Home > ब्लग

कोरिया सपना , सोँचेजस्तो कहाँ छ र !

राजेश भण्डारी भारतीय प्रगतीवादी साहित्यकार धुमिलले एकपटक भनेका थिए ‘विश्वको सौर्यमय विम्व श्रमिकहरुको आँसु र रगतले बनेको हो ।’ धुमिलले भनेजस्तै विश्वका अन्य सौर्यमय विम्व कसरी बन्यो, खोजको विषय बन्ला तर, आजको रहरलाग्दो दक्षिण कोरिया भने श्रमिकहरुको आँसु र रगतकै बलमा निर्माण भएको हो । पछि नेपाल जस्ता १५ देशका श्रमिकहरु कोरीयाली भूमीमा पसिना बगाउन मिसीए । त्यतिवेलासम्म कारिया विश्वका विकशित देशको सूचीमा दर्ज भैसकेको थियो । कुरा २०५९ तिरको हो । विदेश जाने लाहुरे संस्कृतिले नेपाली समाजमा चर्चा कमाउन थालिसकेको थियो । लाहुर गएपछि सहज ढंगले धेरै पैसा कमाउन र प्रगती गर्न सकिन्छ भन्ने कुराले रात–दिन मन बेचैन बनाएपछि दोलखा मेलुङ्गका

Read More

जम्मु-काश्मिर र धारा ३७०

दिलिप बान्तावा भारतिय उपमहाद्धिपको ईतिहासमा काश्मिरलाई काश्मिर उपत्यका भनेर चिनिन्छ। बर्तमान समयमा यो उपत्यका भारत, पाकिस्तान र चिनले आ-आफ्नो भुभागको रुपमा छुट्याएर राज्य चलाईरहेका छन्। भारतले जम्बु-काश्मिर(लद्दाख सहित), पाकिस्तानले आजाद काश्मिर र गिल्गित बलुचिस्तान तथा चिनले अक्साई चीन र ट्रान्स काराकोरम ट्राक्ट को नाममा राज्य गरिरहेका छन्। शुरुवाती समयमा हिन्दुहरुको महत्वपुर्ण केन्द्रको रुपमा रहेको काश्मिरमा बिस्तारै बौद्धमार्गिहरुको आवतजावत बाक्लिन थाल्यो। नवौँ शताब्दिमा शैवबादिहरुको प्रबेश संगै उनिहरुको सत्ता शुरु भयो भने तेह्रौँ शताब्दिदेखी पन्ध्रौँ शताब्दिको बिचमा आएका ईस्लामिक शासकहरुले सत्ता हत्याए तथापी ईस्लामिक शासकहरुले अघिल्लो शासकहरुले बिकास गरेका सभ्यता र मूल्य मान्यताहरुलाई जोगाएर राखे। सन् १३३९ मा शाह मिर काश्मिरका पहिलो मुस्लिम शासक

Read More

ज्यान वेचेर अरुको ज्यान पाल्नेहरु

प्रदीप मेन्याङ्बो भलाकुसारीको थालनी म र उनी वीच एउटा कोठामा दोहोरो भलाकुसारी हुँदा उनलाई थाहा थियो म कान्तिपुरको सुनसरी संवाददाता हो भनेर । मैले उनलाई भेट्नु भन्दा अगाडि इटहरीका एकजना साथी राम नेम्बाङको सहयोग लिएको थिएं । साथीलाई भनेको थिएं, ‘पत्रकारसंग पक्कै पनि कुरा गर्न मान्दैनन् होला, बरु देख्नासाथै सराप्दै अन्तै भाग्छन् होला, त्यसैले भनि दिनुस तपाईलाई हानी नोक्सानी वा आक्षेप हुने समाचार प्रकासित हुनेवाला छैन । छापिएमा मानहानीको मुद्धा लगाए हुन्छ ।’ यति कुरो साथीले अघि नै सुनाएपछि उनी अलिक निस्फीक्रि भएर मसंग खुलेकी थिइन् । लामो कपाल, कालो चस्मा, पर्पल कलरको कुर्था सलवार र स्टाइलिस चप्पल लगाएकी उनी टीनएज चरम उत्कर्षमा

Read More

हतुवाली प्रधानहरु र माटोको हस्तकला

पुर्वी नेपालको तत्कालिन माझकिराँत, माझकिराँतको हतुवाक्षेत्र, राई बहुल भए पनि लामो समय अघि देखि नै बहुजातिय समुदायको रुपमा बिकसित भएको हो भन्न सकिन्छ। केही लिखित ईतिहासहरुमा हतुवा राज्यका किराँती राजाहरुले स्थानिय बस्नेतहरुलाई `काजी´ पदवी दिएर राज्य संचालनमा सहभागी गराउने गरेको लिखत भेटिन्छ। अर्कातिर यो क्षेत्रमा बसोबास गर्ने हरेक जातजातिहरुको हतुवासंग जोडिएको ईतिहास लामो भएकोले पनि बहुजातिय समाजको अभ्यास पुस्तौँदेखी चलिरहेको हो भन्न सकिन्छ। जातियतासंगै भाषा जोडिन्छ, भाषासंगै मौलिक संस्कार, संस्कृती तथा मौलिक सीप र कलाहरु संगै जोडिएर आउँछन्। यहाँका हरेक जातिय समुदायसंग आ-आफ्ना कला, संस्कृती, सीप तथा संस्कारगत मान्यताहरु बिद्यमान छन्, जो तिनको मौलिक पहिचान हुन्। सीप तथा कला-कौशल सिर्फ पहिचान

Read More

कोरिया कविता कन्सर्ट बारे मेरो कन्फेशन

गत सलनालको पहिलो सन्ध्या मै झापाली समाजको छैठौँ अधिबेशन हुने कुरा पुर्व अध्यक्ष राजु सन्तोषी थापाले जानकारी गराउनु भएको थियो। पहिले "झापा मिलन समाज" नामबाट संस्था चलाएता पनि पछि बिश्व भरी चलाईएका संस्था जति पनि झापालिले एउटै नाम बाट राख्ने निर्णय भए पछि "झापली समाज" भएको रहेछ । "आफ्नो जिल्लाको लागि केही गर्नु पर्छ है बहिनी अबको नयाँ समितिमा बसेर", यस्तै भनिरहनु हुन्थ्यो राजु दाई तर म कार्यसमिति बाहिर रहेर पनि पुर्ण रुपमा सहयोग गर्ने बाचा गर्दै कुरा यता उता टारिरहेकै थिएँ। अधिबेशनको बिहान मैले अरु कामको लागि कल गरेँ दाजुलाई। उहाँले अधिबेशनमा जसरी भए पनि आउनु पर्ने बताउनु भए

Read More

पश्चिमबाट पूर्व नियाल्दा

संगीत मगर   "पहिले पनि पुगिसकेको थिएँ धरान । मन परेको सहरमा दर्ज भएथ्यो । वस् ‘मन पर्ने सहरमा जाने मौका पाउँदैछु,’ यो भन्दा बढी सोचिनँ । त्यो अवसरलाई समाउन जस्तोसुकै कष्ट पनि उठाउन राजी भएँ ।" कुनै कुनै कुरा त यत्तिकै प्रिय लाग्छन् । तर्क वितर्क या उत्तर आफूसँग हुँदैन, न त प्रश्नै हुन्छ । पूर्व मेरा लागि पनि त्यस्तै अकारण मन परेको भूगोल हो । यसका कारण र उत्तरहरु मसँग छैनन् । पहिलोपटक धरान पुग्ने अवसर बि.सं.२०७५ मा मिलेको थियो । त्यतिबेला विमल गुरुङ स्मृती पुस्तकालयले गरेको राष्ट्रिय कविता प्रतियोगितामा छनोटमा परेर पूर्व पुगको थिएँ । तर, त्यसको ठीक एक वर्षपछि अचानक

Read More

हङकङको आन्दोलनमा नेपालीको चासो र चिन्ता

- रबिन राई "तिमी यो कानुनको पक्ष कि विपक्षमा?" मैले खाजा खाँदै गर्दा मेरो चिनियाँ सहकर्मीलाई सोधेँ । "सुपुर्दगी कानुन विश्वको कुनै पनि देशसँग गर्दा आपत्ति छैन तर चाइनासँग गर्नु हुँदैन ", उसले भन्यो । "यसले त अपराधीहरुलाई मात्रै सुपुर्दगी गर्ने भनेको छ त? यसले तिमी हामी जस्तो सर्वसाधारणलाइ के असर पार्छ र?" "तिमीलाई मलाई अपराधी बनाउन चाइनालाई कुनै आइतबार कुर्नु पर्दैन" प्रस्तावित सुपुर्दगी कानुन सम्बन्धी गफ गर्दा केभिनले भन्यो । केभिनले आम हङकङेको प्रतिनिधि गर्दछ , मलाई उसको कुरामा सच्चाइँ छ कि भने जस्तो लाग्यो, केही समय अगाडि चीनीयाँ नेतहारुको विरुध्द पुस्तक प्रकाशन गरेको भन्दै गायब गरिएका पुस्तक प्रकाशकहरुलाई पनि एक्सिडेन्ट गरेर भागेको भन्दै सार्वजनिक मुध्दा

Read More

नियती र समाचार

-सुष्मा रानाहँमा ‘अपराधीलाई कार्बाही गरियो’ यस्तोवाला हेडलाईन भएको समचारपनि पढ्न,सुन्न पाउँ...... लाग्छ कतिपय सुनेका घट्नाहरू काल्पनिक भइदिउन् या त सपना। बरू छटपटीनै किन नपरोस्! तर भईदिन्छ यथार्थ, यथार्थ र एकपछी अर्को गर्दै त्यस्तै समाचारहरूले मिडियाहरूमा होडबाजी गरिररहेका हुन्छन्। एकातिर युट्युब च्यानलतिर बग्रेल्ती हेडलाईइन केही फरक तर उही घट्नाको बारेमा समाचारहरू छ्यापछ्याप्ती हुदाहुदै त्यस घट्नाको चर्चा सेलाउन नपाउँदै अर्को ताजा घट्ना घटिदिन्छ। सामाजिक संजाल यति फराकिलो भैदियो कि जुन ठाँउमा घट्ना घट्यो त्यही आसपासको मानिसहरूले पुर्णरूपमा जानकार नभई देश-बिदेश फैलिसकेको हुन्छ। धेरै पर जानु आवश्यक छैन भर्खर-भर्खरपनि यस्ता ज्यादै अकल्पनिय दु:खद घट्नाहरू नेपालमा घटाईरहेका छन्,अपराधीहरूलाई सास्ती छैन बरू आरामकै श्वास फेरीरहेका छन् त्यसैले त यी घट्नाहरू बारम्बार

Read More

बहाना ‘साईँली’ थियो, संयोग अनेक भैदियो 

शकुन आँशु  यो हप्ता शनिबार देखि नै बिदा थियो । शुक्रबार छिटै छुट्टि भएपनि जानु कतै थिएन, गैएन । कोठामै बसियो, अाईतबारको लागि पुर्णरुपमा तयार पार्नु थियो अाफुलाई । अाईतबार अर्थात् कोरियामा 'साईली' फिल्म प्रदर्शन  हुने दिन । शनिबार केहि साथीहरुसङग मेसेन्जरमा कुरा गरेँ, भोलि 'साईली' हेर्नु अाउनु, भेटौँ भन्ने निम्तो बाँडेकी थिएँ । जसभित्र कवि बोनम प्रताप मल्ल पनि हुनुन्थ्यो । तोङदेमुन अाउने तर साथीको बिहेमा सहभागि हुने कुरा बताउनुभयो । समय रहे सङगै फिल्म हेर्ने सम्भावना सम्म पुग्यौँ र छुट्टियौँ  । अाईतबार बिहान १०:३० हुँदो हो, सौलको तोङदेमुन यात्रा सुरु भयो । म र एकजना साथी, जस्लाई सङबु यग बाट

Read More

“साइँली” ले जुराएको संयोग

दीपा मेवाहाङ् राई अरु बेला बिहान ७:५०को आर्लम सेभ गरे पनि आइतबार अर्थात मे १२ मा ७:१५ को सेभ गरेको थिए। अघिल्लो रात नै ताकी महिना दिन अघी बाट प्रतीक्षा गरेको नेपालि फिल्म साइली नछुटोस भनेर। राती कति पटक त बिउझिन्दै मोबाइल हेर्दै सुतेँ, कतै अर्लाम बजेर पनि मैले निन्द्रामा थाहा पाइनँ कि भनेर? उठेर फ्रेस भैइ रेडि हुदा लगभग ८ बजिसकेको थियो। कुनै चाडपर्व झैँ दराजबाट अस्ति भर्खरै किनेको नयाँ लुगा निकालेर लगाई बस स्टप पुगेँ। अरु बेला १०/१० मिनेटको अन्तरालमा छुट्ने बस बिदाको दिन १५/२० मिनेटमा मात्र आउँछ। म आउनु थोरै समय अगाडि छुटेको थियो सायद बस र त १०

Read More