Home > मुक्तक

प्रशान्ती राईका मुक्तकहरु

प्रशान्ती राईसामसिङ्ग खासमहल लोवर घुम्ती गाउँ। हाँस्दा हाँस्दै कहिले आफैं रून मन लाग्छहिँड्दा हिँड्दै गन्तव्य नपुगी बस्न मन लाग्छम त जीवनदेखि थाकेको मान्छे न हुँकहिले सधैंको निम्ति निदाउन मन लाग्छ। नखोज मलाई महलहरूमाउर्लेर आएको छालहरूमापीडामा आह!सम्म गर्दिनछोडिदेऊ आफ्नैं हालहरूमा भूल्न तिमीले मलाई खोज्दैछौंटाढा टाढा तिमी भाग्दै छौंगल्ती के भयो मबाट यस्तोहिजोको आफ्नो आज पराई हुँदैछौं

Read More

दिपक चाम्लिङ्गको दुई मुक्तकहरु

दीपक चाम्लिङ   माथिल्लो हरसिङ हट्टा,        लेबोङ् दार्जिलिङ्ग   अनुशासित् बिचारले मात्र राख्न सक्छ सबैको मान !  अाखिर मर्नु नै पर्छ नगरौ कसैको अपमान !!  बैर-भावले कहाँ जीवन साकार बन्न सक्छ र??  मानविय बिचारले मात्र हुनेछ सब‌को सम्मान।। मानव जीवनमा कति पिर- मर्का पर्दो रैछ झेल्नु!वर्तमान जमानामा सकिन्न अरूले झै रकम पेल्नु!!अाफ्नो भविष्य उज्जवल बनाउँनलाई कसरी हुन्छलागी पर्नु पर्छ उकाली तर्फ जीवनलाई ठेल्नु।।

Read More

सविता राई “सहारा” को तीन मुक्तकहरु

सविता राई "सहारा"हेप्पिभेल्ली चिया बगान, दार्जिलिङ्ग       (१)सम्झी रहँदा तिम्रो, हरेक बात नै मीठो लाग्छतिम्रा यादमा बिताएका, हरेक रात नै मीठो लाग्छयथार्थ जीवनको यात्रामा आज तिमी अल्मिएपछिपल पल तिमिले दिने, हरेक घात नै मीठो लाग्छ                 (२) सावन महिनाको उधुम झरी जस्तैबज्दै नबज्ने मादलको खरी जस्तैरङ्गबिरङ्गी झण्डाको होड़बाजी छबर्खे झरीमा उम्रने च्याउ सरी जस्तै! (३) अल्लारे जोवनमा गाएको गीतमाखुशीले बिभोर भएको प्रीतमामिल्दैन है सफलता हरेकै यहाँअल्लारेमा गाँसेका कच्चा मीतमा!!

Read More