको दोसाँध बोकेर घरै छेउबाट यात्री निस्केको छ भर्खरै खोइ के छ कुन्नि हेन्खामामा त्यस्तो त्यसैले तिमीलाई सोधिरहेछु भूमिपुत्र हो - किन मैले प्रशनहरुको उत्तर पाइरहेको छैन ? पहेंलिएर पात खसेको फूल भएको छु । अचेल के भइरहेछ ? किराँती फूलहरू हो - विचार गर कथाका पन्नाबाट इतिहासका पृष्ठबाट जीवनका आदिम लयबाट अस्तित्वका कालखण्डबाट पहिचानका दस्तावेजबाट श्रद्धाका फूलहरू मुनितिर पारेर मैले अग्लिन खोजेको पनि होइन बस् मैना राजा-मैना रानीको इतिहास कहाँनेर छ ? भन भूमिपुत्र हो - के हेरिरहेछौ के जपिरहेछौ कसरी अल्झिरहेछौ श्रद्धाका फूलहरूमा किरात देखिन मैले हर साँझ-बिहान गाउँदेखि नगरसम्म भन ! हेन्खामा भूमिपुत्रहरुको इतिहास कहाँ लुकेको छ

Read More

कविता : कामरेड !

झमक घिमिरे ********** ओ कामरेड ! हाम्रा इतिहासमा वर्जित रगतका भलहरू बगाएर त्यति नै अग्ला लाशका पहाडहरू ठड्याएर तिमी जन्मेकी थियौ, तिमी जन्मेपछि हाम्रा बुढा आँखाहरूमा उज्यालाका सपनाहरू नाच्न थालेका थिए तिम्रा कलिला हत्केलाले स्पर्श गर्दा असिम आनन्दको अनुभूति हुन्थ्यो मनहरूलाई, हामीले आस्थाको पहाड उभ्यायौं तिमीसँग स्वर्णिम भबिष्य देख्यौं तिमीमा समताको बीज रोप्यौं तिम्रो मनमा अनायास् तिमीले यी स्नेहहरूलाई भत्काएर हाम्रा आस्थाहरूलाई ढालेर नोटले डुङ्ग गन्हाएको फोहोरी भेल हाम्रा पवित्र श्रावणीमा मिसियौ तिमी त्यहीँसँगै बग्ने छौ ए! श्रावणी बगाइदेऊ यी फोहोर जम्मै, ओ कामरेड ! हिजो तिमीले जनताको नाममा खाएको शपथपत्र आज थोत्रीएर मुसाले बच्चाहरू पारेका छन् त्यसका केही अंशहरू रछ्यानमा सलबलाउँदै छन् र, उठाउँने छन् देवल धमिराले तिम्रै अगाडि नष्ट पार्नेछन् ! ओ कामरेड ! हिजोको आलो रगतसँग आज उम्रीएका छन् रक्तवीजहरू तिमीलाई सलक्कै निल्नेछन् तिम्रा स्वार्थका रुमानी सपनाहरू खोक्रा त्यागहरू नोटका

Read More

कविता : पठाईदे

हेमन्त गिरि बाबा भन्नुहुन्छ काँध पाट्टियो केटा, पैसा पठाइदे ! सङ्गिनी भन्छिन् अब घर बनाएर छुट्टै बस्नुपर्छ, जे पठाउने हो, छुट्टै पठाइस्योस् ! भाइ भन्छ अत्ति भो दाइ, संसार खिच्छु, क्यामेरा पठाइदे ! बैनी भन्छे लाजको मर्नु भो दादा, मेख मार्ने मोबाइल पठाइदिनुस् ! कहिलेकाहीँ दिदीले सुनाउनुहुन्छ भिनाजुको नाडीमा राम्रो घडी छैन, जोरीपारीमा इज्जतै जोगिन्न ! दाइले सिधै भन्नुहुन्न बिज्नेस गर्न लगानी पुगेको छैन, यो शिर आजसम्म अन्त झुकेको छैन ! भाउजू झन् आस नै गर्नुहुन्न, हामीलाई त के नै पो पठाउँथे ! ठूलाबडा देवरले ! साथीहरू भन्छन् के पठाउलास् र तँजस्तो चुइँयाले, अरु छोड्, दुईचारवटा कालो बोतल पठाइदे ! सरकार भन्छ एक्लै भइस् भने बरु, अरू साथी पठाइदिन्छु, खुरुखुरु रेमिटेन्स पठाइदे ! महत्वाकाङ्क्षीहरू भन्छन् हामी माथि पुग्ने सिँढी बनिदे, अलिकति समाजसेवा पठाइदे ! आमा मात्र एउटी छन्, जो मक्किएको

Read More

कविता : कलधारामा पानी आयो !!

विप्लव ढकाल मध्यरातमा अनौठो हाहाकार सुनिन्छ सहरमा ! . ए जोगिन्दर ! ए मिस्रीमाया ! ए लोप्साङ ! ए धौलेका बाउ ! सपनाहरूलाई ओछ्यानमै छाडेर ब्यूँझ अब यो कालनदीको निद्राबाट ! बोक बाल्टिनहरू, गाग्रीहरू, जर्किनहरू ! प्लास्टिकका बाटा, बोतल र गिलासहरू ! जीवनका सबै रित्ता भाँडाहरू बोक र चाँडो निस्क बाहिर ! आज यत्तिका दिनपछि तिम्रो सहरले आफ्नै सक्कली लोकगीत गायो— कलधारामा पानी आयो ! . इतिहासका चिसा आँसुले भिजेका फोहोर लुगाहरू बाहिर निकाल ! श्रमको अमिलो गन्ध आउने भोटो र कछाडहरू बाहिर निकाल ! श्रीमतीका सुत्केरी थाङ्नाहरू निकाल ! विचारझैँ गनाइरहेका मोजाहरू निकाल ! घरबेटीको आँगनमा काकाकुलझैँ रुन थालिसके पानीका मोटरहरू ! आज यत्तिका दिनपछि तिम्रो सहरले अधूरो क्रान्तिको हथौडी पायो— कलधारामा पानी आयो ! . ए सगरका श्रापित सन्तानहरू,

Read More

कविता : मरेको मानिस

-बुद्धिसागर मरेको मानिसले पछाडी फर्केर – आँसुले टिपलपिल भएका आफन्तका आँखाहरु हेर्छ कि हेर्देन ? मरेको मानिस हिँड्छ कति कोस, कति जुनी ? कुन नदीको किनारमा नुहाउँछ चिसो पानीले, र धुन्छ- गालाभरि बसेका आँसुका धमिला धर्साहरु, मरेको मानिस रुन्छ कि रुदैन ? के – के लैजान्छ मरेको मानिसले आफ्नो झोलामा– जीवनकालभरि सबैबाट जोगाएका स्मृतीहरु ? पहिलोपल्ट लेखेको प्रेमपत्र ? पहिलोपल्ट हिडेको पाइला ? प्रिय किताव ? परिवारको सामुहिक तस्विर ? पहिलोपल्ट सन्तानले बोलेको आफ्नो नाम ? कि जान्छ – सबै छाडेर बिर्सिएर सवथोक, आत्मबाट मेटाएर जीवनले कोरेका चित्र र अक्षरहरु । मरेको मानिसले आकाशगंगाको डिलमा उभिएर मुटुबाट सम्बन्धका ध्वजाहरु फुकाउँछ कि फुकाउँदैन ? अन्तिमपल्ट धर्तितिर फर्किएर, एकजुनी जीवनमा आफूसँग गाँसिएका सबै – सबैलाई सम्झिएर मुस्कुराउँछ कि मुस्कुराउँदैन ? मरेको मानिसको गोजीमा फर्किएर आउने ठेगाना हुन्छ कि हुँदैन ? बुद्धिसागरका कविता बाट

Read More

कविता : गुमनाम ताराहरु

राजु स्याङ्तान आज बिहानै फोन गरेर आदिकवि जुठबहादुर दमैले भन्यो कति सिउनु–आँशुको धागोले अर्काको मुलुक अब सिउछु–उध्रेको आफ्नै देशको नक्सा अनि पुरा गर्छु कहिल्यै नसकिएको अभावको महाख्यान साथी ! घर फर्कने टिकट पठाइदेउ न .. गोलघरमा भेटिएको महाकवि आइतेसिंह तामाङले भन्यो च्याङ्बा ! सैलुङ र माभारको डाँडैडाँडा रोप्नु थियो लुङ्दारका बिरुवाहरु अनि लेख्नु थियो स्वतन्त्रताको एउटा महाकाव्य अब त मर्छु पो होला यही झ्यालखानामा सत्ते गाइमारी खाको हैन गाई मार्‍यो (मर्‍यो) खायो .. तोक्माको चुच्चोले तमोर नदीको किनारमा कविता लेखिहिड्ने कविशिरोमणी बीरबहादुर लिम्बु अचानक गएछ उँट चराउन उसले भनेको थियो लुङ्गा ! अरुणपारीको डाँडापाखामा रोप्नुछ सुनाखरीका बिरुवाहरु मुस्कुराएपछि सुनाखरी त्यही फूलकाे पत्रमा लेखेर पुरा गर्नुछ अधुरो राष्ट्रियगान ... सप्तरंगी झन्डा बोकी आउनेलाई पिठ्यूँमा बोकी नदी तारिदिने स्वरसम्राट पदमबहादुर माझीको त्यही झन्डा बोक्नेले काटिदिएछ जिब्रो उसले भनेको थियो एकदिन सगरमाथाको टुप्पोमा गई सुनाउछु सबै सबैलाई आजादीको नयाँ गीत .. कर्नाली पारीको छाउपडि गोठबाट बेपत्ता भएकी स्वरसाम्राज्ञी

Read More

कविता : सम्बन्ध

-अर्जुन राई जुन दिन तिम्रा आँखाहरु स्तव्ध थिए दृश्य स्पष्ट थिएन कहाँ जाने, के गर्ने ? अनिर्णयको साङलोमा जकडिएका थियौ, तिम्रा गोडाहरु लर्खराइरहेका थिए। आफ्नो शरिर थाम्ने ताकत सम्म थिएन चारैतिरको प्रहार थेग्न कुनै सामर्थ्य थिएन तिमिमा। त्यसबखत! तिमि माथि प्रहार गर्नेका विरुद्ध प्रतिकार गरेँ र तिम्रो रक्षा गरेँ आखिरि युद्धमा जीत भो तर मेरो होइन तिम्रो नाममा! जीत पछि तिमि विजेता, नायक बन्यौ र म एउटा सिपाही जसको युद्ध पछि रिटायर्ड हुन्छ र म त्यस्तै भएँ । हतुवागढी, सिन्द्राङ्ग

Read More