बगाले थापा कल्याणकारी परिषद भोजपुरको कार्यालय शिलान्यास
रबिन थापा 'बगाले'हतुवागढी, ९ माघ। बगाले थापा कल्याणकारी परिषद जिल्ला शाखा भोजपुरको कार्यालय भवनको हिजो शिलान्यास गरिएको छ। उमराव बाघभिमसिंह थापाको २६१औँ जन्मजयन्तिका अवसरमा जिल्ला शाखा अध्यक्ष बिचारी थापाले हतुवागढी - २ लुङ्गिनमा एक कार्यक्रमका बिच सिलान्यास गर्नुभएको हो। कार्यालय भवन निर्माणका लागि हतुवागढी गाउँपालिका र बगाले थापा बन्धुहरुको आर्थिक साझेदारी रहने कुरा जिल्ला शाखा सचिव बलबहादुर थापाले जानकारी दिनुभएको छ। सोही कार्यक्रममा अमरसिंह सर्किट पर्यटन एकीकरण अभियान अन्तर्गत नेपाल एकीकरण अभियानमा उल्लेख्य योगदान गर्ने बाघभिमसिंह थापा, भिमसेन थापा, अमरसिंह थापाको चर्चा गर्दै तस्बिरमा माल्यार्पण समेत गरिएको थियो।
Read More