४० रोपनी क्षेत्रफलमा हतुवागढी संरक्षण गरिने : सेनालाई पनि नजिकै ब्यबस्थापन गरिँदै।
हतुवाहेराल्ड डेस्क, २६ साउन। हतुवागढी संरक्षणको प्रयासले मुर्तरुप पाउने भएको छ। लामो समयदेखि किरातहरुको ऐतिहासिक किल्लाको रुपमा परिचित हतुवागढिमा बि. स. २०६२ सालदेखी नेपाली सेना बसिरहेकोमा गाउँपालिका, नेपाली सेना तथा विभिन्न सरोकारवाला निकायहरुको छलफल र प्रयासपछी सो ऐतिहासिक स्थानलाई संरक्षण र बिकास गर्नेगरी नयाँ प्रारुप तयार हुन लागेको हो। नेपाल सरकारले जारी गरेको हतुवागढी अंकित हुलाक टिकट। उक्त प्रारुपका लागि गत बर्षको भदौ ५ गते हतुवागढी दरबार संरक्षण, सम्बर्द्धन सम्बन्धमा आवस्यक छलफल गर्नका लागि गाउँपालिका प्रतिनिधि, नेपाली सेना भोजपुरका गणपती तथा हतुवागढी क्षेत्रका बुद्धिजिविहरुका बिच एक अनौपचारिक भेटघाट सम्पन्न भएको थियो। सो भेटले सिंगो हतुवा क्षेत्रलाई पर्यटकिय गन्तब्यका रुपमा कसरी अघि बढाउन
Read More