अरुण नदिमा स्काईभेटर हेलिएको १० बर्षपछी (फोटो फिचर)
रबिन थापा "बगाले" साठिको दशकसम्म अक्करको कहालिलाग्दो गोरेटो बाटोबाट अबिराम जिन्दगिको नुन बोकि भ्याएका हतुवा र आसपासका मानिसहरु भन्थे, "हाम्रो जुनिमा त होईन छोरा नातिको पालामा चाहिँ गाडी आउला हाम्रो गाउँमा नि।" किनभने मोटरबाटो भनेको बराहक्षेत्र तरेर आउने अक्करेभिरको डरलाग्दो पहरा फोरेर तमोर, अरुण नदि तरेर मात्र हतुवा आईपुग्छ भन्ने सिधा बुझाई थियो। सामान्य मान्छेहरुको सोँचाईमा अन्य बिकल्पहरु बिरलै आउँथे होलान सायद। तर समयलाई फराकिलो ढंगले बुझ्ने र समाजलाई सापेक्ष हिसाबले हेर्ने हतुवा क्षेत्रको समग्र बिकासको गतिमा एक्स्लेटर दिन हरदम प्रयासरत एउटा दिग्गज र सचेत नेतृत्व समुहले भने हतुवा क्षेत्रको विकासका लागि हरेक बिकल्पहरुको चिन्तन र खोजी गरिरहेको थियो। बिकासका लागि प्राथमिक
Read More