फेसबूक १७ औँ बर्षमा प्रबेश : फेसबूकको सम्पती १३४ बिलियन
फेसबूक शुरुवात भएको १६ बर्ष पूरा भएको छ। सन् २००४ फेब्रुअरी ४ बाट आधिकारिक रुपमा शुरु गरिएको फेसबूक यति धेरै लोकप्रिय हुने कुराको कल्पना आफुले कहिल्यै नगरेको कुरा यसका संस्थापक तथा CEO मार्क जुकरबर्गले उल्लेख गरेका छन्। १६औँ बार्षिकोत्सवको अवसरमा उनले भनेका छन्, "फेसबूकको शुरुवात गर्दै गर्दा करोडौँ मान्छेहरु यसरी जोडिन्छन् भन्ने कहिल्यै सोँचेको थिईनँ। तर बिश्वको मान्छेहरुलाई यसरी जोड्ने कुनै न कुनै माध्यम भने अवस्य चाहिन्छ भन्ने लागिरहन्थ्यो।" बितेको १६ बर्षको समय आफ्नो लागि अत्यन्तै सुखद रहेको भन्दै मार्क भन्छन्, "मैले यो अवधिमा सिकेको सबैभन्दा महत्वपुर्ण कुरा भनेको आफ्नो उद्देश्य र सिद्धान्तबाट कहिल्यै डगमगाउनु हुँदैन, चाहे त्यो प्रख्यात नभएको
Read More