पाँच दशकदेखी रोल नम्बर १३ बिनाको हाजिरी गर्ने बिद्यालय
गुल्मी, ३१ जेठ । सुन्दा अचम्म लाग्न पनि सक्छ । तर गुल्मीको एउटा विद्यालयले झण्डै ५ दशकदेखि रोल नम्बर १३ नराखि विद्यार्थीको हाजिरी गर्दै आएको छ । जिल्ला सदरमुकाम तम्घासको महेन्द्र माध्यमिक विद्यालयको कक्षा ९ मा रोल नम्बर १३ नलेखेको अहिले ४४ वर्ष बढी पुगेको छ । विद्यालयको कक्षा ९ मा पढ्ने विद्यार्थीहरूले रोल नम्बर १३ सुनेका छैनन् । विद्यार्थीहरू मात्र होइन, शिक्षकहरू पनि रोल नम्बर १३ बाट निकै टाढा छन् । २०३२ सालदेखि उक्त विद्यालयमा रोल नम्बर १३ नलेखिएको हो । कक्षा ९ को रोल नं १३ सधैं खाली हुन्छ । सो कक्षामा रोल नम्बर १२ पछि एकैपटक १४ आउँछ
Read More