Home > गजल

गजल

राज हाङ्खिम अभागी मान्छेको, निधार यस्तै हुनेरहेछ परदेशमा न दसैं न, तिहार यस्तै हुनेरहेछ यतिखेर मेरो परिवारमा के गर्दैछन् कुन्नी यहाँ आउने सबको, बिचार यस्तै हुनेरहेछ घरबाट टाढियौँ यहिँ पैसा कै लागि बाँचुन्जेल मजदुर सबको, व्यापार यस्तै हुनेरहेछ जबसम्म मालिक र माकुरो हुन्छ संसारमा भुराको मात्र सधै, सिकार यस्तै हुनेरहेछ अर्को साल सम्झेर रमाइलो गरौँला साथी मादलसँगै बजाउ, गितार यस्तै हुनेरहेछ हतुवागढी - ६, भोजपुर

Read More

गजल

रोशन `हतुवाली´ राई तिम्रा लागि सुरुवातमा, सुन कै हारमा थिएँ भो परिचय नसोध तिमी, म दोधारमा थिएँ । जिन्दगीले यतिसम्म प्रहार गर्‍यो मलाई हिजो साधुलाई पूजा गर्ने, बजारमा थिएँ । कसो सम्झाऊँ तिमीलाई आगन्तुक बनेर धेरथोर बोल्नेहरूको, शनिबारमा थिएँ । न त माया दियौ, न त साथ दियौ तिमीले अनि त म पिउनेहरूको, दरबारमा थिएँ । तिमीबाट टाढिएको हुँदै होइन प्रीय धर्ती-आकाश साक्षी छन्, म हतारमा थिएँ । हतुवागढी - ५, भोजपुर

Read More

गजल

-राज हाङ्खिम मेरा लागि गाउँ भन्दा ठूलो, शहर हुँदै हुदैन। किनकि यहाँ भरियाहरुको, कदर हुँदै हुदैन। बाले धेरै नपढाउनुको कारण थाहा भयो बुढेसकालमा आश्रम जाने, रहर हुँदै हुदैन। पिडा जति दिन्छौ देउ प्रभु घुम्ने पृथ्वीमा ठक्कर नखाई किनारको, बगर हुँदै हुदैन। दुश्मनले हानेको लाठी पनि काम लाग्छ जिन्दगीमा सधै मैदानको, सफर हुँदै हुदैन। मिडिया ब्यापार हो भन्ने प्रमाण छ मसँग पत्रीकामा केवल गरीबको, खबर हुँदै हुदैन। हतुवागढी - ६,भोजपुर

Read More

गजल

-भिम बिराग कोपिला गुलाब, तिम्रा यी आँखाहरु प्रश्न र जवाफ, तिम्रा यी आँखाहरु। देखे कसैले न देख्ने छन् कहिले यस्तो छ लाजवाब, तिम्रा यी आँखाहरु। साह्रै साँघुरो भयो मानिसको मन, खुल्ला खुल्ला किताब, तिम्रा यी आँखाहरु। गहिरो सागरको पनि छ हिसाब गहिराई बेहिसाब, तिम्रा यी आँखाहरु। घाइते छ रे यहाँ सिंगो शहर नै खञ्जर हुन कि सराब, तिम्रा यी आँखाहरु?

Read More

गजल

-आर कतै जम्काभेट हुँदा, तिमी बाटो मोड्नु प्रिय सम्झनाका तरेलिलाइ, आखैबाट छोड्न प्रिय प्रत्येक पलको झझल्कोछ यी नयनमा नाचिरहने नपत्याए तिम्रो आफ्नै, आत्मालाइ सोध्नु प्रीय ती दिनहरू यादगरी अझै पनि बिझ्छ छाती झुक्किएर सम्झ्यौ भने, कलेजी निचोड्नु प्रीय हृदयका राजा तिमी अझै पनि राजै गर्छौ म त धरतिकी धुलो उर्वशी, रानी रोज्नु प्रीय आत्मा शान्ति मिल्छ भने मनको इच्छा पुर्ण गरेस नभरिने लालसा लाई, भरिने बस्तु खोज्नु प्रीय ईटहरी - ४, सुनसरी

Read More

~~~~गजल~~~~

दिन्छु भन्दै तिम्रो यौवन, प्रेमीहरु डाकेउ धेरै भन्यौ मलाई बैंस दिन्छु, बाचाहरु भाकेउ धेरै पोखिएको बैंस तिम्रो जतन गरी दिलमा राखें रुपको खेलमा मात्तिएर अन्तै तिर ताकेउ धेरै प्रेमको चंगा आकाशमा जताततै छाडा छोड्यौ धागो छिनाई उही चंगाले गल्तिहरु ढाकेउ धेरै आलो काँचो प्रिती लायौ खेल्दै चोखो मनसँग धोखा समेत दिन सिक्यौ पिरतीमा पाकेउ धेरै रमाउँदै पछि लाग्यौ झुठो प्रेमको रंग रौसमा घातसंग आँशु पायौ आखिर तिमी थाकेउ धेरै// संखुवासभा हाल वेलायत

Read More

गजल

गोँधुलिमा तिमि सङ्गै, रमाएर गल्ती भो एक अर्का विच हात, समाएर गल्ती भो माया होकि के हो जाँच्न कसि हुन्न रैछ तिमिलाई यो ज्यानै, थमाएर गल्ती भो साँझ पख गोँधुलिमा आउथ्यौ सामु मेरो ब्यर्थै त्यो दिलमा डेरा, जमाएर गल्ती भो स्वार्थी रै'छ संसार आखिर देखाई हाल्यौ बैँशको धुपमा सुहागरात, मनाएर गल्ती भो हतुवागढी, भोजपुर

Read More

गजल

राज हाङ्खिम झुपडीमा भगवान देखेर, आनन्द लाग्छ। मेरो यस्तै खप्पर लेखेर, आनन्द लाग्छ। बर जस्तो अग्लो नभए नि, पछुतो लाग्दैन बारीमा फलेको फर्सी हेरेर, आनन्द लाग्छ। जिन्दगीको यात्रामा सयौंचोटि लडे पनि एक पटक शिखर टेकेर, आनन्द लाग्छ। महलमा बस्न नपाएरै भाग्यमानी ठान्दछु बाआमा आज घरमै भेटेर, आनन्द लाग्छ। हाम्रै गर्धनमा प्रहार गर्थ्यो दुश्मनहरुले त्यो पुरानो खुकुरी बेचेर, आनन्द लाग्छ। हतुवागढी:-६,भोजपुर

Read More

गजल

राज हाङ्खिम मर्न रहर छ मलाई, बाँच्न नलगाउनु। यसरी दाँत खसेपछी, हाँस्न नलगाउनु। हात नभएको मान्छेको पनि, मान हुन्छ अपमान गर्न मञ्चमा, नाच्न नलगाउनु। खुल्ला आकाश छुने प्रतिस्पर्धाको युगमा पिँजडाभित्र जिन्दगानी, राख्न नलगाउनु। फूल जस्तो फक्रिएर, भमरा हेर्न मन छ फुल्नै नपाई कोपिला, भाँच्न नलगाउनु। बा! हजुरको चिहान सुनकै बनाउँला बरु सम्पत्तिसँग मेरो जवानी, साट्न नलगाउनु। हतुवागढी:-६,भोजपुर

Read More

गजल

✍️राज हाङ्खिम कहिले माथि कहिले तल, पुग्नुपर्छ कुनै बेला जीत सधैं कहाँ मिल्छ, चुक्नुपर्छ कुनैबेला ठूलो भएर जो कोही, घमण्ड नगर्नु साथी गाग्री पनि लोटासित, झुक्नुपर्छ कुनैबेला रित्तो खोर यसकारण, भत्काउन मिल्दैन घरमा साहू आउँदाखेरि, लुक्नुपर्छ कुनैबेला साथ छोड्छ खहरेले, साउन भदौ उर्लिदा सोच्दै सोचेन उसले, सुक्नुपर्छ कुनै बेला गरिबले अमूल्य चीज, लगाउँदैन खुट्टामा थाहा छ आफ्नो पाउमा, थुक्नुपर्छ कुनैबेला राज हाङ्खिम हतुवा़गढी-६,होम्ताङ्ग्,भोजपुर

Read More