Home > पर्यटन

प्रदेश–५ एक्स्पोमा प्राज्ञ राईको सांस्कृतिक संयोजन

काठमाडौ, २० फागुन ।  प्रदेश नम्बर–५, दाङको बेलझुन्डीमा हिजो प्रदेश एक्स्पो सम्पन्न भएको छ । प्रदेशमा लगानी ल्याउने उद्देश्यले प्रदेश–५ सरकारद्वारा आयोजना गरिएको एक्स्पो–२०७६ को मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको थियो। एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश–५ लाई नमुना प्रदेशको रूपमा अघि बढाउने योजना रहेको उल्लेख गर्नुभयो । उहाँले एक्सपोले प्रदेशभित्र रहेका सांस्कृतिक विविधतालाई नजिकबाट चिन्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । विभिन्न बिद्यालयका बिद्यार्थिहरु सामुहिक नृत्य प्रस्तुत गर्दै उद्घाटनका अवसरमा थारु, मगर तथा गन्धर्व जातिका लोकनृत्यका साथै मौलिक धुनहरु प्रस्तुत गरिएको थियो । यसका साथै थारु जातिको सखिया, झुम्रा, लाठी नाच, सोरठी, कौरा, टप्पा नृत्य प्रस्तुत गरिएको

Read More