कोरोना भाईरसबाट मृत्यू हुनेको संख्या ४ शय नाघ्यो, फिलिपिन्स र हङ्कङ्गमा १/१ जनाको मृत्यू
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको बताईएको छ। संक्रमितको संख्या २० हजार माथि पुगेको अनुमान छ। चिनियाँ अधिकारीहरूका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको हो। यो भाइरसको संक्रमणले हिजो सोमबार मात्र ६४ जनाको मृत्यु भएको छ। त्यस्तै चीन बाहिर गत आइतबार फिलिपिन्समा एक जनाको मृत्यु भएको छ भने आज मात्र हङ्कङ्गमा एक संक्रमितको मृत्यू भएको बताईएको छ। चीनमा मात्रै २० हजार ४ सय ३८ जना कोरोनाको संक्रमणमा परेका छन्। चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै अलजाजीराले जनाए अनुसार हुबेइ प्रान्तमा मात्र सोमबार २ हजार ३ सय ४५ जना कोरोना भाइरसबाट संक्रमित फेला परेका छन्। योसँगै हुबेइ प्रान्तमा मात्र
Read More