Home > खेलकुद

१३ औँ दक्षिण एशियाली खेलकुदको ब्याड्मिन्टनमा भोजपुरका चार खेलाडी छनौट

भोजपुर, १७ असोज भोजपुरका व्याडमिण्टन खेलाडी सिता राई, विकास श्रेष्ठ रत्नजित तामाङ्ग र नङ्सलदेवी तामाङ्ग दक्षिण एशियाली खेलकुद (साग) को लागि छनौट भएका छन् । बुधवार सम्पन्न अन्तीम छनौटवाट उनिहरुले १३ औं साग खेल्ने पक्का भएको हो । गत बुधवार सम्पन्न छनौटमा राईले प्रतिष्पर्धि १० जना मध्ये आफु भन्दा माथिल्लो र्‍याङ्कमा रहेका ७ जनालाई पराजित गर्दै सागका लागि छनौट हुन सफल भएकी हुन् । श्रेष्ठ भने राष्टिय प्रतियोगिताको आधारमा यस अघि नै छनौट भईसकेका थिए भने तामाङ्गद्धयले नेपाली सेनाको बिभागिय टोलि त्रिभुवन आर्मी क्लवको तर्फबाट छनौट चरण पार गरेका हुन्। त्यसैगरि पुरुषतर्फ श्रेष्ठ र तामाङ्ग संगै दीपेश धामी, प्रिन्स

Read More

मिरा राई बहुउद्देश्यिय रंगशालाको DPR सकियो। (फोटो फिचर)

पौवादुङमा, ४ साउन। पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रेमा विश्व अल्ट्रा म्याराथुन बिजेता मिरा राईको सम्मानमा निर्माण भइरहेको ‘मिरा राई रंगशाला’ को बिस्तृत परियोजना प्रतिबेदन (डीपीआर) हिँजो एक कार्यक्रमका विच प्रस्तुत गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउन सकिने गरि निर्माण भइरहेको बहुउद्धेश्यिय रंगशालाको ५६ करोडको डीपीआर तयार भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो। फिफाको मापडण्ड अनुसार निर्माण भइरहेको रंगशाला निर्माणमा गाउँपालिका र प्रदेश १ सरकारको तर्फबाट गरि कुल दुई करोड रुपैँया खर्च भईसकेको अध्यक्ष राईको भनाई छ । मैदान अहिले सामान्य रुपमा खेल खेल सकिने गरि निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।

Read More

मुख्यमन्त्री कप फूटबलको उपाधी झापालाई

धरान, २ साउन । मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको उपाधि झापाको सैनिक युथ क्लबले हात पारेकोछ । धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा मंगलबार सम्पन्न फाइनल खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई २–१ गोलअन्तरले हराउँदै झापाले उपाधि जितेको हो । झापाले मध्यान्तर अघिको खेल शुरु भएको पहिलो मिनेटमै अग्रता लिएको थियो । झापाको लागि रेजिन माझीले गोल गरेका थिए । तर, मध्यान्तरको ५२ औं मिनेटमा सौरभ कार्कीको कर्नर प्रहार क्लियर हुन नसक्दा हुलमुलमा बेलबारिका तर्फबाट गोल भएपछि खेल बराबरीमा पुगेको थियो । तर, मध्यान्तर पछिको ८७ औं मिनेटमा विकेस सुब्बाले निर्णायक गोल गर्दै झापालाई प्रदेश लिगको च्याम्पियन बनाए । जितसँगै झापाले नगद

Read More