Home > प्रबास

३३ नेपाली श्रष्टाहरुको ६६ वटा कविता कोरियन भाषामा प्रकाशित हुने

दक्षिण कोरिया, १६ फागुन। रोजगारी तथा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहेका ३३ जना नेपाली सर्जकहरुको कविता समेटेर कोरियन भाषामा कविता संग्रह प्रकाशन हुने भएको छ। कोरियाली साहित्यकार तथा युरोसिया साहित्य फोरमका महासचिव छङ् देगीको संयोजनमा यो काम भईरहेको कुरा इतर आवाज साहित्य समाज दक्षिण कोरियाका शिर्षबिन्दु तथा कोरियाली साहित्यकारहरुसंग समन्बय गरिरहनुभएको पराजित पोमु बताउनुहुन्छ। "३३ जना नेपाली श्रष्टाहरुको २/२ वटा नेपाली कविता कोरियन भाषामा अनुबाद गरि पुस्तकाकार रुपमा प्रकाशन गर्नका लागि कविताहरुको भाषिक अनुवाद गर्ने काम भईरहेकोछ।" पोमुको कथन छ। यो कार्यले आफ्नो देश छोडेर कोरियामा श्रम गरिरहेका नेपालिहरुको भावना, सोँचाई तथा कोरियाप्रतिको बुझाईलाई साहित्य मार्फत उजागर गर्ने एवं नेपाल-कोरिया दुई

Read More

कोरियामा एक नेपाली युवाको दुखद निधन

दक्षिण कोरिया, ४ फागुन। दक्षिण कोरियाको मिर्‍याङ्ग शहर स्थित स्याऊ फारममा कार्यरत एक नेपालिको मृत्यू भएको छ। आगामी मे महिनामा तीन बर्षको प्रबेषाज्ञा सकिने मृतक ईलाम जिल्लाको गजुरमुखी गाउँपालिकाका यमकुमार सुब्बा रहेको बताईएको छ। उक्त स्याऊ फारममा काम गर्ने एक्लो नेपाली बताईएको उनी नेपाल जानका लागि पटक पटक बिदा माग्दा पनि रोजगारदाता(साहु) ले बिदा नदिएको बुझिएको कुरा गैर आवाशिय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुबेदिले बताउनुभयो। घरमा पारिवारिक समस्या भएकोले बिदा नदिए नफर्किने गरि भए पनि नेपाल जान चाहेको लिम्बुलाई त्यसो गर्न नि नदिएको बुझिएको सुबेदिको भनाई छ। उहाँले भन्नुभयो, "सायद यहि कारणले लिम्बुले आत्महत्या गरेको हुनसक्छ।" "लिम्बुले

Read More

खेताला परिक्षार्थी प्रयोग गरि कोरिया आउनेहरु धमाधम पक्राऊ पर्दै : शय जना भन्दा बढी नेपालिहरु डिपोर्ट भईसके

दक्षिण कोरिया, ३ फागुन। कोरिया सरकारले नक्कली परीक्षार्थी मार्फत रोजगार अनुमती प्रणाली (EPS)  भाषा परीक्षा पास गरी कोरीया आएका नेपालीलाई पक्राऊ गरी नेपाल डिपोर्ट गर्ने अभियानलाई तिव्रता दिएको छ । कोरिया सरकारले त्यसरी कोरिया आएका नेपालीलाई पक्राउ गर्ने अभियान सुरु गरे यता १०० जना भन्दा बढी नेपाली पक्राऊ परिसकेको कोरियाको अध्यागमन कार्यालयले जनाएको कुरा शिव भुसालले khabarpaper.com मा लेखेका छन्। सुरुमा अनुहार मिल्ने साथिलाई भाषा परीक्षा लेख्न लगाई कोरिया आएको भन्ने सूचनाका आधारमा एक जनालाई पक्राउ गरिएकोमा यसरी आउने नेपालीको संख्या ठुलो हुन सक्ने भन्दै सरकारले अध्ययन सुरु गरेको थियो ।पक्राउ परी डिपोर्ट हुनेहरुमा कोरिया आएको तीन महिना भएदेखि साढे तीन वर्ष

Read More

किरात राई अन्तर्राष्ट्रिय सम्मेलनको तेस्रो संस्करण बेलायतमा हुने

लण्डन, २६ माघ। किरात राईहरुको अन्तरास्ट्रिय सम्मेलनको तेस्रो संस्करण आगामी मे २४, २५ र २६ का दिन बेलायतमा सम्पन्न हुने भएको छ। बिश्वका बिभिन्न देशहरुमा छरिएर रहेका राईहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सन् २०११ मा काठमाडौमा र दोस्रो सन् २०१५ मा भारत (दार्जिलिङ्ग) मा सम्पन्न भएको थियो। काठमाडौमा मुख्य कार्यालय रहेको किरात राई अन्तर्रास्ट्रिय समन्वय समितिले हरेक तीन बर्षमा आयोजना गर्ने किरात राई अन्तरास्ट्रिय सम्मेलनको तेस्रो संस्करण सिक्किमका पुर्व मुख्यमन्त्री पवन चाम्लिङ्गको प्रमुख उपस्थितिमा हुने कुरा हिजो किरात राई यायोक्खा बेलायतले पत्रकार सम्मेलनको आयोजना गरि उल्लेख गरेको छ। उक्त पत्रकार सम्मेलनमा बोल्दै यायोक्खा बेलायतकी अध्यक्ष कल्पना राईले कार्यक्रमको उद्घाटन मे २४ का दिन

Read More

इतर भनिए पनि मेरो अंगालोको सहयात्री : राजन मुकारुङ्ग

दक्षिण कोरिया। दक्षिण कोरिया नेपाली युवाहरुका लागि आकर्षक श्रम गन्तव्य मानिन्छ। उच्च शिक्षा अध्ययन गरिसकेका/गरिरहेका तथा आकर्षक रोजगारिमा भएका युवाहरु समेत कोरियाको रोजगारिका लागि तम्सिन्छन् र आईपुग्छन। त्यसैले तुलनात्मक हिसावले नेपालको एउटा बौद्धिक तहको जनशक्ती कोरियामा आफ्नो श्रमशिल र उन्नत समय खर्च गरिरहेको छ। अक्सर यहाँ थुप्रै नेपाली कार्यक्रमहरु हुने गर्दछन्। हरेक आईतबार हुने साप्ताहिक बिदामा केही न केही कार्यक्रम र जमघट भईरहेकै हुन्छ। सांगितिक कार्यक्रम, साँस्कृतिक कार्यक्रम, खेलकुद, साहित्यिक रचना वाचन कार्यक्रम आदि यहाँ भईरहने नियमित कार्यक्रमहरु हुन्। तर अन्य कार्यक्रमको तुलनामा साहित्यिक कार्यक्रमहरु भने अलि कम आयोजना गरिन्छन्। रचना वाचन गरिने एक शुत्रीय कार्यतालिका बाहेक बेला मौकामा

Read More

उधाैली कविता २०२० को तयारी अन्तिम चरणमा

दक्षिण कोरिया, ७ माघ। इतर आवाज साहित्य समाज दक्षिण कोरियाले कोरियन नयाँ बर्ष (सल्नाल)को बिशेष अवसरमा गर्न लागिरहेको साहित्यिक कार्यक्रम "उधौली कविता २०२०" अन्तिम तयारीमा पुगेकाे आयोजकले जनाएको छ। जनवारी २६, सलनालकाे तेस्रो दिन आइतवार कोरियाको सौल अवस्थित 경주 이씨 중앙화 सभाहलमा नेपालबाट आमन्त्रित कवि तथा अाख्यानकार राजन मुकारुङ्ग, कवि स्वप्निल स्मृति र कवि बिना थिङ् तामाङ्गकाे विशेष उपस्थितिमा कार्यक्रम गर्न लागिएको हाे। "अादिवासी साैन्दर्य, पहिचानकाे अावाज" नारा लिएर ४ बर्ष अघि दक्षिण काेरियामा स्थापना भएकाे इतर अावाज साहित्य समाजले नेपाली साहित्यमा विशेषगरी सीमान्तकृत, उत्पीडित वर्ग-समुदायको पहिचान, सौन्दर्य र मुक्तिका पक्षमा आवाज उठाउँदै आएको छ । यस भन्दा अघि पनि बिभिन्न

Read More

अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता हुँदै सर्वोत्कृष्ट कवितालाई ५५ हजार ५ शय ५५ रुपैयाँ पुरस्कार

युएई, २ माघ । सगरमाथा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा विश्वव्यापी नेपाली कविता प्रतियोगिता हुने भएको छ । सर्वोत्कृष्ट १ कविले पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ सहित प्रमाणपत्र पाउने छन् । प्रतिष्ठानले कविता प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरि देश बिदेशमा रहने कविहरूबाट प्रतियोगिताको लागि कविता आव्हान गरेको छ । कविता फाल्गुन–१ गतेसम्ममा संस्थाको इमेल sahityapratishthan@gmail.com मा पठाउनु पर्ने र प्रतियोगीताको लागि बढीमा एक सय पचास शब्दको गद्य कविता र बढीमा पाँच श्लोकसम्मका छन्द कविता पठाउन सकिने पनि संस्थाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । नेपाली युनिकोडमा लेखिएको कविता मात्र प्रतियोगिताका लागि योग्य ठहरिने पनि जनाईएको छ। अनलाईन संकलन गरिएका प्रतिष्पर्धी कविताहरुको

Read More

सिडि बिजय अधिकारी पत्नी मनिषालाई लुपस रोग : उपचार सहयोगार्थ दक्षिण कोरियामा आर्थिक संकलन अभियान

भोईस अफ नेपालको पहिलो सिजन बिजेता सिडि बिजय अधिकारी पत्नी तथा गायिका मनिषा राईलाई एक प्रकारको जटिल लुपस नामक रोग लागेको छ। खोटाङ्गमा जन्मिएकी राई सांगितिक यात्राको दौडान काठमाडौ आईपुगेपछी गायक सिडिसंग बैबाहिक बन्धनमा बाँधिएकी हुन्। केही समय अघि सिकिस्त बिरामी भई काठमाडौ स्थित केएमसी अस्पतालमा भर्ना गरिएको उनलाई लगभग तीन हप्तासम्म पनि सुधार नभएपछी अस्पतालले नै रेफर गरिदिएको भारतको नयाँदिल्ली स्थित मेदान्त अस्पताल लगिएको छ। अत्यन्तै जटिल एवं महंगो उपचार गर्नुपर्ने रोग भएको कारण उपचारका लागि संसारका विभिन्न ठाउँहरुमा आर्थिक संकलन अभियान संचालन गर्न थालिएको छ। दक्षिण कोरियामा भने गितकार दिपा मेवाहाङ् राईको संयोजनमा यो अभियान शुरु गरिएको छ। दक्षिण कोरियामा

Read More

मृतक सुरजको परिवारलाई जापानबाट आर्थिक सहयोग

टोकियो । मंसिर २८, जापानमा अध्यायनरत विद्यार्थी सुरज मल्लको निधन भएको छ । मृतक सुरजको परिवारलाई जापानमा क्रियाशील विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सक्रियतामा संकलित रकम हस्तान्तरण गरेका छन् । डढेल्धुरा जिल्ला भद्रपुर ५ घर भई दुई बर्ष अघि विधार्थी भिषामा जापान आएका २५ वर्षिय मल्लको डिसेम्बर १ तारिख उपचारका क्रममा दुस्खद निधन भएको थियो । नोभेम्बर ३० तारिख राति श्वास फेर्न समस्या आएपछि उनलाई इताबासी स्थित निहोन यूनिभर्सिटी अस्पतालमा भर्ना गरिएको र आकस्मिक शल्यक्रियाकै क्रममा आइतबार बिहान ११ बजे निधन भएको प्रहरीले जनाएको छ । अस्पतालस्रोतका अनुसार मल्लको ‘नेक्रोटाइजिङ एन्ट्रोकोलाइटिस‘ का कारण निधन भएको हो। मृतकको शव दाहासंस्कारका लागि आर्थिक अभाव

Read More

कोरियामा एक नेपालिले गरे घाँटी रेटि आत्महत्या

दक्षिण कोरिया, २४ मंसिर। दक्षिण कोरियामा एक जना नेपाली कामदारले हिजो राती आत्महत्या गरेका छन् ।भाषा अनुवादक मुक्त गुरुङले दिएको जानकारी अनुसार पाल्पाका कुशबहादुर थापा (कुशल) ले आफ्नो घाँटीमा आफैले चक्कु प्रहार गरि आत्महत्या गरेका हुन् । गुरुङका अनुसार पाँच वर्ष कोरिया बसेर नेपाल गई फेरि आएका थापाले सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन् । गुरुङ्गका अनुसार थापाको पाईन्टको गोजिमा भेटिएको नोटमा लेखिएको छ, ‘कुलतको ओवरडोजले सेन्स(चेत)गुमाउँदै छु। जति दिन यो संसारमा बाँचे खुसीको साथ र हिम्मतको साथ बाँच्न सकेँ। इश्वरलाई करोड धन्यवाद ।하나님께 감사합니다 ‘ ख्यांगीदो पोछन शहरको एक कम्पनिमा कार्यरत थापाले आत्महत्या गरेपछि सो कम्पनीमा कार्यरत अन्य ३ नेपाली कामदारलाई प्रहरीले

Read More