Home > समसामयिक

उद्योग बाणिज्य संघ घोडेटार शाखाको बार्षिक साधारण सभा सम्पन्न।

रविन थापा 'बगाले'हतुवागढी, १ फागुन। उद्योग बाणिज्य संघ भोजपुर अन्तर्गत घोडेटार शाखाको बार्षिक साधारण सभा हिजो माघ ३० गते घोडेटारमा सम्पन्न भएको छ। कार्यबाहक अध्यक्ष भिमबहादुर प्रधानको अध्यक्षतामा सम्पन्न सभामा उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष ध्रुवलाल श्रेष्ठको प्रमुख उपस्थिती रहेको थियो। हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, फर्स्ट राईफल गण हतुवागढिका मेजर, साधारण सदस्यहरु, ब्यबशायिहरु लगायतको उपस्थिती रहेको थियो। साधारण सभामा २५५ जना साधारण सदस्यहरु रहेको घोडेटार शाखाले आफ्नै कार्यालय भवन निर्माण गरिने जानकारी गराईएको छ। हतुवागढी गाउँपालिकाले सो प्रयोजनका लागि १० लाख रुपैँया बजेट बिनियोजन गरिएको कुरा गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी गराउनुभएको थियो।

Read More

निर्वाचन कार्यालय भोजपुर मतदाता नामावली अद्यावधिक गर्दै

माघ १५ देखि २१ गतेसम्म पालिका केन्द्रमा अद्यावधिक गरिनेछ। १४ माघ ।  जिल्ला निर्वाचन कार्यालय भोजपुरले मतदाता नामावली अद्यावधिकको कामलाई तिव्रता दिएको छ । कार्यालयले आगामी प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामावाली अद्यावधिक गर्न सुरू गरेको खवर khabarsansar.com ले प्रकाशित गरेको छ। गत माघ १२ गते सोमवार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीको संयोजकत्वमा जिल्ल प्रशासन कार्यालय भोजपुरमा भएको अन्तरक्रिया कार्यक्रममा मतदाता नामावली अद्यावधिक तथा दावी विरोध विषयमा छलफल भएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भण्डारीले कार्यक्रमलाई निर्धारित समयभित्र सम्पन्न गर्न सबै पक्षलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभएको थियो। त्यस्तै कार्यतालिका अनुसार आयोगबाट उपलब्ध गराइएको मतदाता नामावलीमा

Read More

नेकपा हतुवागढिको अगुवा कार्यकर्ता भेला सम्पन्न

हतुवागढी, १० माघ। नेपाल कम्युनिस्ट पार्टी हतुवागढी गाउँ संगठन कमिटिको अगुवा कार्यकर्ता भेला हिजो माघ ९ गते हतुवागढिको केन्द्र घोडेटार बजारमा सम्पन्न भएको छ। प्रधानमन्त्री केपि शर्मा ओलिले संसद विघटन गरेपछी उत्पन्न बिबादले सत्तारुढ दल नेकपामा केन्द्रदेखी स्थानिय तहसम्म बिभाजनको स्थिती बनेको छ। यहि क्रममा प्रधानमन्त्रीको कदमलाई स्विकार गरि निर्धारित समयमा निर्वाचन हुनुपर्ने तर्क सहित तयारिका क्रममा सो कार्यकर्ता भेला गरिएको बताईएको छ। कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं प्रदेश नम्बर १ का संयोजक  देवराज घिमिरेको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्यहरु मुरारी सुवेदी,  प्रेम कुमार राई, धनहर्क राई, सबिना राई, अनेम संघ केन्द्रिय सदस्य सजना परियार लगायत स्थानिय नेताहरुको उपस्थितिमा विभिन्न जनबर्गिय संगठन,

Read More

हतुवागढी गाउँपालिकाको नगर प्रहरिहरुको तालिम सम्पन्न

रविन थापा 'बगाले' हतुवागढी, ७ माघ। हतुवागढी गाउँपालिकाले नगर प्रहरिका लागि गत मंसिर १७ गतेबाट शुरु गरेको तालिम सम्पन्न गरि नगर प्रहरी जवानहरुका लागि हिजो पास आउट कार्यक्रमको आयोजना गर्‍यो। पास आउट प्रमाणपत्र बितरण गर्नुहुदै गाउँपालिका अध्यक्ष प्रेमकुमार राई। स्थानिय सरकार संचालन ऐन – २०७४ अनुसार तोकिएको विधि र प्रकृया बमोजिम गाउँपालिकाले छनौट गरेको ३ जना पुरुष तथा २ जना महिलाहरुका लागि इलाका प्रहरी कार्यालय घोडेटारमा ३० कार्यदिनका लागि शुरु गरिएको तालिम ३५ फिन संचालन गरिएको थियो। तालिम इलाका प्रहरी कार्यालयको प्राबिधिक सहयोगमा संचालन भईरहेको छ २५ दिन ईलाका प्रहरी कार्यालय र १० दिन फर्स्ट राईफल गण हतुवागढी मातहत चलेको थियो। भोजपुर जिल्लामा षडानन्द

Read More

हतुवाक्षेत्रबाट स्वर परीक्षा दिने पहिलो हतुवाली राईको निधन

हतुवाहेराल्ड डेस्क, ५ पौष। हतुवाक्षेत्रबाट लोकगित संकलन गरि पहिलो पटक रेडियो नेपाल सिंहदरबार काठमाडौमा गायनका लागि  स्वर परीक्षा दिन पुगेका हरिकुमार राईको हिजो निधन भएको छ। हरिकुमार राई को हुन्? बिक्रम सम्बत३०-४० को दशकतिर धनकुटा चुङ्बाङ्गका शम्भु राई, भोजपुर बास्तिमका भुपाल राईहरुसंगै होम्ताङ्ग घर भई चुङ्वाङ्गको भारती मा.वि. पढ्दा शम्भु राईको संगतमा परेका हरिकुमार राई गित संगितमा आकर्षित भए। तिनै भाइ राईहरु गाउँ गाउँ डुलेर लोकगित र लोकभाकाहरु संकलन गर्दै रेडियो नेपालसम्म पुगेर स्वर परिक्षा समेत दिए। तर पहिलो चोटि अनुतिर्ण भएपछी हरिकुमार राईले अर्को पटक रेडियो नेपालको आँगन टेकेनन्। बरु लोकगित संकलनतिरै केही समय लागे। देशभरिमा रेडियो नेपाल बाहेक अन्त रेकर्डिङ्ग

Read More

घोडेटारमा अस्थायी ट्राफिक पोस्टको स्थापना

रबिन थापा "बगाले" हतुवागढी, ४ पौष। हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार बजारमा गत पौष २ गते अस्थायी ट्राफिक प्रहरी पोस्टको उद्घाटन गरिएको छ। ईलाका प्रहरी कार्यालय घोडेटारमा हतुवागढी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष कुमार बिष्ट, जिल्ला ट्राफिक कार्यालय भोजपुरका प्रमुख मनोज श्रेष्ठ,  हतुवागढी यातायात प्रा. लि. का प्रतिनिधिहरु, स्थानिय सञ्चारकर्मिहरु लगायतको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरि ट्राफिक पोस्ट उद्घाटन गरिएको हो। ईप्रका घोडेटार प्रमुख, प्रहरी निरीक्षक जसबहादुर लिम्बुले भोजपुर जिल्लामै सदरमुकाम बाहेक ट्राफिक पोस्ट पहिलो पटक घोडेटारमा राखिन लागिएको उल्लेख गर्नुभयो। अन्य ठाउँको तुलनामा हतुवागढिमा तिब्र गतिले बिकास र त्यससंग सम्बन्धित कार्यहरु भईरहे संगै यातायातका साधनहरुको चाप समेत वृद्धि भईरहेकोले त्यसलाई ब्यबस्थापन

Read More

हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राई र शिक्षिका गंगा राईको परिवारलाई समबेदना

रविन थापा "बगाले"हतुवागढी, ७ असोज। गत असोज ३ गते न्युरो अस्पताल बिराटनगगमा असामयिक निधन हुनुभएको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको सम्मानमा हिजो श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। हतुवागढी-४ खैराङ्ग स्थित सृजनशिल महिला भवनमा गरिएको संक्षिप्त कार्यक्रममा उपाध्यक्ष राईको परिवारका साथै गाउँपालिका अध्यक्ष तथा नेकपा भोजपुरका अध्यक्ष प्रेमकुमार राई, सगरमाथा उच्च मा. वि. का ब्यबस्थापन समिती अध्यक्ष ईश्वरमान राई, हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडा, नेकपा हतुवागढी सचिव ईन्द्र थापा, अखिल नेपाल महिला संघ भोजपुरका प्रतिनिधिहरु, राष्ट्रिय युवा संघ नेपाल भोजपुरका प्रतिनिधिहरु, अनेरास्ववियु प्रतिनिधिहरु, विभिन्न वडाका वडा प्रतिनिधिहरु तथा स्थानियहरुको उपस्थितिमा भएको सो कार्यक्रममा परिवारजनलाई विभिन्न संघ संस्थाबाट समबेदना-पत्रहरु हस्तान्तरण गरिएको

Read More

गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शरीर आज अन्त्येष्टि गरिँदै

हतुवागढी, ४ असोज। हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शरिरलाई आज अपरान्ह हतुवागढी गाउँपालिका वडा नं. ४ स्थित उहाँकै जन्मस्थल नजिकै समाधिस्थ गरिने भएको छ। करिव एक हप्ताअघी सामान्य ज्वरो र पखालाका कारण प्राथमिक स्वास्थ्य चौकी घोडेटारमा भर्ना गरिएपछी उहाँमा जन्डिस देखिएको थियो। आवस्यक उपचार भैरहँदा ज्वरो र पखालामा सुधार भएता पनि अचानक Blood Pressure कम भएकोले तत्कालै बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पुर्‍याई थप उपचार गरिएको थियो। प्रतिष्ठानमा थप उपचारपछि त्यहाबाट समेत बिराटनगर स्थित न्यूरो अस्पतालका लागि रेफर गरियो र सोही अस्पतालमा उपचारको क्रममा असोज २ गते राती उहाँको निधन भएको थियो। भोजपुर खैराङ्ग(हाल हतुवागढी-४) मा ४६ बर्ष अघि जन्मनुभएकी

Read More

हिले-पाख्रीबास सडक स्तरोन्नती गर्ने ठेकेदारको चरम लापरबाही : ३ बर्षको सम्झौतामा ५ बर्ष बित्न लाग्दा नि काम सकिएन

पुर्वी पहाडका भोजपुर र संखुवासभा जिल्लालाई तराई सँग जोडने मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले–पाख्रीबास सडक खण्डको सडक स्तरोन्नतीको कार्य गुणस्तरहीन भएको पाईएको खवर blastkhabar.com मा प्रकाशित भएको छ। धनकुटा जिल्लाका सङ्घीय सांसद् राजेन्द्रकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख टङ्कबहादुर चौहान तथा पाख्रीबास नगरपालिकाका प्रमुख वृषबहादुर राईले संयुक्त रूपमा गत साउन २० मा पत्रकार सम्मेलन गरि सडक निर्माणमा निर्माण व्यवसायीबाट भएको लापरबाहीको विषयमा उपभोक्तालाई जानकारी गराएका हुन । ‘द कञ्चनजङ्घा रायमाझी मोतीदान जेभी’ले हाल निर्माण गरिरहेको १३ किलोमिटर सडक–खण्ड गुणस्तरहीन भएको उपभोक्ताहरुबाट गुनासो आईरहेको सन्दर्भमा सो पत्रकार सम्मेलन गरिएको थियो । उक्त सडकखण्ड अन्तर्गत हिलेदेखि पञ्चेसम्मको १३ किलोमिटर सडकमा सवारी गुड्नै नसक्ने अवस्थामा रहेको

Read More

सिमानामा अलपत्र भोजपुरेहरुको उद्धार गरिने

हतुवागढी, १२ जेठ। भोजपुरबाट रोजगारीको शिलसिलामा भारत गई सिमा क्षेत्रमा आएर अलपत्र परेका नागरिकहरुको उद्धार गरिने भएको खवर khabarsansar.com ले प्रकाशित गरेको छ । सरकारले Lock Down को समयमा घर आउन कडाई गरेपनि दिनरात लगाएर पैदल हिडेर लुकीछिपी जिल्ला आउने क्रम नरोकिएपछि उनीहरुलाई सुरक्षित तवरले ल्याउने तयारी गरिएको बताईएको छ। लुकेर आउने र उनीहरुको तथ्याङ संकलन समेत गर्न समस्या हुन थालेसंगै संक्रमण झनै बढ्ने सम्भावनालाई ध्यान राखेर ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । उद्धार गरिने नागरिकमा कोरोना संक्रमणको बढी जोखिम हुने भएकाले जिल्लाका सबै नाका बन्द गरी सकडको मुख्य नाका भोजपुर र धनकुटाको सिमा रहेको लेगुवाबाट मात्र ल्याउने

Read More