नेकपा हतुवागढिले पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दै
हतुवागढी-भोजपुर, २९ पौष। नेपाल कम्युनिस्ट पार्टी गाउँ संगठन कमिटी हतुवागढिले आगामी माघ ११ गते शनिबार पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ। नेकपा हतुवागढिको आयोजनामा घोडेटार बजारमा आयोजना हुन लागेको यो प्रशिक्षण दुई वटा बिशा पार्टिहरु तत्कालिन नेकपा एमाले र एनेकपा माओबादि बिचको एकता प्रकृया टुङ्गिएपछी पहिलो पटक हुन लागेको वताईएको छ। नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, भोजपुर जिल्लाबाट निर्वाचित संघिय सांसद सुदन किराँती, प्रदेश सरकारका सामाजिक बिकास मन्त्री जीवन घिमिरे, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई लगायत नेताहरुद्धारा प्रशिक्षण दिईने बताईएको सो कार्यक्रममा नेकपा हतुवागढी अन्तर्गतका सवै कमिटिहरु तथा जनबर्गिय संगठनका सदस्यका साथै संगठित सदस्य सबैलाई सहभागी
Read More