हसनपुर साहित्य महोत्सवको उद्घाटन : बर्गिय साहित्य लेखनमा सांसद किरातिको जोड
अरुण आकाशहतुवागढी, १ माघ । "कला साहित्य र सस्कृती हाम्रो पहिचान-जसको संरक्षण र सम्बर्द्धनको लागि हाम्रो अभियान" भन्ने मुल नाराका साथ गठन भएको हसनपुर कला साहित्य प्रतिष्ठान हतुवागढी ९ हसनपुर भोजपुरले मिति २०७७ पौष २९ र माघ १ गते आयोजना गरेको हसनपुर साहित्य महोत्सव २०७७ को उद्घाटन कार्यक्रम र पहिलो दिनको लागि तय गरिएको सम्पुर्ण कार्यक्रम हिजो सफलता पुर्बक सम्पन्न भएको छ । जनसेवा माध्यमिक बिद्यालाय हसनपुरको प्राङ्गनमा प्रतिष्ठानका अध्यक्ष भोटमान राईको अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष प्रमिश शिरिसले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो। राष्ट्रिय गान त्यस पछि कला साहित्यको क्षेत्रमा लाग्दा लाग्दै बिगतमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने
Read More